Press 4K
बिहिबार, २५ भाद्र २०८३

विमानस्थल सुधार अभियान : अभियानमै सीमित कि दीर्घकालीन रूपान्तरण ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र २९, २०८२
|
|
१७४ पटक हेरिएको
Shares
विमानस्थल सुधार अभियान : अभियानमै सीमित कि दीर्घकालीन रूपान्तरण ?

सारांश

  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरिका विमानस्थलहरूमा सरसफाइ र यात्रु सेवा सुधार गर्न विशेष अभियान सञ्चालन गरेको छ ।
  • मन्त्रालयले गत शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरिका सबै विमानस्थलमा यात्रु सेवा, सरसफाइ तथा मानवमैत्री सुविधाहरू तत्काल सुधार गर्न २४ घण्टे निर्देशन दिएको थियो ।
  • निर्देशनपछि विभिन्न विमानस्थलहरूले सुधारका कार्यहरू अघि बढाएका छन् ।

२९ चैत,काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरिका विमानस्थलहरूमा सरसफाइ र यात्रु सेवा सुधार गर्न विशेष अभियान सञ्चालन गरेको छ । मन्त्रालयले गत शुक्रबार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरिका सबै विमानस्थलमा यात्रु सेवा, सरसफाइ तथा मानवमैत्री सुविधाहरू तत्काल सुधार गर्न २४ घण्टे निर्देशन दिएको थियो ।

निर्देशनपछि विभिन्न विमानस्थलहरूले सुधारका कार्यहरू अघि बढाएका छन् । भद्रपुर विमानस्थल र तुम्लिङटार विमानस्थल लगायतका स्थानमा सरसफाइ र व्यवस्थापन सुधार भएको दृश्य मन्त्रालयले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिसकेको छ । यद्यपि, यी सुधारहरू दीर्घकालीन अभ्यासमा रूपान्तरण हुन्छन् कि केवल अभियानमै सीमित रहन्छन् भन्ने विषयमा चासो बढ्दै गएको छ । विशेषगरी स्तनपान कक्ष अनिवार्य बनाउने तथा महिला यात्रुका लागि निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउने व्यवस्था सकारात्मक पहलका रूपमा हेरिएको छ । तर यस्ता सुविधा सबै विमानस्थलमा समान रूपमा लागू हुन्छन् कि हुँदैनन्, र तिनको दिगोपन कसरी सुनिश्चित गरिन्छ भन्नेमा अझ स्पष्टता आवश्यक देखिएको छ।

यसैगरी, विश्व स्वास्थ्य संगठनका मापदण्डअनुसार शौचालय तथा सार्वजनिक क्षेत्रको सरसफाइ कायम गर्ने निर्देशन स्वागतयोग्य मानिए पनि त्यसको प्रभावकारी अनुगमन र मूल्यांकन प्रणालीबारे प्रश्न उठ्न थालेका छन्। मन्त्रालयलेभने यो अभियानलाई प्रचारमुखी नभई दीर्घकालीन सुधारको सुरुवातका रूपमा अघि बढाइएको जनाएको छ ।यात्रुको अनुभव सुधार गर्ने, स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिने तथा अन्तर्राष्ट्रियस्तरको सेवा प्रवाहगर्ने लक्ष्य राखिएको भए पनि यसको सफलताको वास्तविक मापन कार्यान्वयनको निरन्तरतामै निर्भर रहने देखिन्छ। सरकारको पहलसँगै विमानस्थल सुधारको बहस अब ‘कति सफा भयो’ भन्दा पनि ‘कति समयसम्म सफा रहन्छ’ भन्ने प्रश्नतर्फ केन्द्रित हुन थालेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कार दुर्घटनामा २ नेपालीको मृत्य
कार दुर्घटनामा २ नेपालीको मृत्य
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २३ गते
राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन चैत २३ गते
जाजरकोटमा पहिरो : २ जनाको मृ*त्यु, ६ घाइते, २ बेपत्ता
जाजरकोटमा पहिरो : २ जनाको मृ*त्यु, ६ घाइते, २ बेपत्ता
उद्योग क्षेत्रको विकासका लागि स्रोतसाधन परिचालन गरिने
उद्योग क्षेत्रको विकासका लागि स्रोतसाधन परिचालन गरिने
संरक्षण क्षेत्रमा पर्यापर्यटन प्रवर्द्धन आवश्यक छः वनमन्त्री शाही
संरक्षण क्षेत्रमा पर्यापर्यटन प्रवर्द्धन आवश्यक छः वनमन्त्री शाही
काठमाडौंका व्यवसायीलाई सुरक्षा दिन सरकार असफल : प्रभु साह
काठमाडौंका व्यवसायीलाई सुरक्षा दिन सरकार असफल : प्रभु साह
एमाले सचिव विष्टको आग्रह : महाधिवेशन प्रतिनिधि सार्वभौम र जिम्मेवार बनेर पार्टीलाई पुनर्गठित गर्नुपर्छ
एमाले सचिव विष्टको आग्रह : महाधिवेशन प्रतिनिधि सार्वभौम र जिम्मेवार बनेर पार्टीलाई पुनर्गठित गर्नुपर्छ
एमालेको पोलिटब्युरो बैठक दोस्रो दिन जारी, विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनमाथि छलफल
एमालेको पोलिटब्युरो बैठक दोस्रो दिन जारी, विधान महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदनमाथि छलफल
अमेरिकामा भीषण आँधी, कम्तीमा २७ जनाको मृ*त्यु
अमेरिकामा भीषण आँधी, कम्तीमा २७ जनाको मृ*त्यु
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट २५ जना पक्राउ

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...