Press 4K
शनिबार, १७ आश्विन २०८३

निर्वाचन रिपोर्टिङका लागि विदेशी पत्रकारलाई झन्झटिलो प्रक्रिया

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन १७, २०८२
|
|
४९ पटक हेरिएको
Shares
निर्वाचन रिपोर्टिङका लागि विदेशी पत्रकारलाई झन्झटिलो प्रक्रिया

सारांश

  • फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको रिपोर्टिङका लागि नेपाल आउन चाहने विदेशी पत्रकारहरूले झन्झटिलो प्रक्रिया पूरा गर्नुपर्ने भएको भन्दै गुनासो गरेका छन् ।
  • सूचना तथा प्रसारण विभागले जारी गरेको सूचनाअनुसार आवश्यक कागजात जुटाउन समय लाग्ने र केही अवस्थामा व्यावहारिक कठिनाइ हुने गरेको विदेशी सञ्चारमाध्यमका प्रतिनिधिहरूको भनाइ छ ।
  • सूचना तथा प्रसारण विभागकी प्रवक्ता पूर्णिमा उपाध्यायका अनुसार विदेशी पत्रकारले निर्वाचनसम्बन्धी रिपोर्टिङ गर्नुअघि विभागबाट प्रेस मान्यता लिन अनिवार्य छ ।

 

२१ फागुन,काठमाडौं ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको रिपोर्टिङका लागि नेपाल आउन चाहने विदेशी पत्रकारहरूले झन्झटिलो प्रक्रिया पूरा गर्नुपर्ने भएको भन्दै गुनासो गरेका छन् । सूचना तथा प्रसारण विभागले जारी गरेको सूचनाअनुसार आवश्यक कागजात जुटाउन समय लाग्ने र केही अवस्थामा व्यावहारिक कठिनाइ हुने गरेको विदेशी सञ्चारमाध्यमका प्रतिनिधिहरूको भनाइ छ । सूचना तथा प्रसारण विभागकी प्रवक्ता पूर्णिमा उपाध्यायका अनुसार विदेशी पत्रकारले निर्वाचनसम्बन्धी रिपोर्टिङ गर्नुअघि विभागबाट प्रेस मान्यता लिन अनिवार्य छ ।

त्यसका लागि आफू कार्यरत सञ्चारमाध्यमको सिफारिस पत्र, अपोइन्टमेन्ट लेटर वा कार्यसम्झौताको प्रमाण, विगतमा प्रकाशित वा प्रसारित समाचार सामग्रीको विवरण, सम्बन्धित देशको दूतावास, महावाणिज्य दूतावास वा परराष्ट्र मन्त्रालयको सिफारिस पत्र पेश गर्नुपर्ने व्यवस्था छ ।  उनका अनुसार दूतावास वा परराष्ट्र मन्त्रालयमध्ये कुनै एकको सिफारिस भए पुग्नेछ । ‘भारतका पत्रकार नेपाल आउँदा काठमाडौंस्थित भारतीय दूतावासबाट सिफारिस लिन सक्नुहुन्छ । तर अनिवार्य रूपमा यहीँबाटै लिनुपर्छ भन्ने होइन, आफ्नै देशको परराष्ट्र मन्त्रालयबाट सिफारिस ल्याए पनि प्रक्रिया पूरा हुन्छ,’ उनले स्पष्ट पारिन् । विभागले आवश्यक कागजात पूरा भएपछि निर्वाचन अवधिभरका लागि प्रेस पास उपलब्ध गराइने जनाएको छ । यसले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहभागिता सुनिश्चित गर्दै नियमन र सुरक्षालाई सन्तुलित राख्ने लक्ष्य राखिएको विभागको भनाइ छ । प्रेस पास लिन झन्झटिलो प्रक्रिया रहेको भन्दै केही विदेशी संचारकर्मीहरु फिर्ता समेत भएका छन् ।  नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले विदेशी संचारकर्मीहरुका लागि भइरहेको झन्झटिलो प्रक्रियाप्रति ध्यानाकर्षण भएको जनाउँदै सहजीकरणका लागि पहल गर्ने जानकारी दिए । आयोग सहजीकरण गर्न तयार यता, नेपालमा निर्वाचन रिपोर्टिङका लागि आउने विदेशी पत्रकारहरूको प्रेस पास प्रक्रियामा देखिएको जटिलताबारे निर्वाचन आयोगले आवश्यकता अनुसार सहजीकरण गर्ने संकेत दिएको छ ।   नेपाल न्यूज बैंकसँगको कुराकानीमा आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले विदेशी पत्रकारका लागि छुट्टै पास आयोगबाट नभई सूचना तथा प्रसारण विभागमार्फत नै जारी हुने स्पष्ट पारे ।

निर्वाचन रिपोर्टिङका लागि आउने विदेशी पत्रकारहरूले सामान्य प्रक्रियाअनुसार सूचना विभागबाटै मान्यता लिनुपर्छ,’ उनले भने ।  हालको प्रावधानअनुसार विदेशी पत्रकारले आफ्नो देशको परराष्ट्र मन्त्रालय वा नेपालस्थित आफ्नै देशको दूतावासबाट सिफारिस ल्याउनुपर्ने हुन्छ । तर अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा कार्यरत कतिपय पत्रकार आफ्नै देशमा स्थायी रूपमा नबस्ने हुँदा सिफारिस लिन कठिनाइ हुने गुनासो आएको उनले स्वीकार गरे । ‘कसैलाई व्यावहारिक समस्या परेको खण्डमा सम्बन्धित पक्षबाट औपचारिक अनुरोध आए आयोगले अवस्था हेरेर सहजीकरण गर्न सक्छ,’ प्रवक्ता भट्टराईले बताए । उनले अनौपचारिक पहलभन्दा औपचारिक रूपमा आयोगसमक्ष विषय राखिएमा आवश्यक निर्णय लिन सकिने उल्लेख गरे । आयोगले निर्वाचनको पारदर्शिता र अन्तर्राष्ट्रिय अवलोकनलाई सकारात्मक रूपमा लिने जनाउँदै प्रक्रियागत समस्या परेमा औपचारिक जानकारी गराउन आग्रह गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिसिटिभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीविरूद्ध एनसेलले दियो प्रहरीमा उजुरी
सिसिटिभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीविरूद्ध एनसेलले दियो प्रहरीमा उजुरी
कोशी नदीमा मामा–भाञ्जा बेपत्ता
कोशी नदीमा मामा–भाञ्जा बेपत्ता
मन्त्री घिसिङ र भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिवबीच भेटवार्ता
मन्त्री घिसिङ र भारतका विदेश मन्त्रालयका अतिरिक्त सचिवबीच भेटवार्ता
राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री बालेन न्युयोर्क जाँदै
राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री बालेन न्युयोर्क जाँदै
रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै
रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीको माग
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीको माग
हरिपुरमा ‘समुन्नति परियोजना’ सम्बन्धी पुनरावलोकन बैठक 
हरिपुरमा ‘समुन्नति परियोजना’ सम्बन्धी पुनरावलोकन बैठक 
माछा मार्न गएका आमा-छोरीको डुबेर मृ*त्यु
माछा मार्न गएका आमा-छोरीको डुबेर मृ*त्यु
नीति तथा कार्यक्रममाथि संसदमा ११ जेठमा छलफल हुने
नीति तथा कार्यक्रममाथि संसदमा ११ जेठमा छलफल हुने
अमेरिका लैजान्छु भन्दै ठगीको आरोपमा फिल्म ‘तेल भिसा’का निर्माताविरुद्ध उजुरी
अमेरिका लैजान्छु भन्दै ठगीको आरोपमा फिल्म ‘तेल भिसा’का निर्माताविरुद्ध उजुरी

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...