पर्सा अदालतले दियो रविलाई वारेसको अनुमति, तारेख धाउन नपर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, चैत्र १९, २०८२
|
|
२७ पटक हेरिएको
Shares
पर्सा अदालतले दियो रविलाई वारेसको अनुमति, तारेख धाउन नपर्ने

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सानोपाइला बचत तथा ऋण सहकारी ठगी प्रकरणमा वारेसमार्फत मुद्दा लड्न पाउने भएका छन् ।
  • लामिछानेले हिजो (बुधबार) जिल्ला अदालत पुगेर तारेख बुझेका थिए ।
  • सो क्रममा उनले वारेस पाउन पनि माग गरेका थिए ।

१९ चैत, काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सानोपाइला बचत तथा ऋण सहकारी ठगी प्रकरणमा वारेसमार्फत मुद्दा लड्न पाउने भएका छन् । लामिछानेले हिजो (बुधबार) जिल्ला अदालत पुगेर तारेख बुझेका थिए । सो क्रममा उनले वारेस पाउन पनि माग गरेका थिए । बिहीबार न्यायाधीश सुमन कुमार न्यौपानेको इजलासले उनले माग गरे बमोजिम आदेश जारी गरेको हो ।

अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार, उनले तारेख बुझेसँगै वारेसबाट मुद्दा लड्नका लागि वारेस पाएका हुन् । ‘उहाँले वारेसका लागि अनुमति पाउँ भन्नुभएको थियो । आज अनुमति भएको छ,’ उनले भने । योसँगै अब लामिछाने तारेखका लागि पर्सा अदालत पुग्न नपर्ने भएको छ । पर्साको सानो पाइला सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध मुद्दा छ । रवि लामिछाने फागुन २१ को निर्वाचनमा चितवन–२ बाट निर्वाचित सांसद हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
त्रिविमा सुरक्षा व्यवस्था मिलाउन शिक्षामन्त्रीको माग
त्रिविमा सुरक्षा व्यवस्था मिलाउन शिक्षामन्त्रीको माग
पराजयबारे कांग्रेसमा छुट्टाछुट्टै तर्क : बीबीसीको भिडियो, नेताका घरमा पैसा जलेको भिडियो, नेताहरूको असहयोग
पराजयबारे कांग्रेसमा छुट्टाछुट्टै तर्क : बीबीसीको भिडियो, नेताका घरमा पैसा जलेको भिडियो, नेताहरूको असहयोग
ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’ प्रदान
ज्ञानेन्द्र शाहीलाई ‘ग्लोबल हिरो अवार्ड’ प्रदान
सुकुम्वासी राखिएका होल्डिङ सेन्टरको अनुगमनमा संसदीय समिति
सुकुम्वासी राखिएका होल्डिङ सेन्टरको अनुगमनमा संसदीय समिति
धादिङमा त्रिशूलीमा हाम फालेर महिला बेपत्ता, खोजी हुँदै
धादिङमा त्रिशूलीमा हाम फालेर महिला बेपत्ता, खोजी हुँदै
बिहेमा झडप हुँदा युवकको मृत्यु
बिहेमा झडप हुँदा युवकको मृत्यु
पछिल्लो नौ वर्षमा एड्सबाट हुने मृ*त्युदरमा ६२ प्रतिशतले कमी
पछिल्लो नौ वर्षमा एड्सबाट हुने मृ*त्युदरमा ६२ प्रतिशतले कमी
पर्यटनको सम्भावना रहेको ‘चमेरे गुफा’ ओझेलमा
पर्यटनको सम्भावना रहेको ‘चमेरे गुफा’ ओझेलमा
‘सांसदको सङ्ख्या घटाऔँ, संसद् बाहिरबाट मन्त्री नियुक्त गरौँ’
‘सांसदको सङ्ख्या घटाऔँ, संसद् बाहिरबाट मन्त्री नियुक्त गरौँ’