Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

बाढीले बगर बन्यो गोटीखेल बजार, छ अर्बका संरचना ध्वस्त

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक २५, २०८१
|
|
४२ पटक हेरिएको
Shares
बाढीले बगर बन्यो गोटीखेल बजार, छ अर्बका संरचना ध्वस्त

सारांश

  • दक्षिणपूर्वी ललितपुर गोटीखेल बजार बगर बनेको छ ।
  • गत असोज ११ र १२ गतेको टुङ्गुन र धामीखोला बाढीले बजारलाई बगरमा परिणत गरेको हो ।
  • जिल्लाका विभिन्न भागमा बाढीपहिरोबाट रु छ अर्ब बराबरको भौतिक क्षति भएको महाङ्काल गाउँपालिका–३ का अध्यक्ष मनोजकुमार पराजुलीले बताए ।

 

२५ कार्तिक, ललितपुर । दक्षिणपूर्वी ललितपुर गोटीखेल बजार बगर बनेको छ । गत असोज ११ र १२ गतेको टुङ्गुन र धामीखोला बाढीले बजारलाई बगरमा परिणत गरेको हो ।

जिल्लाका विभिन्न भागमा बाढीपहिरोबाट रु छ अर्ब बराबरको भौतिक क्षति भएको महाङ्काल गाउँपालिका–३ का अध्यक्ष मनोजकुमार पराजुलीले बताए । उक्त रकम बराबरको क्षति सार्वजनिक र निजी संरचनामा भएको हो । “त्यहाँ पर खुवा कम्पनी थियो, त्यहीँ वैतर्णी मन्दिर थियो, १०८ शिवलिङ्ग थिए, हवन कुण्ड, पक्की भवन थियो । संस्कृत पढाउने उद्देश्यले निर्माणाधीन पक्की भवनमा ठूलो क्षति भयो,” वडा कार्यालयबाट औँलाले देखाउँदै अध्यक्ष पराजुलीले भने । निरन्तरको झरिले पहिरो मात्र खसेन धामीखोलामा थुप्रिएको बालुवा, ढुङ्गा, माटो, रुखसहित बाढी गाउँबस्ती पसेपछि अकल्पनीय क्षति भएको हो ।

बाढीपीडित स्थानीय प्रेम श्रेष्ठले भने, “मेरो र भाइ उत्तमको एउटा दुईतले पक्की भवन थियोे, अर्को कच्ची दुवै बगे । वन, प्रहरी कार्यालय र सवारीसाधन सबै बगे । बाढीपहिरोमा परेर गाउँका तीन जनाको मृत्यु भयो । उनीहरूका घर भएका स्थान बगरमा परिणत भयो ।” विसं २०५३ देखि विद्युत् उत्पादन गरिरहेको यहाँको साना जलविद्युत्गृहमा आंशिक क्षति भएको छ भने बाढीले प्रहरीका दुईवटा आवासीय टहराका साथै हिलसाइड माध्यमिक विद्यालयको भवनमा पनि क्षति भएको गाउँपालिका अध्यक्ष गणेशबहादुर केसीले बताए ।

खानेपानीका अधिकांश ट्याङ्की र पाइप नष्ट भएका छन् । दुई हजार तीन सय घरमध्ये ७५ प्रतिशतलाई खानेपानीको व्यवस्था गर्न हम्मेहम्मे परेको छ । हालसम्म बाढीले बगाएका सडकको मर्मतसम्भार नहुँदा मूलसडकमा पुग्न कठिनाइ भएको अध्यक्ष केसीले बताए । यसैबीच, दैवीप्रकोप पीडितहरूका लागि प्रदेश सरकारले रु २० लाख दिएको छ भने सङ्घले क्षतिको आधारमा गाउँपालिकालाई ‘क’ वर्गमा वर्गीकरण गरी रु एक करोड प्रदान गरेको छ ।

 

विस्थापितहरुको पुनर्वासका साथै नासिएका मासिएका भौतिक संरचनाको पुनःनिर्माणका लागि बहुवर्षीय योजनाअनुसार काम गर्न सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वय गरिने जिल्ला समन्वय समितिका प्रमुख ऋषिदेव फुँयालले बताए । “विस्थापितहरूलाई सुरक्षित स्थानमा स्थानान्तरणको व्यवस्था गर्न आधा रोपनी जग्गा स्थानीय तहले सिफारिस गरिसकेको छ, अब जिल्ला प्रशासन कार्यालयमार्फत मन्त्रिपरिषद्बाट निर्णय हुनेमा हामी आशावादी छौँ”, उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सगरमाथामा धेरै फोहोर थुप्रियो, लगिएका खानेकुराका खोल फर्किंदा बेस क्याम्पमा बुझाउने गरौँ: प्रधानमन्त्री
सगरमाथामा धेरै फोहोर थुप्रियो, लगिएका खानेकुराका खोल फर्किंदा बेस क्याम्पमा बुझाउने गरौँ: प्रधानमन्त्री
मनाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
मनाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
इरानसँगको युद्धमा अमेरिका जितको नजिक रहेको ट्रम्पको दाबी : इस्लामावादमा निर्णायक वार्ता हुँदै
इरानसँगको युद्धमा अमेरिका जितको नजिक रहेको ट्रम्पको दाबी : इस्लामावादमा निर्णायक वार्ता हुँदै
क्षतिपूर्ति माग्दै जिल्ला प्रशासन कार्यालय रामेछापमा घेराउ : बस दुर्घटनाका पीडितमाथि अश्रु ग्याँस र हवाई फायर
क्षतिपूर्ति माग्दै जिल्ला प्रशासन कार्यालय रामेछापमा घेराउ : बस दुर्घटनाका पीडितमाथि अश्रु ग्याँस र हवाई फायर
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
रास्वपाको केन्द्रीय समिति बैठक अर्को हप्ता बस्ने
रास्वपाको केन्द्रीय समिति बैठक अर्को हप्ता बस्ने
श्रम क्षेत्रको समस्या समाधान गर्न ‘श्रमाधान रोजगार मेला’ शुरू गरिएको हो : मन्त्री अर्याल
श्रम क्षेत्रको समस्या समाधान गर्न ‘श्रमाधान रोजगार मेला’ शुरू गरिएको हो : मन्त्री अर्याल
कांग्रेसकै नेताले मागे गृहमन्त्री लेखकको राजीनामा
कांग्रेसकै नेताले मागे गृहमन्त्री लेखकको राजीनामा
बाढी पहिरोमा ज्यान गुमाउनेको परिवारलाई तत्काल २ लाख राहत, घाइतेको नि:शुल्क उपचार
बाढी पहिरोमा ज्यान गुमाउनेको परिवारलाई तत्काल २ लाख राहत, घाइतेको नि:शुल्क उपचार
छुट्टै वित्तीय अनुसन्धान ब्यूरो गठन गर्ने गृहमन्त्री लेखकको घोषणा
छुट्टै वित्तीय अनुसन्धान ब्यूरो गठन गर्ने गृहमन्त्री लेखकको घोषणा