बोल्न नसक्ने नाबालिगमाथि सामूहिक बलात्कार गर्ने दुई जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख ८, २०८२
|
|
६२ पटक हेरिएको
Shares
बोल्न नसक्ने नाबालिगमाथि सामूहिक बलात्कार गर्ने दुई जना पक्राउ

सारांश

  •  पक्राउ पर्नेमा फाकफोकथुम गाउँपालिका–४ बस्ने ३८ वर्षीय साजन सुब्बा र ४१ वर्षीय बुद्धिमान आङथुपो रहेका छन् ।
  • जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार यो घटना वैशाख ५ गते घटेको थियो ।
  • दुई जनाले मिलेर नाबालिगलाई डरत्रास देखाएर हात बाँधेर कराउन नदिई सामूहिक बलात्कार गरेका थिए ।

 

  ८ वैशाख: काठमाडौँ,

इलाममा बोल्न नसक्ने नाबालिगमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फाकफोकथुम गाउँपालिका–४ बस्ने ३८ वर्षीय साजन सुब्बा र ४१ वर्षीय बुद्धिमान आङथुपो रहेका छन् । जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार यो घटना वैशाख ५ गते घटेको थियो ।

दुई जनाले मिलेर नाबालिगलाई डरत्रास देखाएर हात बाँधेर कराउन नदिई सामूहिक बलात्कार गरेका थिए । घटनापछि फरार रहेका उनीहरूलाई वैशाख ६ गते फाकफोकथुम गाउँपालिका–४ फुयतप्पाबाट पक्राउ गरिएको नायब उपरीक्षक राईले बताए । उनीहरूलाई जिल्ला अदालत इलामा उपस्थित गराई ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?