वैदेशिक रोजगारीमा नेपालीको आकर्षण घट्यो, श्रम स्वीकृतिमा ५.६ प्रतिशतले कमी

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, श्रावण ४, २०८३
|
|
१९२ पटक हेरिएको
Shares
वैदेशिक रोजगारीमा नेपालीको आकर्षण घट्यो, श्रम स्वीकृतिमा ५.६ प्रतिशतले कमी

सारांश

  • आर्थिक वर्ष २०८२÷८३ मा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या घटेको छ ।
  • वैदेशिक रोजगार विभागका अनुसार नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति (बिदामा आएर फर्कने) गरी गत आर्थिक वर्षमा कुल ७ लाख ९२ हजार १८७ श्रम स्वीकृति जारी भएको छ ।
  • यो अघिल्लो आर्थिक वर्ष २०८१÷८२ को ८ लाख ३९ हजार २६६ को तुलनामा ४७ हजार ७९ अर्थात् ५.

४ साउन, काठमाडौं ।

आर्थिक वर्ष २०८२÷८३ मा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या घटेको छ । वैदेशिक रोजगार विभागका अनुसार नयाँ श्रम स्वीकृति र पुनः श्रम स्वीकृति (बिदामा आएर फर्कने) गरी गत आर्थिक वर्षमा कुल ७ लाख ९२ हजार १८७ श्रम स्वीकृति जारी भएको छ । यो अघिल्लो आर्थिक वर्ष २०८१÷८२ को ८ लाख ३९ हजार २६६ को तुलनामा ४७ हजार ७९ अर्थात् ५.६ प्रतिशतले कम हो । नेपालको अर्थतन्त्र विप्रेषणमा ठूलो मात्रामा निर्भर रहँदै आएको अवस्थामा वैदेशिक रोजगारीमा जानेको संख्या घट्नु अर्थतन्त्रका लागि चासोको विषय बनेको छ ।

विभागका अनुसार समीक्षा अवधिमा अमेरिका–इरान युद्धका कारण खाडी मुलुकतर्फको हवाई उडान प्रभावित हुँदा नेपाली कामदारको प्रस्थानमा समेत असर परेको थियो । गत आर्थिक वर्षमा जारी गरिएका श्रम स्वीकृतिमध्ये ६ लाख ९७ हजार ९६ पुरुष र ९५ हजार ९१ महिलाका लागि थिए। कुल श्रम स्वीकृतिमध्ये ८८ प्रतिशत पुरुष र १२ प्रतिशत महिला रहेको तथ्यांकले नेपालको वैदेशिक रोजगारी अझै पनि मुख्यतः पुरुषकेन्द्रित रहेको देखाउँछ । विभागको तथ्यांकअनुसार इजाजतप्राप्त वैदेशिक रोजगार व्यवसायी (म्यानपावर कम्पनी) मार्फत विदेश जाने नेपालीको संख्या उल्लेखनीय रूपमा घटेको छ । गत आर्थिक वर्षमा म्यानपावर कम्पनीमार्फत २ लाख ६८ हजार ९९० जना विदेश गएका छन् । अघिल्लो वर्ष यस्तो संख्या ३ लाख ५९ हजार ६७५ थियो । यस्तै, व्यक्तिगत रूपमा नयाँ श्रम स्वीकृति लिएर विदेश जानेको संख्या १ लाख २८ हजार ५२० पुगेको छ । यसमध्ये ९८ हजार ८४१ पुरुष र २९ हजार ६७९ महिला छन् । व्यक्तिगत रूपमा विदेश जाने समूहमा महिलाको हिस्सा २३.०९ प्रतिशत रहेको छ, जुन म्यानपावर कम्पनीमार्फत जाने महिलाको अनुपातभन्दा दोब्बरभन्दा बढी हो । सरकार–सरकार (जीटूजी) प्रणालीअन्तर्गत गत आर्थिक वर्षमा ८ हजार १९७ जना नेपाली कामदार विदेश गएका छन् । यसमध्ये ६ हजार ९४५ पुरुष र १ हजार २५२ महिला रहेका छन् ।

वैदेशिक रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई) नेपाली कामदारको सबैभन्दा ठूलो गन्तव्य बनेको छ । गत आर्थिक वर्षमा १ लाख ८३ हजार ५८० जनाले यूएईका लागि श्रम स्वीकृति लिएका छन्, जुन कुल स्वीकृतिको २३.१७ प्रतिशत हो । त्यसपछि मलेसियामा १ लाख ३२ हजार ६४६ (१६.७४ प्रतिशत), कतारमा १ लाख ३२ हजार ५१ (१६.६७ प्रतिशत), साउदी अरेबियामा १ लाख २४ हजार ५८३ (१५.७३ प्रतिशत) र कुवेतमा ४३ हजार ३६० (५.४७ प्रतिशत) नेपाली कामदारले श्रम स्वीकृति लिएका छन् । यी पाँच देशमा मात्रै ६ लाख १६ हजार २२० नेपाली पुगेका छन्, जुन कुल श्रम स्वीकृतिको ७७.७९ प्रतिशत हो । युरोपतर्फ रोमानिया नेपाली कामदारका लागि सबैभन्दा ठूलो गन्तव्य बनेको छ । गत आर्थिक वर्षमा ३३ हजार ९२० जनाले रोमानियाका लागि श्रम स्वीकृति लिएका छन् । त्यसपछि जापान (२२ हजार २६६), ओमान (११ हजार ६३३), साइप्रस (११ हजार ६९) र बहराइन (९ हजार ३३६) नेपाली कामदारका प्रमुख गन्तव्य बनेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नागरिकता विधेयकमा २५ जना सांसदले दिए संशोधन प्रस्ताव
नागरिकता विधेयकमा २५ जना सांसदले दिए संशोधन प्रस्ताव
प्रहरी वृत्त महाराजगञ्जका २ जना प्रहरीको मृ*त्यु
प्रहरी वृत्त महाराजगञ्जका २ जना प्रहरीको मृ*त्यु
रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दा आज उच्च अदालतमा सुनुवाइ
रवि लामिछाने र छविलाल जोशीको सहकारी ठगी मुद्दा आज उच्च अदालतमा सुनुवाइ
गत २३ र २४ भदौमा जेनजी आन्दोलन भएको थियो । उक्त आन्दोलनमा दमन भएको थियो ।  जेनजी आन्दोलनको बेला एमालेका अध्यक्ष ओली प्रधानमन्त्री थिए भने कांग्रेस नेता रमेश लेखक गृहमन्त्री थिए ।  ओली र लेखक पक्राउ परेपछि एमालेले विरोधमा प्रदर्शन थालेको हो ।

किम जोङ उनको उपस्थितिमा उत्तर कोरियाद्वारा ब्यालिस्टिक मिसाइलको सफल परीक्षण
किम जोङ उनको उपस्थितिमा उत्तर कोरियाद्वारा ब्यालिस्टिक मिसाइलको सफल परीक्षण
नवलपरासी पश्चिममा २ समुदायबीच झडप : रुपन्देहीबाट खटाइयो ५० प्रहरी
नवलपरासी पश्चिममा २ समुदायबीच झडप : रुपन्देहीबाट खटाइयो ५० प्रहरी
सुनको मूल्य अहिलेसम्मकै उच्च
सुनको मूल्य अहिलेसम्मकै उच्च
धनकुटामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु,  ११ जना घाइते
धनकुटामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ११ जना घाइते
बला*त्कारको आरोपमा वडाध्यक्ष पक्राउ
बला*त्कारको आरोपमा वडाध्यक्ष पक्राउ
सर्लाहीमा ठक्कर दिएका टिपर जलाए, गुम्यो एउटा युवकको ज्यान,
सर्लाहीमा ठक्कर दिएका टिपर जलाए, गुम्यो एउटा युवकको ज्यान,