भारतले नेपाललाई दियो २९८ रनको लक्ष्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, माघ १९, २०८०
|
|
३६ पटक हेरिएको
Shares
भारतले नेपाललाई दियो २९८ रनको लक्ष्य

सारांश

  • दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणको आफ्नो दोस्रो खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी भारतलाई हराउन दुई सय ९८ रन बनाउनुपर्ने भएको छ ।
  • टस जिती पहिले ब्याटिङको निर्णय लिएको भारतले निर्धारित ओभरमा पाँच विकेट गुमाएर दुई सय ९७ रन बनाएको हो ।
  • चौथो र पाँचौँ नम्बरका ब्याट्सम्यानले उत्कृष्ट शतकीय पाली खेलेपछि भारतले विशाल योगफल तयार पारेको हो ।

१९ माघ, काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणको आफ्नो दोस्रो खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी भारतलाई हराउन दुई सय ९८ रन बनाउनुपर्ने भएको छ ।

टस जिती पहिले ब्याटिङको निर्णय लिएको भारतले निर्धारित ओभरमा पाँच विकेट गुमाएर दुई सय ९७ रन बनाएको हो । चौथो र पाँचौँ नम्बरका ब्याट्सम्यानले उत्कृष्ट शतकीय पाली खेलेपछि भारतले विशाल योगफल तयार पारेको हो । पाँचौँ नम्बरका ब्याट्सम्यान सचिन दासले एक सय १६ रन बनाए । उनले केवल एक सय एक बलको सामना गरी तीन छक्का र ११ चौका हिर्काए । सचिनको विकेट गुल्सन झाले लिएका हुन् । ४७.४ ओभरमा गुल्सनले सचिनलाई दिपक बोहराद्वारा क्याच गराएका थिए । चौथो नम्बरमा क्रिज समाल्न आएका कप्तान उदय शरणले पनि टोलीको खातामा एक सय रन थपे । उदयले एक सय सात बलको सामना गरी नौ चौका पनि हिर्काए । उनी पाँचौँ विकेटका रुपमा पेभेलियन फर्किएका हुन् । उदयको विकेट पनि गुल्सनले नै लिएका हुन् । उनलाई ४९.४ ओभरमा गुल्सनले सुवाष भण्डारीद्वारा क्याच गराएका थिए ।  भारतले केवल ६२ रनको कुल स्कोरमा आफ्ना तीन ब्याट्सम्यान गुमाएको थियो । त्यसपछि सचिन र उदयले भारतीय टोलीको स्कोरलाई दुई सय ७७ रनको बलियो स्थितिसम्म पु¥याएका थिए । मुसिर खान नौ रनमा अविजित रहे । भारतले अतिरिक्त रुपमा पनि १४ रन पायो । नेपाली टोलीका बलर गुल्सनले तीन र आकाश चन्दले एक विकेट लिए ।

भारतको पहिलो विकेट नेपाली बलर गुल्सनले लिएका थिए । गुल्सनले भारतीय टोलीका ओपनर ब्याट्सम्यान आदर्श सिंहलाई २१ रनको ब्यक्तिगत स्कोरमा विकेटकिपर उत्तम रंगु थापामगरद्वारा क्याच गराएका थिए । भारतले ४.५ ओभरमा पहिलो विकेट गुमाउँदा कुल २६ रन बनाएको थियो । भारतले दोस्रो विकेटका रुपमा प्रियांशु मोलियालाई गुमाएको थियो । पेभेलियन फर्किनुअघि उनले १९ रन बनाएका थिए । उनी रन आउट भई मैदानबाट बाहिरिएका थिए । १३.५ ओभरमा उनी आउट हुँदा भारतले ६१ रन बनाएको थियो । भारतको तेस्रो विकेट भने आकाश चन्दले लिएका थिए । आकाशले भारतका ओपनर ब्याट्सम्यान आर्सिन कुलकर्णीलाई १८ रनको ब्यक्तिगत स्कोरमा विकेटकिपर उत्तर रंगु थापामगरद्वारा क्याच गराएका थिए । १४ औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा भारतले ६२ रन बनाएको थियो । ‘सुपर सिक्स’ चरणमा यो नेपालको दोस्रो खेल हो । यसअघि ‘सुपर सिक्स’ चरणको आफ्नो पहिलो खेलमा नेपाली टोली अर्को टेस्ट राष्ट्र बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो । नेपाली टोली जारी विश्वकपको उपाधि होडबाट भने यसअघि नै बाहिरिइसकेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेश प्रदेश सरकारको आर्थिक सर्वेक्षण २०८२/०८३ प्रस्तुत
मधेश प्रदेश सरकारको आर्थिक सर्वेक्षण २०८२/०८३ प्रस्तुत
काठमाडौंबाट महोत्तरीको भिट्ठामोडतर्फ जाँदै गरेका बस रौतहटमा दुर्घटना : १० जना घाइते
काठमाडौंबाट महोत्तरीको भिट्ठामोडतर्फ जाँदै गरेका बस रौतहटमा दुर्घटना : १० जना घाइते
कञ्चनपुरमा गैँडाको आक्रमणबाट एकको मृत्यु
कञ्चनपुरमा गैँडाको आक्रमणबाट एकको मृत्यु
भूमिसम्बन्धी अध्यादेश रोक्न सरकार सहमत
भूमिसम्बन्धी अध्यादेश रोक्न सरकार सहमत
बागलुङमा बाढीले बगाउँदा २ जनाको मृत्यु, एक जना बेपत्ता
बागलुङमा बाढीले बगाउँदा २ जनाको मृत्यु, एक जना बेपत्ता
बागमतीमा करिब ७० अर्बको बजेट ल्याउने तयारी
बागमतीमा करिब ७० अर्बको बजेट ल्याउने तयारी
रोशी खोलामा पानीको सतह घटेपछि बिपी राजमार्ग सञ्चालनमा
रोशी खोलामा पानीको सतह घटेपछि बिपी राजमार्ग सञ्चालनमा
सडकको माग गर्दै गाउँपालिकामा तोडफोड, वडा कार्यालयमा जेन-जीको ताला
सडकको माग गर्दै गाउँपालिकामा तोडफोड, वडा कार्यालयमा जेन-जीको ताला
मलान र साउदको शतकीय साझेदारीमा जनकपुरविरुद्ध चितवनको १७७ रनको चुनौतीपूर्ण लक्ष्य
मलान र साउदको शतकीय साझेदारीमा जनकपुरविरुद्ध चितवनको १७७ रनको चुनौतीपूर्ण लक्ष्य
हङकङ टी-२०आई प्रतियोगिताको फाइनलमा नेपाल र कुवेत खेल्दै
हङकङ टी-२०आई प्रतियोगिताको फाइनलमा नेपाल र कुवेत खेल्दै