छोराले चक्कु प्रहार गरेर आफ्नै बुवाको गरे हत्या

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर १०, २०८१
|
|
२९ पटक हेरिएको
Shares
छोराले चक्कु प्रहार गरेर आफ्नै बुवाको गरे हत्या

सारांश

  • बुवालाई चक्कु हानेपछि छोरा फरार भएका प्रहरीले जनाएको छ।
  • आइतबार बेलुका करिब ९ बजेको समयमा आठबिसकोट नगरपालिका १० मा उक्त घटना भएको जिल्ला प्रहरी कार्यालय रूकुमपश्चिमका डीएसपी नवराज पोखरेलले जानकारी दिए ‘छोराले आफ्नै बुवालाई हत्या गरेर फरार भएको भन्ने खबर आएको छ।
  • प्रहरी घटनास्थल पुग्दैछ।

 

१० मंसिर, गएराति रूकुमपश्चिममा चक्कु प्रहार गरेर एक युवकले आफ्नै बुवाको हत्या गरेका छन्। बुवालाई चक्कु हानेपछि छोरा फरार भएका प्रहरीले जनाएको छ।

आइतबार बेलुका करिब ९ बजेको समयमा आठबिसकोट नगरपालिका १० मा उक्त घटना भएको जिल्ला प्रहरी कार्यालय रूकुमपश्चिमका डीएसपी नवराज पोखरेलले जानकारी दिए ‘छोराले आफ्नै बुवालाई हत्या गरेर फरार भएको भन्ने खबर आएको छ। प्रहरी घटनास्थल पुग्दैछ। मैले जिल्लाको सबै नाकाहरूमा खबर गरिसकेको छु।

हत्याराको खोजतलासी भइरहेको छ,’ उनले भने। स्थानीयका अनुसार अन्दाजी ५० वर्षका दर्बे केसीलाई उनका छोरा अन्दाजी १८र२० वर्षका छोरा वीरबहादुर खत्रीले पेटमा चक्कु हानेर हत्या गरेका हुन्। घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?