सर्लाहीमा नक्कली नेपाली नोटसहित पाँच जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन २७, २०८१
|
|
४९ पटक हेरिएको
Shares
सर्लाहीमा नक्कली नेपाली नोटसहित पाँच जना पक्राउ

सारांश

  • सर्लाही प्रहरीले भारतबाट नेपालतर्फ नक्कली नोट लिएर आउँदै गरेका पाँच जनालाई पक्राउ गरेको छ।
  • विशेष सूचनाका आधारमा मलंगवा नगरपालिका–८, गोरखकालीस्थित सडक खण्डमा जाँच गर्ने क्रममा प्रहरीले १ लाख ७६ हजार रुपैयाँ बराबरको नक्कली नेपाली नोटसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
  • पक्राउ परेका व्यक्तिहरू तीन वटा मोटरसाइकलमा सवार थिए।

२७ फागुन,  सर्लाही । सर्लाही प्रहरीले भारतबाट नेपालतर्फ नक्कली नोट लिएर आउँदै गरेका पाँच जनालाई पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा मलंगवा नगरपालिका–८, गोरखकालीस्थित सडक खण्डमा जाँच गर्ने क्रममा प्रहरीले १ लाख ७६ हजार रुपैयाँ बराबरको नक्कली नेपाली नोटसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका व्यक्तिहरू तीन वटा मोटरसाइकलमा सवार थिए। प्रहरीले जाँच गर्दा उनीहरूले काटुनमा प्याक गरिएको नक्कली हजार दरका १७६ थान नोट बोकेको पाइएको छ। साथै, नोट आकारकै सेतो कागजका ८ बण्डल पनि बरामद गरिएको छ। पक्राउ पर्नेमा महोत्तरी, सोनमा गाउँपालिका–७, सुन्दरपुर निवासी ४२ वर्षीय खुर्सैद उर्फ सुल्तान मंसुर, रौतहट गढीमाई नगरपालिका–९, चिलमिलिया निवासी ५६ वर्षीय राम नारायण सहनी, सर्लाही, धनकौल  गाउपालिका–७, बैरिया निवासी ४८ वर्षीय दुलार सहनी, ब्रह्मपुरी  गाउपालिका

निवासी ५० वर्षीय रामपृत सहनी, र सोही ठाउँ निवासी ३५ वर्षीया सिहानता कुमारी देवी रहेका छन्। प्रहरीको अनुसार उनीहरूको साथबाट नक्कली नेपाली नोट (रु. १,७६,०००), तीन वटा मोटरसाइकल (४७ प ८७५७, BR 30 C 4766, BR 30 Al 3949) र चार वटा मोबाइल फोन बरामद गरिएको छ। सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी पक्राउ परेकाहरूविरुद्ध मुद्रा सम्बन्धी कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डलाई ओलीको सुझाव- हतियार उठाउने धम्की नदिनु
प्रचण्डलाई ओलीको सुझाव- हतियार उठाउने धम्की नदिनु
ललिता निवास क्षेत्र सात दिन भित्र खालि गर्न काठमाडौं महानगरको सूचना
ललिता निवास क्षेत्र सात दिन भित्र खालि गर्न काठमाडौं महानगरको सूचना
२५६९औं बुद्ध जयन्ती ३ दिन मनाइँने, एक करोड बजेट
२५६९औं बुद्ध जयन्ती ३ दिन मनाइँने, एक करोड बजेट
बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १५४ जनाको मृत्यु
बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १५४ जनाको मृत्यु
अब ‘लोडसेडिङ’ हुँदैन : मन्त्री खड्का   
अब ‘लोडसेडिङ’ हुँदैन : मन्त्री खड्का   
शिक्षा मन्त्रालयमा मेरो रुचि पनि छैन, विज्ञता पनि छैन : डा. शाक्य
शिक्षा मन्त्रालयमा मेरो रुचि पनि छैन, विज्ञता पनि छैन : डा. शाक्य
आईपीएलको पहिलो क्वालिफायरमा आज, पञ्जाव किंग्स र रोयल च्यालेन्जर्स भिड्दै
आईपीएलको पहिलो क्वालिफायरमा आज, पञ्जाव किंग्स र रोयल च्यालेन्जर्स भिड्दै
निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने अनुमान छ : प्रधानमन्त्री कार्की
निर्वाचनमा करिब ३१ अर्ब खर्च हुने अनुमान छ : प्रधानमन्त्री कार्की
परम्परागत चिकित्सा पद्धति वैकल्पिक होइन, मूलधारको उपचार हो : मन्त्री गौतम
परम्परागत चिकित्सा पद्धति वैकल्पिक होइन, मूलधारको उपचार हो : मन्त्री गौतम
प्रतिनिधिसभामा पेस भयो चालू आवको आर्थिक सर्वेक्षण
प्रतिनिधिसभामा पेस भयो चालू आवको आर्थिक सर्वेक्षण