चाँदीको अवैध गरगहनासहित सर्लाहीबाट एक जना पक्राउ
सारांश
- सर्लाहीको मलंगवाबाट प्रहरीले अवैध चाँदीको गरगहनासहित एक जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा मलंगवा नगरपालिका–९ निवासी ५५ वर्षीय गौरीशंकर साह रहेका छन्।
- भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको ब्याग चेकजाँच गर्ने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
२६ फागुन,सर्लाही।
सर्लाहीको मलंगवाबाट प्रहरीले अवैध चाँदीको गरगहनासहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मलंगवा नगरपालिका–९ निवासी ५५ वर्षीय गौरीशंकर साह रहेका छन्। भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको ब्याग चेकजाँच गर्ने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार साहको साथबाट ९१५.४६० ग्राम तौल बराबरको चाँदीका विभिन्न गरगहना बरामद गरिएको छ। पक्राउ परेका साहलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय सर्लाहीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया