मधेशकी तत्कालिन कृषि सचिव डा. नम्रता सिंहसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ २२, २०८२
|
|
३१ पटक हेरिएको
Shares
मधेशकी तत्कालिन कृषि सचिव डा. नम्रता सिंहसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सारांश

  • मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव डा.
  • नम्रता सिंहसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन सचिव सिंह, मन्त्रालयका तत्कालीन वरिष्ठ कृषि अर्थविज्ञ तथा कृषि ज्ञान केन्द्र धनुषाका तत्कालीन कार्यालय प्रमुख शंकरप्रसाद साह, कृषि प्रसार अधिकृत अमरचन्द्र मण्डल, सहलेखापाल ब्रजेशकुमार साह विरुद्ध आज भ्रष्टाचार मुद्दा दायर गरेको हो।

२२ जेठ, काठमाडौँ ।

मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव डा. नम्रता सिंहसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन सचिव सिंह, मन्त्रालयका तत्कालीन वरिष्ठ कृषि अर्थविज्ञ तथा कृषि ज्ञान केन्द्र धनुषाका तत्कालीन कार्यालय प्रमुख शंकरप्रसाद साह, कृषि प्रसार अधिकृत अमरचन्द्र मण्डल, सहलेखापाल ब्रजेशकुमार साह विरुद्ध आज भ्रष्टाचार मुद्दा दायर गरेको हो।

यसैगरी, युवरानी मत्स्य तथा कृषि फार्म प्रालिका सञ्चालक तथा अध्यक्ष लक्ष्मीनारायण यादव, मन्त्रालयका तत्कालीन पशु चिकित्सक रञ्जितकुमार अधिकारी, कृषि प्रसार अधिकृत अविनाशकुमार झा र कृषि विकास निर्देशनालय, धनुषाका तत्कालीन कृषि अर्थविज्ञ विकासकुमार साह विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ। भेटेरिनरी डाक्टरसमेत रहेकी सिंह हाल लुम्बिनी प्रदेशको कृषि मन्त्रालयको सचिवका रूपमा कार्यरत छिन्। विशेष अदालतमा यो मुद्दा दायर भएसँगै अभियुक्त बनाइएका सबै सरकारी कर्मचारी निलम्बनमा गएका छन्।

आर्थिक वर्ष २०७९/८० मा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, मधेश प्रदेश जनकपुरधामका खाद्य सुरक्षा तथा कृषि व्यवसाय प्रवद्र्धन महाशाखाका प्रमुख एवं कृषि ज्ञान केन्द्र, धनुषाका प्रमुख वरिष्ठ कृषि अर्थविज्ञले सहकार्य प्रस्तावमा आधारित कृषि, पशुपक्षी तथा मत्स्य विकास कार्यक्रमको रकममा व्यापक भ्रष्टाचार गरेको आरोप छ। उनीहरुले नक्कली बिल भर्पाइका आधारमा भुक्तानी दिएको र स्पेसिफिकेशन अनुसारको सामान खरिद नगरेको आरोप अख्तियारको छ। अख्तियारले एक करोड रुपैयाँ भ्रष्टाचार भएको दाबी गर्दै बिगो असुल गरी आरोपीलाई कैद र जरिवाना गर्न समेत माग गरेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक सञ्जालसम्बन्धी विधेयक आपत्तिजनक छ, जस्ताको त्यस्तै पारित हुन दिँदैनौँः महामन्त्री थापा
सामाजिक सञ्जालसम्बन्धी विधेयक आपत्तिजनक छ, जस्ताको त्यस्तै पारित हुन दिँदैनौँः महामन्त्री थापा
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
वास्तविक सुकुम्बासी स्थानान्तरण गरेर नदी किनार खाली गर्न सर्वोच्चको आदेश
वास्तविक सुकुम्बासी स्थानान्तरण गरेर नदी किनार खाली गर्न सर्वोच्चको आदेश
नेपालमा बिहे गर्न आउने विदेशीलाई आकर्षित गर्न बजेटमा व्यवस्था
नेपालमा बिहे गर्न आउने विदेशीलाई आकर्षित गर्न बजेटमा व्यवस्था
काठमाडौं महानगरले असार २९ गते बजेट ल्याउने
काठमाडौं महानगरले असार २९ गते बजेट ल्याउने
भारतबाट लण्डन सिफ्ट हुँदै कोहली र अनुष्का ?
भारतबाट लण्डन सिफ्ट हुँदै कोहली र अनुष्का ?
स्थानीय तहको संरचना र कार्यशैली ठिक छैन् : ज्ञानेन्द्र शाही
स्थानीय तहको संरचना र कार्यशैली ठिक छैन् : ज्ञानेन्द्र शाही
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
चीन भ्रमण सकेर पूर्वराष्ट्रपति भण्डारी स्वदेश फिर्ता
चीन भ्रमण सकेर पूर्वराष्ट्रपति भण्डारी स्वदेश फिर्ता