कोशी राजमार्गमा ठूलो पहिरो, तीन दिनदेखि आवागमन ठप्प

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र ७, २०८२
|
|
४२ पटक हेरिएको
Shares
कोशी राजमार्गमा ठूलो पहिरो, तीन दिनदेखि आवागमन ठप्प

सारांश

  • कोशी राजमार्गअन्तर्गत भोटखोलाको हुंगुंग खण्डमा गएको ठूलो पहिरोका कारण विगत तीन दिनदेखि सडक अवरुद्ध भएको छ।
  • खाँदबारीदेखि किमाथांका नाकासम्म जोड्ने करिब ११५ किलोमिटर दूरीमा पर्ने उक्त खण्ड बिहीबार गएको पहिरोका कारण सडकमा यातायात पूर्ण रूपमा ठप्प बनेको हो।
  • उत्तर–दक्षिण कोशी सडक आयोजनाका प्रमुख रामबहादुर गुरुङका अनुसार करिब ३०० मिटर सडक क्षेत्रमा भिरैसहित ढुंगा, माटो र झाडी मिसिएको ठूलो पहिरो खसेको छ।

७ भदौ काठमाडौँ ।

कोशी राजमार्गअन्तर्गत भोटखोलाको हुंगुंग खण्डमा गएको ठूलो पहिरोका कारण विगत तीन दिनदेखि सडक अवरुद्ध भएको छ। खाँदबारीदेखि किमाथांका नाकासम्म जोड्ने करिब ११५ किलोमिटर दूरीमा पर्ने उक्त खण्ड बिहीबार गएको पहिरोका कारण सडकमा यातायात पूर्ण रूपमा ठप्प बनेको हो। उत्तर–दक्षिण कोशी सडक आयोजनाका प्रमुख रामबहादुर गुरुङका अनुसार करिब ३०० मिटर सडक क्षेत्रमा भिरैसहित ढुंगा, माटो र झाडी मिसिएको ठूलो पहिरो खसेको छ। ‘सडक निर्माणाधीन भएकाले मेसिन प्रयोग गर्न सकिने अवस्था छैन। भिरालो

भूभाग र लगातारको वर्षाले काम अझ चुनौतीपूर्ण भएको छ,’ उनले बताए। सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामान, इन्धन, निर्माण सामग्रीलगायत वस्तुको ढुवानी प्रभावित भएको छ। तीन दिनदेखि राजमार्ग ठप्प हुँदा यात्रु पनि समस्यामा परेका छन्। गुरुङका अनुसार वर्षायाममा यस क्षेत्रमा हरेक वर्ष पहिरो जाने गरे पनि यसपटकको पहिरो असाध्यै ठूलो भएकाले सडक कहिले खुल्ने भन्ने टुंगो लाग्न सकेको छैन। हाल पहिरो पन्छाउने प्रयास जारी राखिएको भए पनि तत्काल राजमार्ग सञ्चालन हुने सम्भावना देखिएको छैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेशमा एमाले, संघीय समाजवादी र राप्रपाबाट एक–एक मन्त्री नियुक्त
मधेशमा एमाले, संघीय समाजवादी र राप्रपाबाट एक–एक मन्त्री नियुक्त
रसुवा बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार
रसुवा बाढी : मृत्यु हुनेको संख्या ७५२ पुग्यो, ८ हजार ७३० जनाको उद्धार
राजेन्द्र लिङदेनसहितका राप्रपा सांसदहरु चार घण्टापछि रिहा
राजेन्द्र लिङदेनसहितका राप्रपा सांसदहरु चार घण्टापछि रिहा
नेपाली क्रिकेट टोलीको वरीयता खस्कियो, दीपेन्द्र झरे तेस्रोमा
नेपाली क्रिकेट टोलीको वरीयता खस्कियो, दीपेन्द्र झरे तेस्रोमा
बुद्ध दर्शन हाम्रा लागि सम्पत्ति : मुख्यमन्त्री कार्की
बुद्ध दर्शन हाम्रा लागि सम्पत्ति : मुख्यमन्त्री कार्की
रास्वपा केन्द्रीय समिति बैठक बस्दै
रास्वपा केन्द्रीय समिति बैठक बस्दै
केन्द्रीय सुरक्षा समिति बैठकः सीमा र विमानस्थलमा निगरानी बढाइने
केन्द्रीय सुरक्षा समिति बैठकः सीमा र विमानस्थलमा निगरानी बढाइने
सात महिनामा चार लाख बढी नेपाली बिदेशिए, कुन महिना कति गए?
सात महिनामा चार लाख बढी नेपाली बिदेशिए, कुन महिना कति गए?
राष्ट्रपतिबाट कैद मिनाहा पाएको ५ महिनामा अपहरणको धम्की दिएपछि फेरि पक्राउ
राष्ट्रपतिबाट कैद मिनाहा पाएको ५ महिनामा अपहरणको धम्की दिएपछि फेरि पक्राउ
अमेरिका-इरानबीच दुई साताका लागि युद्धविराम
अमेरिका-इरानबीच दुई साताका लागि युद्धविराम