शेयर बजारमा दशैं प्रभाव, नेप्सेसँगै घट्यो कारोबार रकम

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन ९, २०८२
|
|
२३ पटक हेरिएको
Shares
शेयर बजारमा दशैं प्रभाव, नेप्सेसँगै घट्यो कारोबार रकम

सारांश

  • साताको अन्तिम कारोबार दिन बिहीवार शेयर बजारमा दशैंको प्रभाव देखिएको छ ।
  • यसदिन नेप्सेसँगै कारोबार रकमपनि घटेको छ ।
  • आज २.

९ असोज, काठमाडौं ।

साताको अन्तिम कारोबार दिन बिहीवार शेयर बजारमा दशैंको प्रभाव देखिएको छ । यसदिन नेप्सेसँगै कारोबार रकमपनि घटेको छ । आज २.३५ अंकले घटेको बजार २६५२ अंकमा झरेको छ । यससँगै कारोबार रकम ३ अर्ब २६ करोड रुपैयाँमा खुम्चिएको छ । आज कुल ३२७ स्टकको ३ अर्ब २६ करोड ४ लाख ४० हजार ६०४ रुपैयाँको ७९ लाख ५३ हजार ७४० कित्ता शेयर कारोबार भएको छ । अघिल्लो कारोबार बुधबार २६ अंकले घटेको बजारमा ४ अर्ब १२ करोड ४८ लाख २१ हजार ८६३ रुपैयाँको ९४ लाख ८ हजार ६६३ कित्ता शेयर कारोबार भएको थियो भने नेप्से २६५४.३५ बिन्दुमा रोकिएको थियो ।

आज कारोबारमा आएका कम्पनीहरु मध्ये १३९ कम्पनीको शेयर मूल्य घट्दा १०७ कम्पनीको शेयर मूल्य भने बढेको छ । यसदिन सेन्सेटिभ इन्डेक्स ०.१० अंकले घटेको छ । फलेट इन्डेक्स ०.२० अंकले घटेको छभने सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०४ अंकले घटेको छ । यसदिन हिमस्टार उर्जा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य प्रतिकित्ता ६३ रुपैयाँले बढेर ६९३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । प्रभु बैंकको डिबेन्चरको शयेर मूल्य प्रतिकित्ता ८८.८८ रुपैयाँले बढेर १८८९ रुपैयाँमा अन्तिम कारोबार भएको छ । आज सिटि होटल लिमिटेडको शेयर मूल्य सबैभन्दा धेरै प्रतिकित्ता ७.५५ प्रतिशतले घटेर ६०० रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै, नारायणी विकास बैंकको शेयर मूल्य प्रतिकित्ता ५.८५ प्रतिशितले घटेर ७७२ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

आज कारोबार रकमका आधारमा नेपाल पुर्नबिमा कम्पनी शिर्ष स्थानमा रहेको छ । यस कम्पनीको ३० करोड ९० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । शेयर कारोबारका आधारमा युनियन हाइडड्रो पावर दोस्रो स्थानमा छ । आज यस कम्पनीको कुल १८ करोड ३४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । यस्तै, हिमालयन रिइन्स्योरेन्स कम्पनीको ११ करोड ३८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । आज १३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ । यस दिन व्यापार उपसमूहको परिसूचक सबैभन्दा धेरै १.३६ प्रतिशत बढेको छ । यस दिन बैंकिङ्ग, लगानी र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य मात्रै बढेको छ भने होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.४९ प्रतिशत घटेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कपिलवस्तु अदालतका दुई कर्मचारी घुससहित अख्तियारको फन्दामा
कपिलवस्तु अदालतका दुई कर्मचारी घुससहित अख्तियारको फन्दामा
एनसेलविरुद्ध अमरेशको रिट न्यायाधीश राउतको इजलासमा, आज सुनुवाइ हुने निश्चित
एनसेलविरुद्ध अमरेशको रिट न्यायाधीश राउतको इजलासमा, आज सुनुवाइ हुने निश्चित
भंगहाका मेयरले सीडीओलाई बुझाए नगरपालिका कार्यालयको साँचो
भंगहाका मेयरले सीडीओलाई बुझाए नगरपालिका कार्यालयको साँचो
३५ हजार घुस लिएको दाबीसहित चन्द्रौटाका नापी सर्वेक्षकविरुद्ध मुद्दा
३५ हजार घुस लिएको दाबीसहित चन्द्रौटाका नापी सर्वेक्षकविरुद्ध मुद्दा
नेपाली कांग्रेसद्वारा जेनजी आन्दोलन अध्ययन समितिलाई पूर्णता, सात दिनमा प्रतिवेदन बुझाउने निर्देशन
नेपाली कांग्रेसद्वारा जेनजी आन्दोलन अध्ययन समितिलाई पूर्णता, सात दिनमा प्रतिवेदन बुझाउने निर्देशन
काठमाडौं उपत्यकाका नदी करिडोरमा साँझ ६ बजेदेखि सवारी आवागमनमा रोक
काठमाडौं उपत्यकाका नदी करिडोरमा साँझ ६ बजेदेखि सवारी आवागमनमा रोक
भक्तपुरमा भएको आगलागीमा दुई करोड २९ लाखको क्षति
भक्तपुरमा भएको आगलागीमा दुई करोड २९ लाखको क्षति
सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै विप्लव समूहको प्रदर्शन
सर्वपक्षीय अन्तरिम सरकारको माग गर्दै विप्लव समूहको प्रदर्शन
चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन
चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन
प्रचण्डनिवासमा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी
प्रचण्डनिवासमा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी