गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, आषाढ ३०, २०८२
|
|
२७ पटक हेरिएको
Shares
गम्भीर समीक्षा नगर्ने हो भने देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ : प्रचण्ड

सारांश

  •   नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश बहुआयामिक संकटको अवस्थाबाट गुज्रिरहेको बताएका छन् ।
  • सोमबार प्रतिनिधिसभा बैठकमा सोमबार सम्बोधन गर्दै प्रचण्डले विस्तृत शान्ति सम्झौता गर्दा देखेको सपनाअनुसार अघि बढ्न नसकेको भन्दै देश बहु आयामिक सङ्कटबाट गुज्रेको बताएका हुन् ।
  •  लामो र घनिभूत बहसपछि संविधान निर्माण गर्दा जनता सामु गरेका प्रतिबद्धतातर्फ अघि बढेका छौ भन्दै प्रश्न गरे ।

३० असार, काठमाडौं । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश बहुआयामिक संकटको अवस्थाबाट गुज्रिरहेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सोमबार सम्बोधन गर्दै प्रचण्डले विस्तृत शान्ति सम्झौता गर्दा देखेको सपनाअनुसार अघि बढ्न नसकेको भन्दै देश बहु आयामिक सङ्कटबाट गुज्रेको बताएका हुन् । लामो र घनिभूत बहसपछि संविधान निर्माण गर्दा जनता सामु गरेका प्रतिबद्धतातर्फ अघि बढेका छौ भन्दै प्रश्न गरे ।

‘आज सर्वत्र भ्रष्टाचार, अराजकता र वेथितिले अघि बढेको देखिन्छ । गम्भीर समीक्षा नगर्ने हो भने निकै ठुलो विस्फोटतिर जाने अवस्था छ ’, प्रचण्डको भनाई छ ।  पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले शिक्षा विधेयक लगायत अन्य विधेयकहरूमा भएका चलखेलमाथि अवाञ्छित चलखेलले नेपाली जनतालाई लज्जित बनाएको बताए । दुई ठुला दल मिलेर जे गरे पनि हुन्छ भने जसरी संसद्को हुर्मत लिनु दुर्भाग्य र खेदजनक रहेको प्रचण्डले बताए ।

उनले वर्तमान सरकार बन्दै आफूले सुशासनको डरले बनेको भनेर टिप्पणी गर्दै गर्दा सत्ता छोड्नु पर्दाको पीडा र छटपटी भनिएको भन्दै प्रधानमन्त्रीले खरानीको डल्लो नभएको र दुई तिहाइको सरकार हो हेक्का रहोस् भनेर गरेको टिप्पणी एक वर्ष पुग्दा सरकार बिचौलियाको स्वार्थमा छ भन्ने कुरा पुष्टि भएको बताए । ‘प्रधानमन्त्रीको बेडरुमसम्म बिचौलियाको पहुँच छ भनेर सत्तारुढ दलकै नेता कार्यकर्ताले भनिरहनुभएको छ’, उनले भने,  ‘सरकार सङ्ख्याको भरमा टिकेको त छ तर जनताको भरोसा समाप्त भएको छ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भरतपुर महानगरले भूकम्प प्रभावितलाई एक करोड दिने
भरतपुर महानगरले भूकम्प प्रभावितलाई एक करोड दिने
पसिनाको मोल, माटोको मूल्य र किसानको श्रमको कदर हुनुपर्छ– डा. बाबुराम भट्टराई
पसिनाको मोल, माटोको मूल्य र किसानको श्रमको कदर हुनुपर्छ– डा. बाबुराम भट्टराई
चार महिनामा ३४ लाख ९८ हजार राजस्व संकलन
चार महिनामा ३४ लाख ९८ हजार राजस्व संकलन
त्रिभुवन विमानस्थलमा राखियो एईडी उपकरण, हृदयघात हुँदा तुरुन्तै प्रयोग गर्न सकिने
त्रिभुवन विमानस्थलमा राखियो एईडी उपकरण, हृदयघात हुँदा तुरुन्तै प्रयोग गर्न सकिने
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना
सर्लाहीको खुटौनाबाट स्रोत नखुलेको ३२ लाख ३५ हजार रकमसहित एक भारतीय पक्राउ
सर्लाहीको खुटौनाबाट स्रोत नखुलेको ३२ लाख ३५ हजार रकमसहित एक भारतीय पक्राउ
५ दलले बुझाए समानुपातिकको बन्दसूची, कसका कति उम्मेदवार ?
५ दलले बुझाए समानुपातिकको बन्दसूची, कसका कति उम्मेदवार ?
११ किलो सुन तस्करी प्रकरण : ९ जना पुर्पक्षका लागि थुनामा, ३ जना धरौटीमा रिहा
११ किलो सुन तस्करी प्रकरण : ९ जना पुर्पक्षका लागि थुनामा, ३ जना धरौटीमा रिहा
सन् २०२४ मा मनास्लु क्षेत्रमा १० हजार विदेशी पर्यटक
सन् २०२४ मा मनास्लु क्षेत्रमा १० हजार विदेशी पर्यटक
विराटनगर विमानस्थलमा पूर्वमन्त्री महेश बस्नेतमाथि आक्रमणको प्रयास, दुई युवक पक्राउ
विराटनगर विमानस्थलमा पूर्वमन्त्री महेश बस्नेतमाथि आक्रमणको प्रयास, दुई युवक पक्राउ