विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय आज उद्‍घाटन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, भाद्र ५, २०८२
|
|
२४ पटक हेरिएको
Shares
विद्यादेवी भण्डारीको सम्पर्क कार्यालय आज उद्‍घाटन

सारांश

  • राजनीतिमा सक्रिय हुन थालेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्पर्क कार्यालय आज उदघाटन गर्दैछिन् ।
  • काठमाडौंको थापागाउँस्थित लाखेचौर मार्गमा भाडामा लिइएको घरमा आज सम्पर्क कार्यालय उदघाटन गर्न लागिएको हो ।
  • यद्यपि भण्डारी पक्षले यसलाई सम्पर्क कार्यालय भनेको छैन ।

५ भदौ, काठमाडौं ।

राजनीतिमा सक्रिय हुन थालेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सम्पर्क कार्यालय आज उदघाटन गर्दैछिन् । काठमाडौंको थापागाउँस्थित लाखेचौर मार्गमा भाडामा लिइएको घरमा आज सम्पर्क कार्यालय उदघाटन गर्न लागिएको हो । यद्यपि भण्डारी पक्षले यसलाई सम्पर्क कार्यालय भनेको छैन । त्यसलाई ‘मदन भण्डारी ७५ औं जन्मजयन्ती मूल व्यवस्थापन समिति’को कार्यालय भनिएको छ । समितिको संयोजक बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेल छन् । मूल व्यवस्थापन समितिकी संरक्षक समेत रहेकी विद्यादेवी भण्डारीले आज दिउँसो २ बजे कार्यालय उदघाटन गर्ने संयोजक पौडेलले जानकारी दिए ।

मदन भण्डारीको ७५औं जन्मजयन्ती मनाउन बागमती प्रदेशका पूर्वमुख्यमन्त्री पौडेलको नेतृत्वमा ७५ सदस्यीय मूल व्यवस्थापन समिति बनाइएको छ । समितिले जनताको बहुदलीय जनवाद (जबज) र मदन भण्डारीका बारेमा वर्षभर विमर्शका कार्यक्रमहरू राख्ने बताइएको थियो । तर, पूर्वराष्ट्रपति भण्डारीलाई राजनीतिमा आउन रोक लगाउने र उनको पार्टी सदस्यता नवीकरण नगर्ने एमाले निर्णयपछि परिस्थिति फेरिएको छ । यो बदलिएको परिस्थितिमा पूर्वराष्ट्रपति भण्डारी पक्षधरले मदन भण्डारी हिरक जयन्तीका निम्ति बनेको समितिमार्फत गतिविधि गर्ने योजना बनाएको छ ।

अर्थात् थापागाउँमा लिइएको यो भाडाको घरमार्फत एमालेभित्र अन्तरसंघर्षकै गतिविधि हुनेछ र विद्याले यसलाई आफ्नो सम्पर्क कार्यालयको रुपमा उपयोग गर्ने उनी निकट एक नेताले बताए । नेताहरूका अनुसार भाडामा अहिले लिइएको घरबाटै मदन भण्डारीले २०४८ सालको चुनावी अभियान चलाएका थिए । मदन भण्डारीको रहस्यमय निधनपछि भएको उपनिर्वाचनमा विद्या भण्डारीले पनि यही घरबाट चुनावी अभियान चलाएकी थिइन् । अहिले त्यही घरलाई भाडामा लिएर एमालेको अन्तरसंघर्षका गतिविधि गर्ने तयारी भइरहेको नेताहरू बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारलाई दिएको समर्थन फिर्ता लिने पक्षमा छैनौं : जनमत
सरकारलाई दिएको समर्थन फिर्ता लिने पक्षमा छैनौं : जनमत
बागमती सरकारबाट एमालेका ६ मन्त्रीले दिए राजीनामा
बागमती सरकारबाट एमालेका ६ मन्त्रीले दिए राजीनामा
राष्ट्रिय सभाको बैठक अर्को सूचना जारी नभएसम्म स्थगित
राष्ट्रिय सभाको बैठक अर्को सूचना जारी नभएसम्म स्थगित
तीनकुने घटनाबारे संसदीय समितिले गृहमन्त्रीसँग छलफल गर्दै
तीनकुने घटनाबारे संसदीय समितिले गृहमन्त्रीसँग छलफल गर्दै
महाकाली लोकमार्ग अवरुद्ध, महेन्द्रनगर र काठमाडौँ आउने बस रोकिए
महाकाली लोकमार्ग अवरुद्ध, महेन्द्रनगर र काठमाडौँ आउने बस रोकिए
टेरामक्स प्रकरणको मुद्दा दायरपछि सांसदबाट निलम्बनमा परेका बस्नेत तामझामसहित सिन्धुपाल्चोकमा
टेरामक्स प्रकरणको मुद्दा दायरपछि सांसदबाट निलम्बनमा परेका बस्नेत तामझामसहित सिन्धुपाल्चोकमा
झापामा ३ वर्षमा ७५ एचआईभी संक्रमितको मृ*त्यु
झापामा ३ वर्षमा ७५ एचआईभी संक्रमितको मृ*त्यु
सप्तरीमा लुटेराहरुले गरे नेपाल बैंकका सुरक्षा गार्डको हत्या
सप्तरीमा लुटेराहरुले गरे नेपाल बैंकका सुरक्षा गार्डको हत्या
४२ लाखभन्दा बढीका सामानसहित ट्रक नियन्त्रणमा
४२ लाखभन्दा बढीका सामानसहित ट्रक नियन्त्रणमा
स्तर र तहवृद्धि नगरे भन्दै कविलासी नगरपालिकामा तालाबन्दी
स्तर र तहवृद्धि नगरे भन्दै कविलासी नगरपालिकामा तालाबन्दी