कर्णालीमा ३ सय ४० जनामा डेंगी संक्रमण, दुई जनाको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन ३०, २०८२
|
|
२९ पटक हेरिएको
Shares
कर्णालीमा ३ सय ४० जनामा डेंगी संक्रमण, दुई जनाको मृ*त्यु

सारांश

  •   कर्णाली प्रदेशमा ३ सय ४० जनामा लामखुट्टेको टोकाइबाट हुने डेंगी संक्रमण पुष्टि भएको छ, जसका कारण दुई जनाले ज्यान गुमाएका छन् ।
  • स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका अनुसार यो तथ्यांक गएको वैशाखदेखि २५ असोजसम्मको हो ।
  • डेंगी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो ।

३० असोज, काठमाडौं । 

कर्णाली प्रदेशमा ३ सय ४० जनामा लामखुट्टेको टोकाइबाट हुने डेंगी संक्रमण पुष्टि भएको छ, जसका कारण दुई जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका अनुसार यो तथ्यांक गएको वैशाखदेखि २५ असोजसम्मको हो । डेंगी एडिस एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको कीटजन्य रोग हो । विशेष गरी तराईका जिल्लामा बढी देखिने डेंगी बिस्तारै चिसो मौसम हुने पहाडी तथा हिमाली जिल्लामा समेत फैलिँदै गएको छ । स्वास्थ्यकर्मीहरूका अनुसार जलवायु परिवर्तन, मानिसहरूको आवागमन, अव्यवस्थित शहरीकरणलगायतका कारण लामखुट्टेलाई सहजै बाँच्ने वातावरण बन्दै गएपछि चिसो ठाउँमा पनि डेंगी संक्रमण बढ्दै गएको हो ।

स्वास्थ्य सेवा निर्देशनालयले उपलब्ध गराएको तथ्यांकमा सबैभन्दा धेरै सुर्खेतमा २ सय ४८ जनामा डेंगी संक्रमण देखिएको छ । प्रदेश राजधानी भएकाले मानिसको बसोबास धेरै हुनु, सुविधासम्पन्न अस्पतालको पहुँचले पनि सुर्खेतमा यसको संक्रमण बढी देखिएको स्वास्थ्यकर्मीहरू बताउँछन् । जिल्लागत तथ्यांकअनुसार मुगुमा एक, जुम्लामा चार, कालिकोटमा आठ, दैलेखमा ५८, जाजरकोटमा चार, रुकुम पश्चिममा सात, सल्यानमा १० जनामा डेंगी सक्रमण पुष्टि भएको छ । यो तथ्यांक डेंगी पुष्टि भई कर्णाली प्रदेश अस्पताल र जिल्लास्थित अस्पतालमा उपचार गराएकाहरूको मात्रै हो । निजी स्वास्थ्य संस्थामा संक्रमण पुष्टि भएकाहरूको तथ्यांक निर्देशनालयसँग छैन । सरकारी अस्पतालमा आएकाहरूको मात्रै तथ्यांक संकलन हुने हुँदा समुदायस्तरमा डेंगीको वास्तविक अवस्था पत्ता लगाउन निकै चुनौती देखिन्छ ।

निर्देशनालयका फोकल पर्सन श्याम आचार्यले वर्षात्‌को समयमा डेंगी संक्रमणको जोखिम उच्च हुने बताउँछन् । डेंगी सार्ने जातको लामखुट्टे बस्ने स्थानको वृद्धि हुँदै जादा विशेष गरी वीरेन्द्रनगर यसको रेडजोनमा पर्ने गरेको उनले बताए । योसँगै डेंगी संक्रमण गराउने लामखुट्टेको जोखिम कर्णालीका १० वटै जिल्लामा रहेको उनको भनाइ छ । उनका अनुसार लामखुट्टेको टोकाइबाट बच्न पूरा शरीर ढाक्ने कपडा लगाउने, खाल्डाखुल्डी पुर्ने, खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने, खाली भाँडाकुँडा घोप्ट्याएर राख्ने, पानीको ट्यांकी पूरै खाली गरेर सफा गरिरहने र सुत्ने बेला झुलको प्रयोग गर्नुपर्छ । ‘हरेक वर्ष साउन महिनाबाट डेंगी संक्रमण क्रमशः वृद्धि हुँदै जाने भएकाले सुरुवाती चरणमै व्यापक प्रचार–प्रसार र समुदाय परिचालनमार्फत डेंगी संक्रमण नियन्त्रणका क्षेत्रमा काम गर्दै आएको भए पनि जोखिम भने कायमै छ,’ उनले भने, ‘डेंगी नियन्त्रणको मूल आधार लामखुट्टेको प्रजनन्‌स्थल खोजेर नष्ट गर्नु हो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामान्य प्रशासन मन्त्रलयमा कर्मचारीको धर्ना
सामान्य प्रशासन मन्त्रलयमा कर्मचारीको धर्ना
समयमै निर्वाचन गराउन तयार छौं : निर्वाचन आयोग
समयमै निर्वाचन गराउन तयार छौं : निर्वाचन आयोग
देशलाई उज्यालो बनाउन मुलुककै नेतृत्व गर्ने सोचमा छु : कुलमान घिसिङ
देशलाई उज्यालो बनाउन मुलुककै नेतृत्व गर्ने सोचमा छु : कुलमान घिसिङ
एकैपटक ६६५ प्रहरी निरीक्षकको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
एकैपटक ६६५ प्रहरी निरीक्षकको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)
मन्त्री घिसिङद्वारा निर्माणाधीन कमला नदी पुलको अनुगमन
मन्त्री घिसिङद्वारा निर्माणाधीन कमला नदी पुलको अनुगमन
यातायात व्यवस्था कार्यालय बाराबाट दैनिक रुपमा सवारी चालक अनुमतिपत्रको लागि लिखित र ट्रायल सँचालन हुदै
यातायात व्यवस्था कार्यालय बाराबाट दैनिक रुपमा सवारी चालक अनुमतिपत्रको लागि लिखित र ट्रायल सँचालन हुदै
दुर्गा प्रसाईंले लरेन्स विश्नोईको नाममा व्यापारीलाई धम्काएर चन्दा मागेकाे खुलासा ,कुराकानीको अडियोसमेत फेला
दुर्गा प्रसाईंले लरेन्स विश्नोईको नाममा व्यापारीलाई धम्काएर चन्दा मागेकाे खुलासा ,कुराकानीको अडियोसमेत फेला
बढ्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?
बढ्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?
एकताबद्ध भएर संकल्पका साथ अगाडि जाँदा राष्ट्रको स्वाधिनता रक्षा गर्न सकिन्छ : प्रचण्ड
एकताबद्ध भएर संकल्पका साथ अगाडि जाँदा राष्ट्रको स्वाधिनता रक्षा गर्न सकिन्छ : प्रचण्ड
उद्योगमन्त्री सिन्हाको पहिलो निर्णय : शहीद परिवारलाई रोजगारी र स्वदेशी उत्पादन प्रयोग
उद्योगमन्त्री सिन्हाको पहिलो निर्णय : शहीद परिवारलाई रोजगारी र स्वदेशी उत्पादन प्रयोग