मधेश प्रदेश सरकारका सेवा दशैंपछि पूर्ण रुपमा सञ्चालन हुने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, आश्विन ४, २०८२
|
|
३३ पटक हेरिएको
Shares
मधेश प्रदेश सरकारका सेवा दशैंपछि पूर्ण रुपमा सञ्चालन हुने

सारांश

  • मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले जेनजीको प्रदर्शनका क्रममा तोडफोड तथा आगजनीको कारण क्षतिग्रस्त भएका कार्यालयले बडादशैंपछि पूर्ण रुपमा सेवा प्रवाह गर्ने बताएका छन् ।
  • उनले आज पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै जेनजी प्रदर्शनका क्रममा मधेश प्रदेश सरकारको सरकारी निकायमा भौतिक संरचनाको व्यापक क्षति भएकाले यसको मर्मत तथा सुधारमा थप अझै केही दिन समय लाग्ने र त्यसपछि सेवाहरु पूर्ण रुपमा सञ्चालनमा आउने बताए ।
  • सुरक्षामा क्रमिक रुपले सुधार हुँदै गएकाले प्रदेशका विभिन्न मन्त्रालय तथा कार्यालयहरुमा कर्मचारीहरु आउन सुरु गरिसकेको उनको भनाइ छ ।

४ असोज, जनकपुरधाम ।

मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिशकुमार सिंहले जेनजीको प्रदर्शनका क्रममा तोडफोड तथा आगजनीको कारण क्षतिग्रस्त भएका कार्यालयले बडादशैंपछि पूर्ण रुपमा सेवा प्रवाह गर्ने बताएका छन् । उनले आज पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै जेनजी प्रदर्शनका क्रममा मधेश प्रदेश सरकारको सरकारी निकायमा भौतिक संरचनाको व्यापक क्षति भएकाले यसको मर्मत तथा सुधारमा थप अझै केही दिन समय लाग्ने र त्यसपछि सेवाहरु पूर्ण रुपमा सञ्चालनमा आउने बताए ।

सुरक्षामा क्रमिक रुपले सुधार हुँदै गएकाले प्रदेशका विभिन्न मन्त्रालय तथा कार्यालयहरुमा कर्मचारीहरु आउन सुरु गरिसकेको उनको भनाइ छ । यद्यपि काम गर्न भौतिक संरचनाको समस्या र अभाव रहेको उल्लेख गर्दै उहाँले त्यसको वातावरण बनाउनका लागि केही दिन समय लाग्ने बताए । प्रदेशसभा भवनसहित मन्त्रालयहरुको क्षति भएको संरचनाहरुको मूल्यांकनका लागि पाँच सदस्यीय समिति गठन गरिएको छ ।

मधेश प्रदेश सरकारअन्तर्गतका मुख्यमन्त्री कार्यालयसहित मधेस प्रदेशसभा भवन तथा सचिवालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, ऊर्जा तथा सिँचाइ मन्त्रालय, श्रम तथा यातायात मन्त्रालयलगायत अन्य मन्त्रालय तथा सरकारी कार्यालयको भौतिक संरचनामा आक्रमण गरी तोडफोड गर्नाका साथै आगजनी गरिएको थियो । साथै सवारीसाधनहरु पनि क्षतिग्रस्त बनाइएको छ । सुरक्षा अभावमा त्यहाँको समानहरु पनि लुटपाट भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आगामी तीन दिन तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना, सचेत रहन आग्रह
आगामी तीन दिन तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना, सचेत रहन आग्रह
मेलामा विवाद हुँदा एक युवकको हत्या, दुई भारतीय पक्राउ
मेलामा विवाद हुँदा एक युवकको हत्या, दुई भारतीय पक्राउ
भारतमा रेल दुर्घटना : मृतकको संख्या १३ पुग्यो, ४ नेपालीको सनाखत
भारतमा रेल दुर्घटना : मृतकको संख्या १३ पुग्यो, ४ नेपालीको सनाखत
विद्यालयमा अनुशासन इन्चार्ज (डीआई) नराख्न काठमाडौँ महानगरको निर्देशन
विद्यालयमा अनुशासन इन्चार्ज (डीआई) नराख्न काठमाडौँ महानगरको निर्देशन
मोरङमा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु
मोरङमा एम्बुलेन्स दुर्घटना, चालकको मृत्यु
शान्तिपूर्ण निर्वाचनले मुलुक र संविधान सुरक्षित राख्यो : गृहमन्त्री अर्याल
शान्तिपूर्ण निर्वाचनले मुलुक र संविधान सुरक्षित राख्यो : गृहमन्त्री अर्याल
बागमतीमा सभामुखले डाके सर्वदलीय बैठक
बागमतीमा सभामुखले डाके सर्वदलीय बैठक
बाढीले नारायणगढ-बुटवल सडकखण्ड अवरुद्ध
बाढीले नारायणगढ-बुटवल सडकखण्ड अवरुद्ध
लामो अनुभव भएका कर्मचारीबाट कार्यक्षेत्रभन्दा बाहिरका विषयमा समेत रचनात्मक सुझावको अपेक्षा छ : मन्त्री श्रेष्ठ
लामो अनुभव भएका कर्मचारीबाट कार्यक्षेत्रभन्दा बाहिरका विषयमा समेत रचनात्मक सुझावको अपेक्षा छ : मन्त्री श्रेष्ठ
टेरामक्स प्रकरणमा मुख्यसचिव अर्यालविरुद्ध मुद्दा दायर गर्ने निर्णय
टेरामक्स प्रकरणमा मुख्यसचिव अर्यालविरुद्ध मुद्दा दायर गर्ने निर्णय