एमालेको नीति राष्ट्रको नीति बन्न सकेको छैन : महासचिव पोखरेल

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, भाद्र १६, २०८२
|
|
४१ पटक हेरिएको
Shares
एमालेको नीति राष्ट्रको नीति बन्न सकेको छैन : महासचिव पोखरेल

सारांश

  • नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको नीति राष्ट्रको नीति बनाउन सामर्थ्य राखेर पार्टी निर्माणमा लाग्नुपर्ने बताएका छन् ।
  • एमाले नेता आनन्द पोखरेलको ‘कम्युनिस्ट पार्टी निर्माणका आधार’ नामक पुस्तक सार्वजनिक समारोहमा सोमबार बोल्दै महासचिव पोखरेलले जतिवेला एमालेको नीति राष्ट्रको नीति बन्ने अवस्था आउँछ त्यसवेलामात्र एमाले निर्णायक राष्ट्रिय शक्ति बन्ने बताएका हुन् ।
  • ‘यद्यपि अहिले पनि हाम्रो पार्टीले सरकारको नेतृत्व गरिरहेको छ तर हाम्रो नीति राष्ट्रको नीति बनाउने ठाउँमा पुगेका छैनौ’, महासचिव पोखरेलले भने, ‘सरकार बनाउन भिन्न विचारका दलको सहकार्यबाट सरकार बनाइरहेका छौ ।

१६ भदौ, काठमाडौँ ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको नीति राष्ट्रको नीति बनाउन सामर्थ्य राखेर पार्टी निर्माणमा लाग्नुपर्ने बताएका छन् । एमाले नेता आनन्द पोखरेलको ‘कम्युनिस्ट पार्टी निर्माणका आधार’ नामक पुस्तक सार्वजनिक समारोहमा सोमबार बोल्दै महासचिव पोखरेलले जतिवेला एमालेको नीति राष्ट्रको नीति बन्ने अवस्था आउँछ त्यसवेलामात्र एमाले निर्णायक राष्ट्रिय शक्ति बन्ने बताएका हुन् ।

‘यद्यपि अहिले पनि हाम्रो पार्टीले सरकारको नेतृत्व गरिरहेको छ तर हाम्रो नीति राष्ट्रको नीति बनाउने ठाउँमा पुगेका छैनौ’, महासचिव पोखरेलले भने, ‘सरकार बनाउन भिन्न विचारका दलको सहकार्यबाट सरकार बनाइरहेका छौ ।’ महासचिव पोखरेलले क्रान्तिपछि राज्यसत्ताको नेतृत्वको चरित्र निरूपण गर्ने भएपनि हाम्रो राजनीतिक क्रान्तिले राज्यसत्ताको चरित्र निरूपण गर्न नसकेको बताए ।

‘कुन वर्गको नेतृत्व भन्ने फैसला राजनीतिक क्रान्तिले निरूपण गर्न सकेको छैन’, उनले भने, ‘त्यसअर्थमा हाम्रो क्रान्तिलाई पूर्णता दिनका लागि आवधिक रूपमा हुने चुनावमा कुन वर्गलाई स्थापित गर्ने भन्ने प्रश्न मुख्य प्रश्न हुनुपर्छ ।’ तर पछिल्लो समय चुनावलाई वर्गसंर्घषको रूपमा बुझ्न छाडिएको भन्दै अवसर प्राप्तीका रूपमा बुझ्ने गरेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पार्टीभित्र हुने आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिनुपर्छ : ईश्वर पोखरेल
पार्टीभित्र हुने आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक रूपमा लिनुपर्छ : ईश्वर पोखरेल
युरेसियन महिला फोरममा भाग लिन उपसभामुख राना रूस प्रस्थान
युरेसियन महिला फोरममा भाग लिन उपसभामुख राना रूस प्रस्थान
राजमार्ग मापदण्डका कारण ललितपुरवासी सम्पत्ति अधिकारबाट वञ्चित
राजमार्ग मापदण्डका कारण ललितपुरवासी सम्पत्ति अधिकारबाट वञ्चित
एमाले महाधिवेशन अन्तिम चरणमा, उद्घाटन स्थल ‘नमूना’ बनाइएको दाबी
एमाले महाधिवेशन अन्तिम चरणमा, उद्घाटन स्थल ‘नमूना’ बनाइएको दाबी
भारतको झारखण्डमा एयर एम्बुलेन्स दु*र्घटना हुँदा ७ जनाको मृ*त्यु
भारतको झारखण्डमा एयर एम्बुलेन्स दु*र्घटना हुँदा ७ जनाको मृ*त्यु
झापामा २० हजार हेक्टरमा चैते धानखेती
झापामा २० हजार हेक्टरमा चैते धानखेती
भोलि र पर्सि सार्वजनिक बिदा दिने सरकारको निर्णय
भोलि र पर्सि सार्वजनिक बिदा दिने सरकारको निर्णय
फागुन २१ मा हुने चुनावको कार्यतालिका सार्वजनिक
फागुन २१ मा हुने चुनावको कार्यतालिका सार्वजनिक
मकवानपुरमा प्रहरीमाथि आक्रमण, प्रतिकारमा गोली चल्दा एक घाइते
मकवानपुरमा प्रहरीमाथि आक्रमण, प्रतिकारमा गोली चल्दा एक घाइते
आवासीय चिकित्सकले आज आकस्मिकबाहेकका सेवा बहिस्कार गर्ने
आवासीय चिकित्सकले आज आकस्मिकबाहेकका सेवा बहिस्कार गर्ने