सरकारसँग दुर्गा प्रसाईंको ‘अन्तिम’ वार्ता बिहीबार

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष १५, २०८२
|
|
५३ पटक हेरिएको
Shares
सरकारसँग दुर्गा प्रसाईंको ‘अन्तिम’ वार्ता बिहीबार

सारांश

  • राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईंले आउँदो बिहीबार (पुस १७) सरकारसँग ‘अन्तिम’ वार्ता हुने बताएका छन् ।
  • मंगलबार (पुस १५) प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटवार्तापछि उनले यस्तो घोषणा गरेका हुन् ।
  • “सडकको आवाज बेवास्ता गर्ने छुट अब सत्तालाई छैन ।

१५ पुस, काठमाडौं ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईंले आउँदो बिहीबार (पुस १७) सरकारसँग ‘अन्तिम’ वार्ता हुने बताएका छन् । मंगलबार (पुस १५) प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटवार्तापछि उनले यस्तो घोषणा गरेका हुन् । “सडकको आवाज बेवास्ता गर्ने छुट अब सत्तालाई छैन ।

जनताको मतलाई नीति बनाउने कि आन्दोलन सामना गर्ने—निर्णय सरकारको हातमा छ,” प्रसाईंले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, “देश सत्ता–सम्झौताले होइन, जनताको आदेशले चल्नुपर्छ । अब अन्तिम वार्ता फेरि आउँदो बिहीबार हुने कुरा जानकारी गराउँछु ।” भेटका क्रममा शान्तिको प्रतीक भगवान् गौतम बुद्धको फ्रेम उपहार प्रदान गरिएको उनले जनाएका छन् । यो उपहार मात्र नभई राज्यलाई स्मरण गराइएको चेतावनी पनि भएको उनको भनाइ छ ।  “वार्ता औपचारिकतामा सीमित रहेन, यसले सत्ताको कक्षसम्म भुइँमान्छेको आवाज जबर्जस्त रूपमा प्रवेश गराएको छ । अब निर्णय कक्षमा जनताको पीडा, आक्रोश र अपेक्षा बोल्न थालेको छ । अब स्पष्ट छ, जनमतसंग्रह कुनै नारा होइन, जनताको सार्वभौम अधिकार हो,” प्रसाईंले भनेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गृहमन्त्रीको राजीनामा माग्दै काठमाडौंका सडकमा ‘नो केबलकार समूह
गृहमन्त्रीको राजीनामा माग्दै काठमाडौंका सडकमा ‘नो केबलकार समूह
रौतहटमा एक वर्षमा ट्राफिक कारबाहीबाट १ करोड ४७ लाख राजस्व सङ्कलन,  दुर्घटनामा ६६ को ज्यान गयो
रौतहटमा एक वर्षमा ट्राफिक कारबाहीबाट १ करोड ४७ लाख राजस्व सङ्कलन, दुर्घटनामा ६६ को ज्यान गयो
पोखरामा रवि लामिछानेमाथि खोया प्रहार, एकजना पक्राउ
पोखरामा रवि लामिछानेमाथि खोया प्रहार, एकजना पक्राउ
विराटनगरले बनायो एनपीएलकै उच्च स्कोर, पोखरालाई २२१ रनकाे चुनाैती
विराटनगरले बनायो एनपीएलकै उच्च स्कोर, पोखरालाई २२१ रनकाे चुनाैती
कैदीबन्दीलाई सिपको आधारमा कैद मिनाहा हुन्छ : गृहमन्त्री लामिछाने
कैदीबन्दीलाई सिपको आधारमा कैद मिनाहा हुन्छ : गृहमन्त्री लामिछाने
पोखरामा प्रहरीको गोली लागेर एक जना घाइते
पोखरामा प्रहरीको गोली लागेर एक जना घाइते
ओरालो लागेकाहरुको एकतामा निकास छैनः घनश्याम भुषाल
ओरालो लागेकाहरुको एकतामा निकास छैनः घनश्याम भुषाल
यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर
महानगर यातायातले काठमाडौंमा थप्यो १६ नयाँ विद्युतीय बस
महानगर यातायातले काठमाडौंमा थप्यो १६ नयाँ विद्युतीय बस
घर भत्किँदा गम्भीर घाइते भएका काभ्रेका एक पुरुषको हेलिकप्टरबाट उद्धार
घर भत्किँदा गम्भीर घाइते भएका काभ्रेका एक पुरुषको हेलिकप्टरबाट उद्धार