सांसदहरूलाई ओलीको निर्देशन- राष्ट्र कमजोर पार्नेविरुद्ध तिखो आलोचना गर्नू

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख १३, २०८२
|
|
३३ पटक हेरिएको
Shares
सांसदहरूलाई ओलीको निर्देशन- राष्ट्र कमजोर पार्नेविरुद्ध तिखो आलोचना गर्नू

सारांश

  • प्रधानमन्त्री एवं नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले संसद्‌मा बोलिएका गलत कुराहरूको तत्काल प्रतिवाद गर्न निर्देशन दिएका छन् ।
  • शनिबार नयाँ बानेश्वरमा बसेको नेकपा एमालेको संसदीय दलको बैठकमा सांसदहरुलाई प्रशिक्षित गर्दै अध्यक्ष ओलीले यस्तो निर्देशन दिएका हुन् ।
  • संसद्‌मा राष्ट्रियताको पक्षमा स्पष्ट दृष्टिकोण राख्ने, अडान राख्ने, उभिने काम गर्ने लगायतका काम गर्न पनि उनले निर्देश गरेका छन् ।

१३ वैशाख, काठमाडौं ।

प्रधानमन्त्री एवं नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले संसद्‌मा बोलिएका गलत कुराहरूको तत्काल प्रतिवाद गर्न निर्देशन दिएका छन् । शनिबार नयाँ बानेश्वरमा बसेको नेकपा एमालेको संसदीय दलको बैठकमा सांसदहरुलाई प्रशिक्षित गर्दै अध्यक्ष ओलीले यस्तो निर्देशन दिएका हुन् ।

संसद्‌मा राष्ट्रियताको पक्षमा स्पष्ट दृष्टिकोण राख्ने, अडान राख्ने, उभिने काम गर्ने लगायतका काम गर्न पनि उनले निर्देश गरेका छन् । हामीले राष्ट्रियताको पक्षमा स्पष्ट दृष्टिकोण राख्ने, अडान राख्ने, उभिने काम गर्नु पर्दछ । राष्ट्रलाई विभिन्न ढंगले कमजोर पार्ने खालका क्रियाकलाप र प्रवृत्तिहरु त्यस्ता कुरालाई आलोचना गर्नुपर्दछ । त्यस्ता कुरालाई हामीले तिखै आलोचना गर्नुपर्दछ । किनभने देश भन्दा ठूलो अर्को कुरा हुँदैन,’ प्रधानमन्त्री ओलीले भने ।

देश भन्दा ठूलो अरु नहुने भन्दै उनले देशप्रति निष्ठा नहुने तत्वहरूको मुखुण्डो उतार्नुपर्ने चेतावनी पनि दिए । देशभक्तिको भावनालाई, देशभक्तिका पक्षहरुलाई उजागर गर्न, जनतालाई जागरुक बनाउने कुरामा अघि बढ्न आग्रह गरे । ‘देशप्रति जसको निष्ठा छैन, त्यस्ता तत्वहरुलाई हामीले तिनको असली चेहरा, तिनको मुकुण्डो उतार्नुपर्छ । हामीले देशभक्तिको भावनालाई, देशभक्तिका पक्षहरुलाई उजागर गर्नुपर्दछ । जनतालाई जागरुक गर्नुपर्दछ,’ प्रधानमन्त्री ओलीले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पूर्व गृहमन्त्री रमेश लेखक रिहा
पूर्व गृहमन्त्री रमेश लेखक रिहा
गाजामा नुन खाएर भोक मेटाउँदै बालबालिका, हालसम्म भोकमरीका कारण १२४ को मृ*त्यु
गाजामा नुन खाएर भोक मेटाउँदै बालबालिका, हालसम्म भोकमरीका कारण १२४ को मृ*त्यु
बझाङमा सेती नदीमा ट्याक्टर खस्यो, दुई जना बेपत्ता
बझाङमा सेती नदीमा ट्याक्टर खस्यो, दुई जना बेपत्ता
आज भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने
आज भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने
नेपालले वेस्ट इन्डिजसँग पहिलो टी-२०आई खेल्दै
नेपालले वेस्ट इन्डिजसँग पहिलो टी-२०आई खेल्दै
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर, कुन देशको कति?
३-४ दिनभित्रै बीपी राजमार्ग सुचारु गर्ने तयारीमा छौं : मन्त्री घिसिङ
३-४ दिनभित्रै बीपी राजमार्ग सुचारु गर्ने तयारीमा छौं : मन्त्री घिसिङ
कार्की नेतृत्वको सरकारबाट सबै समूदायले न्याय पाउँछन् : उपेन्द्र यादव
कार्की नेतृत्वको सरकारबाट सबै समूदायले न्याय पाउँछन् : उपेन्द्र यादव
हङकङ भ्रमणमा जाँदै कोशीकी राज्यमन्त्री शोभा चेम्जोङ
हङकङ भ्रमणमा जाँदै कोशीकी राज्यमन्त्री शोभा चेम्जोङ
प्रधानमन्त्री कार्की र एनआरएनएका अध्यक्ष केसीबीच भेटवार्ता, ध्वस्त संरचना पुनर्निर्माणबारे छलफल
प्रधानमन्त्री कार्की र एनआरएनएका अध्यक्ष केसीबीच भेटवार्ता, ध्वस्त संरचना पुनर्निर्माणबारे छलफल