परराष्ट्र मन्त्रालयमा ‘जलवायु कूटनीतिक शाखा’ स्थापना

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, आश्विन ६, २०८३
|
|
९० पटक हेरिएको
Shares
परराष्ट्र मन्त्रालयमा ‘जलवायु कूटनीतिक शाखा’ स्थापना

सारांश

  • जलवायु परिवर्तन र यसले पारेको प्रभावले नेपालको संस्कृति, सभ्यता र अस्तित्वमै चुनौती देखिएकोले जलवायु कुटनीतिलाई प्रभावकारी बनाउन तथा जलवायु प्रतिकार्यका लागि शाखा स्थापना गरिएको मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले बताए।
  • न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले शाखाले कुटनीतिसँगै जलवायुजन्य विपद्को मूल्याङ्कन तथा वैज्ञानिक तथ्य र तथ्यांक संकलनको कार्य समेत समानान्तर रुपमा गर्ने बताए।
  • उनकाअनुसार जलवायु कुटनीतिसँग सम्बन्धित विषयमा आवश्यक समन्वय गर्ने, जलवायु परिवर्तन तथा त्यसका प्रभावबारे संस्थागत रूपमा काम गर्ने र जलवायु प्रतिकार्यका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउनेछ।

विश्वव्यापी जलवायु परिवर्तनको प्रभावलाई अन्तर्राष्ट्रिय कुटनीतिक बहसमा प्रभावकारी रूपमा उठाउन परराष्ट्र मन्त्रालयले ‘जलवायु कुटनीतिक शाखा’ स्थापना गरेको छ।

जलवायु परिवर्तन र यसले पारेको प्रभावले नेपालको संस्कृति, सभ्यता र अस्तित्वमै चुनौती देखिएकोले जलवायु कुटनीतिलाई प्रभावकारी बनाउन तथा जलवायु प्रतिकार्यका लागि शाखा स्थापना गरिएको मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले बताए।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले शाखाले कुटनीतिसँगै जलवायुजन्य विपद्को मूल्याङ्कन तथा वैज्ञानिक तथ्य र तथ्यांक संकलनको कार्य समेत समानान्तर रुपमा गर्ने बताए। उनकाअनुसार जलवायु कुटनीतिसँग सम्बन्धित विषयमा आवश्यक समन्वय गर्ने, जलवायु परिवर्तन तथा त्यसका प्रभावबारे संस्थागत रूपमा काम गर्ने र जलवायु प्रतिकार्यका गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउनेछ।

प्रवक्ता क्षेत्रीले जलवायुजन्य विपद्को डेटा संकलनको लागि शाखाले नेपालमा रहेको जलवायुसम्बन्धी अध्ययन तथा अनुसन्धान गर्ने निकायहरुसँग समेत समन्वय गर्नेछ।

उनले भने, ‘जलवायु कुटनीतिलाई केन्द्रमा राखेर काम गर्नुपर्छ भनेर हामीले परराष्ट्र मन्त्रालयमा हामीले जलवायु कुटनीतिक शाखा स्थापना गरिएको हो। उक्त शाखाले मुलतः तीन वटा विषयमा काम गर्नेछ। एउटा, जलवायु कूटनीतिसँग सम्बन्धित विषयमा आवश्यक समन्वय गर्ने। दोस्रो, जलवायु परिवर्तन र यसको प्रभावबारे संस्थागत हिसाबले काम गर्ने। र जलवायु प्रतिकार्यका कामहरु प्रभावकारी हिसाबले अगाडि बढाउने उद्देश्यले यो शाखाको स्थापना गरिएको हो। अन्तर्राष्ट्रिय समुदायसँग कुटनीतिक बहसको आवश्यकताको लागि संस्थाको आवश्यकता त हामीलाई पहिले नै थियो। रसुवाको भोटेकोसी तथा त्रिशूली नदीमा आएको बाढीले यस आवश्यकतालाई थप बल पुर्याएको आवश्यकता हो।’

जलवायु परिवर्तन र त्यसका प्रभावका विषयमा विभिन्न मन्त्रालय तथा निकायबाट भइरहेका कामलाई समन्वय गरी एकद्वार प्रणालीबाट अघि बढाउन शाखा स्थापना उनको भनाइ छ। उनले संयुक्त राष्ट्रसंघ तथा विशिष्टीकृत संघसंस्था महाशाखाअन्तर्गत रहने गरी उक्त शाखा खडा गरिएको पनि बताए।

प्रवक्ता क्षेत्रीले यस शाखाले अन्तर्राष्ट्रिय मञ्चमा हुने जलवायु परिवर्तनसम्बन्धीका सम्मेलन तथा सभामा सहभागि हुँदा सरकारको कार्ययोजना र गृहकार्यमा समेत सघाउ पुर्‍याउने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समयमै निर्वाचन गराउन तयार छौं : निर्वाचन आयोग
समयमै निर्वाचन गराउन तयार छौं : निर्वाचन आयोग
३ महिनामा धरहरा प्रवेश शुल्कबाट उठ्यो एक करोड ५२ लाख राजस्व
३ महिनामा धरहरा प्रवेश शुल्कबाट उठ्यो एक करोड ५२ लाख राजस्व
एमालेको विधान महाधिवेशन स्थलमा भारी वर्षा
एमालेको विधान महाधिवेशन स्थलमा भारी वर्षा
सुनको मूल्य एकैदिन तोलामा ३१ सयले बढेर हालसम्मकै उच्च
सुनको मूल्य एकैदिन तोलामा ३१ सयले बढेर हालसम्मकै उच्च
१३ अंक घट्यो सेयर बजार, उत्पादन समूह हालसम्मकै उच्च
१३ अंक घट्यो सेयर बजार, उत्पादन समूह हालसम्मकै उच्च
चिकित्सकका माग पूरा गर्न रास्वपाको माग
चिकित्सकका माग पूरा गर्न रास्वपाको माग
त्रिशूलीको बाढीले नुवाकोटमा ५१ जनाको मृ*त्यु, ४०५ जना बेपत्ता
त्रिशूलीको बाढीले नुवाकोटमा ५१ जनाको मृ*त्यु, ४०५ जना बेपत्ता
लक्षित वर्ग उपचारका लागि वीर अस्पतालमा कक्ष स्थापना गर्दै काठमाडौं महानगरपालिका
लक्षित वर्ग उपचारका लागि वीर अस्पतालमा कक्ष स्थापना गर्दै काठमाडौं महानगरपालिका
तीन महिनाभित्रै पेट्रोल–मट्टितेल पनि पाइपलाइबाट ल्याउने तयारी
तीन महिनाभित्रै पेट्रोल–मट्टितेल पनि पाइपलाइबाट ल्याउने तयारी
एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीका विषयमा छलफल हुने
एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीका विषयमा छलफल हुने