नवनियुक्त प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिन्ह प्रदान

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र २४, २०८१
|
|
३० पटक हेरिएको
Shares
नवनियुक्त प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिन्ह प्रदान

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देललाई नेपाली सेनाको महारथी पदको दर्ज्यानी चिह्न प्रदान गरेका छन्।
  • राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित विशेष समारोहमा नेपाली सेनाका परमाधिपति पौडेलसमक्ष नवनियुक्त प्रधानसेनापति सिग्देलले पद तथा गोपनीयताको शपथ लिएका हुन्।
  • मुलुकको प्रमुख सुरक्षा संगठन सेनाको ४५औँ प्रधानसेनापतिका रूपमा सिग्देलले आजैदेखि औपचारिक रूपमा सेनाको कमाण्ड सम्हाल्ने छन्।

२४ भदौ ,काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देललाई नेपाली सेनाको महारथी पदको दर्ज्यानी चिह्न प्रदान गरेका छन्।राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित विशेष समारोहमा नेपाली सेनाका परमाधिपति पौडेलसमक्ष नवनियुक्त प्रधानसेनापति सिग्देलले पद तथा गोपनीयताको शपथ लिएका हुन्। मुलुकको प्रमुख सुरक्षा संगठन सेनाको ४५औँ प्रधानसेनापतिका रूपमा सिग्देलले आजैदेखि औपचारिक रूपमा सेनाको कमाण्ड सम्हाल्ने छन्। नेपालको संविधानले सेनालाई नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षा गर्ने महत्त्वपूर्ण जिम्मेवारी दिएको छ। यसका अलवा विपद् व्यवस्थापन, राष्ट्र विकास, शान्ति स्थापना, आन्तरिक सुरक्षा, वन तथा पर्यावरण सुरक्षा, ऐतिहासिक धरोहरको संरक्षण, राष्ट्रिय एकताको प्रवर्द्धन र आपत्कालीन खोज तथा उद्धारका कार्य पनि सेनाको जिम्मेवारी क्षेत्रमा रहेको छ। समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल सहभागी थिए। सेनाका वरिष्ठतम् रथीका हैसियतले बलाधिकृतरथी सिग्देललाई सरकारले यसअघि कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी प्रदान गरेअनुरुप गत साउन २५ गतेदेखि सो जिम्मेवारी सम्हाल्दै आएका थिए। प्रधानसेनापति अवकाश हुनु एक महिना घर बिदामा बस्ने प्रावधानअनुसार वरिष्ठतम् रथी सिग्देलले कामु प्रधानसेनापतिको जिम्मेवारी सम्हालेका हुन् । यसअघिका प्रधानसेनापति प्रभुराम शर्माले तीनवर्षे पदावधि समाप्त भई आजैदेखि अनिवार्य अवकाश पाएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ठमेलमा प्रहरीमाथि हातपात गर्ने दुई जना पक्राउ
ठमेलमा प्रहरीमाथि हातपात गर्ने दुई जना पक्राउ
सर्लाहीमा तुलसी बहादुर श्रेष्ठ नयाँ सिडिओको रूपमा हाजिर
सर्लाहीमा तुलसी बहादुर श्रेष्ठ नयाँ सिडिओको रूपमा हाजिर
पर्यटन, सांस्कृतिक सम्बन्ध र अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ बनाउनुपर्नेमा सभामुख अर्यालको जोड
पर्यटन, सांस्कृतिक सम्बन्ध र अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ बनाउनुपर्नेमा सभामुख अर्यालको जोड
दश गुमाइसक्यौ अब गुमाउन चाहन्नौं हामी असुरक्षित छौं सरकार!
दश गुमाइसक्यौ अब गुमाउन चाहन्नौं हामी असुरक्षित छौं सरकार!
पाल्पामा डढेलोले जङ्गल सखाप हुँदै
पाल्पामा डढेलोले जङ्गल सखाप हुँदै
मधेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पत्रकार सम्मेलन गर्दै
मधेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पत्रकार सम्मेलन गर्दै
बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, विना विभागीय मन्त्री आलेले लिइन् शपथ
बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, विना विभागीय मन्त्री आलेले लिइन् शपथ
भारतमा पूर्वडीजीपीको हत्या, श्रीमती र छोरी पक्राउ
भारतमा पूर्वडीजीपीको हत्या, श्रीमती र छोरी पक्राउ
ध्वस्त भयो कोशीको प्रदेश सभा, आगोले नभेटेका सामान चोरी
ध्वस्त भयो कोशीको प्रदेश सभा, आगोले नभेटेका सामान चोरी
संसारकोट दरबारको पुनःनिर्माण गरिँदै
संसारकोट दरबारको पुनःनिर्माण गरिँदै