पुस १२ गतेभित्र राष्ट्रिय सभाको बैठक बोलाउने तयारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष १, २०८२
|
|
३१ पटक हेरिएको
Shares
पुस १२ गतेभित्र राष्ट्रिय सभाको बैठक बोलाउने तयारी

सारांश

  •   राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रिय सभा बैठक बोलाउने तयारी गरिएको बताएका छन्।
  •   मंगलबार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।
  • संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कृषि समितिको हलको निर्माण कार्य सकिने बित्तिकै सो बैठक बोलाउने गरी आफूले केही दिनभित्र प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्ने तयारी गरेको समेत बताए।

१ पुस, काठमाडौं । 

राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रिय सभा बैठक बोलाउने तयारी गरिएको बताएका छन्।  मंगलबार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कृषि समितिको हलको निर्माण कार्य सकिने बित्तिकै सो बैठक बोलाउने गरी आफूले केही दिनभित्र प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्ने तयारी गरेको समेत बताए।  अध्यक्ष दाहालले राष्ट्रिय सभा बैठक बोलाउने कुरामा सरकार असहमत नभएको पनि बताए।

उनले बैठक सञ्चालनका लागि बिजनेसको भने अभाव हुने देखिएको बताए। करिब १० दिन सम्मका लागि विजनेस भए पनि अरू विजनेस नभएको अध्यक्ष दाहालको भनाइ थियो।   अध्यक्ष दाहालले भने,‘पुसको १२ गते बैठक बोलाउँछु म। जसरी पनि त्यो काम पूरा गर भनेर ठेकेदारलाई भनिएको छ। मलाई लाग्छ–१०, १२ गतेसम्म हल तयार हुन्छ। अलिकति आकार आएपछि प्रधानमन्त्रीसँग गएर कुरा गरेर सदन बोलाउने कुरामा अहिलेसम्म विमति छैन। अब के होला त्यो कार्यान्वयनमा जाला? तर बैठक चाहिँ हामी १०/१२ गतेतिर बस्छौँ। तर अब सरकारसँग विजनेस केही पनि छैन। हामीसँग २/३ वटा विधेयक छन्।’

उनले अगाडि भने, ‘कि अब हामीले चलाउने नाममा आयोगका प्रतिवेदनहरू छन्। मन्त्री बोलाउने, छलफल गर्ने, बस्ने एउटा कुरा हो। तर त्यति धेरै विजनेसहरू छैन। अब उता गएको विधेयकहरू निष्क्रिय भइहाले। हामीसँग ४ वटा छन्। हामीसँग विधेयक नै कम छन्। एउटा विधेयक अध्यादेशमार्फत् आएको छ। त्यो आर्थिक विधेयक हो भने राष्ट्रिय सभालाई छलफल गर्ने अधिकार छैन। त्यो प्रतिनिधि सभामा मात्रै छलफल हुने हो। त्यसकारण हामीसँग १० दिन भन्दा बढी छलफल गर्ने विजनेस छैन। सरकारलाई विजेनसको बारेमा सोच्नुस् भनेर भनेको छुु। जसोतसो चलाउनुपर्ला।’ अध्यक्ष दाहालले राष्ट्रिय सभालाई चलाउनका लागि विजनेसको अभाव हुने अवस्था रहेको बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दशरथ रंगशालामा नेपाल र चीनबीच मैत्रीपूर्ण महिला फुटबल हुने
दशरथ रंगशालामा नेपाल र चीनबीच मैत्रीपूर्ण महिला फुटबल हुने
प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेका लागि सारियाे
प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेका लागि सारियाे
सुकेधारामा शव भेटिएको घटना : हत्या आशंकामा एक पक्राउ
सुकेधारामा शव भेटिएको घटना : हत्या आशंकामा एक पक्राउ
कानुन निर्माण प्रक्रियामा जनताको सहभागिता र राज्यका तीनै अंगबिच समन्वय आवश्यक छ : डीपी अर्याल
कानुन निर्माण प्रक्रियामा जनताको सहभागिता र राज्यका तीनै अंगबिच समन्वय आवश्यक छ : डीपी अर्याल
सभामुख घिमिरेबाट टीआरसी विधेयक प्रमाणित
सभामुख घिमिरेबाट टीआरसी विधेयक प्रमाणित
टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित
टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित
‘हराएका वर्षहरू’ हेरेपछि प्रधानमन्त्री ओलीको प्रतिक्रिया– प्रकाशलाई भेट्न चाहन्छु
‘हराएका वर्षहरू’ हेरेपछि प्रधानमन्त्री ओलीको प्रतिक्रिया– प्रकाशलाई भेट्न चाहन्छु
सम्पत्ति शुद्धीकरणको कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
सम्पत्ति शुद्धीकरणको कसुरमा रामबहादुर बम्जनले पाए सफाइ
बालुवाटार प्रवेश गर्न खोजेपछि कमल थापासहित ५ जना नियन्त्रणमा : प्रहरी
बालुवाटार प्रवेश गर्न खोजेपछि कमल थापासहित ५ जना नियन्त्रणमा : प्रहरी
सभापति रवि लामिछानेलाई भाजपा मुख्यालयमा वाजागाजासहित स्वागत
सभापति रवि लामिछानेलाई भाजपा मुख्यालयमा वाजागाजासहित स्वागत