भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, जेठ ६, २०८२
|
|
४७ पटक हेरिएको
Shares
भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

सारांश

  •   अरुण गाउँपालिका–७ सिक्रेटार स्थित ‘कैलाश पर्वत र हरित हिल’ (पहाड)को संरक्षण थालिएको छ ।
  • यी सुन्दर क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने लक्ष्यका साथ संरक्षण तथा विकास थालिएको हो ।
  • कैलाश पर्वत र हरित हिललाई मुख्य पर्यटकीय गन्तव्य बनाउने योजनाका साथ काम भइरहेको वडाध्यक्ष कुमार थापाले बताउनुभयो ।

६ जेठ, भोजपुर । 

अरुण गाउँपालिका–७ सिक्रेटार स्थित ‘कैलाश पर्वत र हरित हिल’ (पहाड)को संरक्षण थालिएको छ । यी सुन्दर क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने लक्ष्यका साथ संरक्षण तथा विकास थालिएको हो । कैलाश पर्वत र हरित हिललाई मुख्य पर्यटकीय गन्तव्य बनाउने योजनाका साथ काम भइरहेको वडाध्यक्ष कुमार थापाले बताउनुभयो । कैलाश डाँडाको संरक्षणका लागि पदमार्गसँगै आवश्यक संरचना निर्माण भइरहेको उहाँको भनाइ छ । कैलाश डाँडाबाट नजिकै रहेको हरित हिलसम्म पुग्नका लागि पनि पदमार्ग बनिरहेको वडाध्यक्ष थापाले बताउनुभयो । प्रदेश सरकारबाट प्राप्त रु पाँच लाख बजेटबाट यहाँ कैलाश पर्वतसम्म पुग्ने पदमार्ग निर्माण गरिएको वडाध्यक्ष थापाले जानकारी दिनुभयो ।

यहाँका कैलाश पर्वत, हरित हिल, गौरीशङ्कर मन्दिर र सिंहदेवी मन्दिरलाई समेटेर एकीकृत पर्यटकीय क्षेत्र बनाउने लक्ष्यका साथ कामको थालनी गरिएको वडाध्यक्ष थापाले बताउनुभयो । पर्यटकलाई लक्षित गरेर वडा कार्यालय नजिकै रु १० लाख बजेटमा बाल उद्यानसमेत निर्माण गरिएको उहाँले जानकारी दिनुभयो । यहाँको कैलाश पर्वत, हरित हिललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यका साथ वडाले गरिरहेको कामले उत्साह थपिएको स्थानीयवासी टेकबहादुर बस्नेतले बताउनुभयो । यहाँ कैलाश पर्वतसँगै गौरीशङक्र मन्दिर र सिंहदेवी मन्दिर रहेकाले यो स्थानको छुट्टै महत्व रहेको उहाँको भनाइ छ ।

“यहाँको पर्यटकीय क्षेत्रको विकासमा स्थानीय सरकारले गरिरहेको काम राम्रो छ”, उहाँले भन्नुभयो, “कसैको नजर नपर्दा यी ऐतिहासिक स्थान संरक्षणविहीन बनेको अवस्था थियो । यी क्षेत्रको विकासपश्चात यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्ने हामीले अपेक्षा लिएका छौँ ।” कैलाश पर्वत र गौरीशङ्कर मन्दिरमा वर्षमा एकपटक भव्य मेला लाग्ने उहाँको भनाइ छ । मेलामा स्थानीयसँगै छिमेकी जिल्लाबाट समेत मानिसहरू दर्शन गर्न आउने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अफ्रिकन स्वाइन फिभर देखा परेको भन्दै सतर्कता अपनाउन ललितपुर महानगरपालिकाको आग्रह
अफ्रिकन स्वाइन फिभर देखा परेको भन्दै सतर्कता अपनाउन ललितपुर महानगरपालिकाको आग्रह
एमाले सचिव विष्टको आग्रह : महाधिवेशन प्रतिनिधि सार्वभौम र जिम्मेवार बनेर पार्टीलाई पुनर्गठित गर्नुपर्छ
एमाले सचिव विष्टको आग्रह : महाधिवेशन प्रतिनिधि सार्वभौम र जिम्मेवार बनेर पार्टीलाई पुनर्गठित गर्नुपर्छ
मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह पदमुक्त
मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह पदमुक्त
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
ट्यांकर मजदुरसँग जुट्यो सहमति, पेट्रोलियम पदार्थ आपूर्ति आजैदेखि
ट्यांकर मजदुरसँग जुट्यो सहमति, पेट्रोलियम पदार्थ आपूर्ति आजैदेखि
वर्षाका कारण दाउन्ने सडकखण्ड रुपमा अवरुद्ध
वर्षाका कारण दाउन्ने सडकखण्ड रुपमा अवरुद्ध
राष्ट्रपतिसमक्ष आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश 
राष्ट्रपतिसमक्ष आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश 
अगामी तीन दिनभित्र फरार कैदीबन्दी कारागार फिर्ता नभए कानुन बमोजिम कारवाही गरिने
अगामी तीन दिनभित्र फरार कैदीबन्दी कारागार फिर्ता नभए कानुन बमोजिम कारवाही गरिने
कार्यकर्तालाई देउवाको निर्देशन : बहुमत ल्याउने अवस्था छैन, धेरै सिट जित्ने गरी चुनावको तयारी गर्नू
कार्यकर्तालाई देउवाको निर्देशन : बहुमत ल्याउने अवस्था छैन, धेरै सिट जित्ने गरी चुनावको तयारी गर्नू
मुस्ताङ भन्सारबाट दुई अर्ब बढी राजस्व संकलन
मुस्ताङ भन्सारबाट दुई अर्ब बढी राजस्व संकलन