ट्रम्पद्वारा रुस र युक्रेनबिच ३ दिन युद्धविराम घोषणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख २६, २०८३
|
|
१९४ पटक हेरिएको
Shares
ट्रम्पद्वारा रुस र युक्रेनबिच ३ दिन युद्धविराम घोषणा

सारांश

  • अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबिच तीन दिनका लागि युद्धविराम घोषणा गरेका छन्।
  • उनका अनुसार यो युद्धविराम मे ९ देखि ११ सम्म रहनेछ।
  • ट्रम्पले युद्धविराम अवधिमा दुई देशबिच हजार कैदी आदानप्रदान गरिने जानकारी पनि दिएका छन्।

२६ वैशाख,अमेरिका ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबिच तीन दिनका लागि युद्धविराम घोषणा गरेका छन्। उनका अनुसार यो युद्धविराम मे ९ देखि ११ सम्म रहनेछ। ट्रम्पले युद्धविराम अवधिमा दुई देशबिच हजार कैदी आदानप्रदान गरिने जानकारी पनि दिएका छन्।  ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘म यो घोषणा गर्न पाउँदा खुसी छु- रुस र युक्रेनबिच मे ९, १० र ११ तीन दिन युद्धविराम हुनेछ। रुसले विजय दिवस मनाउँदै छ र युक्रेनले पनि मनाउँदै छ, किनकि उनीहरू पनि दोस्रो विश्वयुद्धका हिस्सा हुन्।’

उनले अगाडि लेखेका छन्, ‘यस युद्धविराममा लडाइँका सबै गतिविधि रोक्ने र दुवै देशका हजार कैदी आदानप्रदान हुनेछ। मेरो अनुरोध स्वीकार गरेकामा म राष्ट्रपति भ्लादिमिर पुटिन र राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीप्रति आभारी छु।’ ट्रम्पले यो युद्धविराम लामो, घातक र कठिन युद्ध अन्त्यको सुरुवात हुने विश्वास पनि व्यक्त गवरेका छन्।  उनले भनेका छन्, ‘यो दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठुलो द्वन्द्व हो र यसलाई अन्त्य गर्न वार्ता जारी छ।’ अर्कातर्फ अमेरिका र इरानबिच भने विवाद बढेको छ। दुवै पक्षले एकअर्कालाई युद्धविराम उल्लंघन गरेको आरोप लगाइरहेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लुम्बिनीमा लोसपाका सन्तोष पाण्डे मन्त्री नियुक्त
लुम्बिनीमा लोसपाका सन्तोष पाण्डे मन्त्री नियुक्त
आन्दोलित कर्मचारी र कर्णाली सरकारबीच १४ बुँदे सहमति, आन्दोलन स्थगित
आन्दोलित कर्मचारी र कर्णाली सरकारबीच १४ बुँदे सहमति, आन्दोलन स्थगित
पत्रकार दिलभूषण पक्राउका लागि जारी पुर्जीविरुद्ध परेको मुद्दामा सुनुवाइ सकियो, आदेश आउँदै
पत्रकार दिलभूषण पक्राउका लागि जारी पुर्जीविरुद्ध परेको मुद्दामा सुनुवाइ सकियो, आदेश आउँदै
भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री कार्कीलाई दिए बधाई
भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री कार्कीलाई दिए बधाई
सुर्खेतमा महिलाको बलात्कार आरोपमा युवक पक्राउ
सुर्खेतमा महिलाको बलात्कार आरोपमा युवक पक्राउ
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, त्यसअघि कार्यसम्पादन समितिको बैठक बोलाइयो
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, त्यसअघि कार्यसम्पादन समितिको बैठक बोलाइयो
१० वर्षभित्र बाध्यात्मक वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य गर्छौंः मन्त्री भण्डारी
१० वर्षभित्र बाध्यात्मक वैदेशिक रोजगारीमा जाने अवस्थाको अन्त्य गर्छौंः मन्त्री भण्डारी
३४ अंक घट्यो सेयर बजार
३४ अंक घट्यो सेयर बजार
राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै
राष्ट्रिय सुरक्षा परिषद्को बैठक बस्दै
खेल पर्यटनका लागि नेपाल उर्वर भूमि हो :राष्ट्रपति रामचन्द्र पौडेल
खेल पर्यटनका लागि नेपाल उर्वर भूमि हो :राष्ट्रपति रामचन्द्र पौडेल