रौतहटको ३ वडामा सवारी साधन र आवागमनमा रोक

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर १५, २०८१
|
|
३७ पटक हेरिएको
Shares
रौतहटको ३ वडामा सवारी साधन र आवागमनमा रोक

सारांश

  • उप निर्वाचनको पूर्व सन्ध्यामा आज जिल्ला प्रशासन कार्यालय रौतहटले एक सूचना जारी गर्दै उक्त रोक लगाएको हो।
  • स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन आज साँझ ७ बजेदेखि भोलि बेलुकी ५ बजे मतदान न सकेसम्म अत्यावश्यक र अनुमति लिएका बाहेक सबै सवारी साधनमा रोक लगाएको सिडियो हिरालाल रेग्मीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ।
  • जिल्ला प्रशासनले निर्वाचन हुने राजापुर नगरपालिका ६, ईशनाथ नगरपालिका ७ र गढीमाई नगरपालिका ८ भित्र बसोबास गर्ने बाहेक अन्यत्रका मानिसहरूलाई समेत आवतजावतमा रोक लगाएको छ।

 

१५ मंसिर, रौतहट- जिल्ला प्रशासन कार्यालय रौतहटले उप निर्वाचन हुने जिल्लाको ३ वटा वडाहरूमा सवारीसाधन संगै स्थानीय बाहेक लाई पैदल आवत जावतमा समेत रोक लगाएको छ।

उप निर्वाचनको पूर्व सन्ध्यामा आज जिल्ला प्रशासन कार्यालय रौतहटले एक सूचना जारी गर्दै उक्त रोक लगाएको हो। स्थानीय तह उपनिर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन आज साँझ ७ बजेदेखि भोलि बेलुकी ५ बजे मतदान न सकेसम्म अत्यावश्यक र अनुमति लिएका बाहेक सबै सवारी साधनमा रोक लगाएको सिडियो हिरालाल रेग्मीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ।

जिल्ला प्रशासनले निर्वाचन हुने राजापुर नगरपालिका ६, ईशनाथ नगरपालिका ७ र गढीमाई नगरपालिका ८ भित्र बसोबास गर्ने बाहेक अन्यत्रका मानिसहरूलाई समेत आवतजावतमा रोक लगाएको छ। उप निर्वाचन हुने वडा प्रवेशका सबै नाका, सडकहरूमा कडा चेकिंग र खानतलासी हुने भएको हुँदा सहयोग गर्न जिल्ला प्रशासन कार्यालय रौतहटले सबैसँग आग्रह गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?