नेपालको विजयी सुरुवात, कुवेत ५८ रनले पराजित

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २३, २०८२
|
|
२८ पटक हेरिएको
Shares
नेपालको विजयी सुरुवात, कुवेत ५८ रनले पराजित

सारांश

  • आइसिसी टी ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलमा नेपालले विजयी सुरुवात गरेको छ।
  • बुधबार भएको खलेमा नेपालले कुवेतलाई ५८ रनले पराजित गरेको हो।
  • नेपालले जितका लागि दिएको १४२ रनको लक्ष्य पछ्याएको कुवेतले १८.

२३ असोज, काठमाडौं।

आइसिसी टी ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलमा नेपालले विजयी सुरुवात गरेको छ। बुधबार भएको खलेमा नेपालले कुवेतलाई ५८ रनले पराजित गरेको हो। नेपालले जितका लागि दिएको १४२ रनको लक्ष्य पछ्याएको कुवेतले १८.१ ओभरमा ८३ रन बनाउँदा सबै विकेट गुमायो। कुवेतका लागि वेलुकरन एन्टोले सर्वाधिक २६ तथा यासिन पटेलले १९ रन बनाए। नेपालका लागि ललित राजवंश, सन्दीप लामिछाने र रोहित कुमार पौडेलले समान दुई दुई विकेट लिए भने सोमपाल कामी, नन्दन यादव र कुशल भुर्तेलले एक एक विकेट लिए।

यसअघि ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमीमा भएको खेलमा ‘टस’ हारेर पहिला ‘ब्याटिङ’को निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४१ रन बनाएका थियो। नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ६६ रनको योगदान दिए। उनले ५६ बलमा तीन छक्का र तीन चौकासहित ६६ रन बनाएका हुन। यस्तै , गुल्सन झा र दीपेन्द्रसिंह ऐरीले समान २०÷२० रन बनाए भने कप्तान रोहित पौडेलले १६ बनाए। कुवेतका लागि नवीनराज राजेन्द्रन र अनुदीप चन्दामाराले समान दुइ–दुई ‘विकेट’ लिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाढीपहिरोले ताप्लेजुङका ४४ वडा उच्च जोखिममा
बाढीपहिरोले ताप्लेजुङका ४४ वडा उच्च जोखिममा
प्रतिनिधिसभाको बैठक बस्दै, अवरोध खुलाउने प्रयास जारी
प्रतिनिधिसभाको बैठक बस्दै, अवरोध खुलाउने प्रयास जारी
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 
सामाजिक सञ्जालमा तस्बिर तथा भिडिओ राख्ने १६६ जना सशस्त्र प्रहरी कारबाहीमा
सामाजिक सञ्जालमा तस्बिर तथा भिडिओ राख्ने १६६ जना सशस्त्र प्रहरी कारबाहीमा
युवतीलाई भारतमा बेच्न लगेको आरोपमा पासाङ तामाङ पक्राउ
युवतीलाई भारतमा बेच्न लगेको आरोपमा पासाङ तामाङ पक्राउ
तीन दिनदेखि लगातार बढ्यो सेयर बजार
तीन दिनदेखि लगातार बढ्यो सेयर बजार
प्रसिद्ध गहवामाई रथ यात्रा अगामी असारको दोस्रो साता
प्रसिद्ध गहवामाई रथ यात्रा अगामी असारको दोस्रो साता
सिंहदरबार जाँदै रवि, सभामुखलाई पनि भेट्ने
सिंहदरबार जाँदै रवि, सभामुखलाई पनि भेट्ने
गृहमन्त्री गुरुङ माथि उच्चस्तरीय छानबिन गर्न नेपाली कांग्रेसको माग
गृहमन्त्री गुरुङ माथि उच्चस्तरीय छानबिन गर्न नेपाली कांग्रेसको माग
सिमलताल दुर्घटना : त्रिशुलीको भेलबाढीले दुई ओटा बस बगाएको निष्कर्ष, गृहमन्त्रीले बुझे प्रतिवेदन
सिमलताल दुर्घटना : त्रिशुलीको भेलबाढीले दुई ओटा बस बगाएको निष्कर्ष, गृहमन्त्रीले बुझे प्रतिवेदन