विद्यालयमा अनुशासन इन्चार्ज (डीआई) नराख्न काठमाडौँ महानगरको निर्देशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, पौष ६, २०८०
|
|
४० पटक हेरिएको
Shares
विद्यालयमा अनुशासन इन्चार्ज (डीआई) नराख्न काठमाडौँ महानगरको निर्देशन

सारांश

  • काठमाडौँ महानगरपालिकाले विद्यालयमा अनुशासन इन्चार्ज (डीआई) नराख्न निर्देशन दिएको छ ।
  • केही विद्यालयहरूमा अनुशासन कायम राख्ने भन्दै अनुशासन इन्चार्ज (डीआई) राख्ने गरेको गुनासो आएको भन्दै त्यस्तो नगर्न निर्देशन जारी गरेको हो ।
  •   डीआईले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रूपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजाय समेत दिने गरेको पाइएको भन्दै महानगरले त्यस्तो नराख्न सचेत गराएको हो ।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विद्यालयमा अनुशासन इन्चार्ज (डीआई) नराख्न निर्देशन दिएको छ ।

केही विद्यालयहरूमा अनुशासन कायम राख्ने भन्दै अनुशासन इन्चार्ज (डीआई) राख्ने गरेको गुनासो आएको भन्दै त्यस्तो नगर्न निर्देशन जारी गरेको हो ।  डीआईले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रूपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजाय समेत दिने गरेको पाइएको भन्दै महानगरले त्यस्तो नराख्न सचेत गराएको हो । काठमाडौँ महानगरपालिकाका शिक्षा अधिकारी सीताराम कोइरालाले विद्यार्थीमैत्री सिकाई वातावरण सिर्जना गर्न विद्यालयमा अनुशासन इन्चार्ज राख्ने व्यवस्था नगर्न सबैलाई सूचित गराइएको बताए ।

विगतमा विद्यालयमा अनुशासन कायम गराउने नाममा डीआई राख्ने गरिन्थ्यो । सरकारले उक्त विषयमा परिपत्र गर्दै नराख्न निर्देशन जारी गरेको थियो । त्यसका वावजुद केही निजी विद्यालयहरूले डीआई राख्दै आएका छन् । डीआईले अनुशासनको नाममा विद्यार्थीहरूलाई कडाइ गर्ने, मानसिक तथा शारीरिक यातना समेत दिने गरेको पाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदनले गृहमन्त्रीको राजीनामा माग्दै चलाए सामाजिक सञ्जालमा अभियान
सुदनले गृहमन्त्रीको राजीनामा माग्दै चलाए सामाजिक सञ्जालमा अभियान
रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै
रवि लामिछानेलाई आज अदालत उपस्थित गराइँदै
अख्तियारको छानबिन चलिरहँदा विमानस्थल अध्यागमन कार्यालयका १४ कर्मचारीको सरुवा
अख्तियारको छानबिन चलिरहँदा विमानस्थल अध्यागमन कार्यालयका १४ कर्मचारीको सरुवा
मलंगवामा दादुरा–रुवेलाको प्रकोप बढिरहेकोमा चिन्ता
मलंगवामा दादुरा–रुवेलाको प्रकोप बढिरहेकोमा चिन्ता
नेपालद्वारा म्यानमार सरकारलाई २७ टन राहत प्रदान
नेपालद्वारा म्यानमार सरकारलाई २७ टन राहत प्रदान
प्रदेश सभालाई मधेशका मुख्यमन्त्री सिंहको पत्र : २८ असोजमा विश्वासको मत लिने वातावरण बनाइदेऊ
प्रदेश सभालाई मधेशका मुख्यमन्त्री सिंहको पत्र : २८ असोजमा विश्वासको मत लिने वातावरण बनाइदेऊ
सहीद परिवारले भोली मुख्यमन्त्री कार्यालय घेराउ गर्ने
सहीद परिवारले भोली मुख्यमन्त्री कार्यालय घेराउ गर्ने
दिल्लीमा भारी वर्षाः सडक र हवाई यातायात अवरुद्ध
दिल्लीमा भारी वर्षाः सडक र हवाई यातायात अवरुद्ध
रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडक कालोपत्र हुँदै
रत्नेचौर–ज्यामरुककोट–भकिम्ली सडक कालोपत्र हुँदै
सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले बाराको बिभिन्न नाका घुमुवा परिचालन
सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले बाराको बिभिन्न नाका घुमुवा परिचालन