Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

रास्वपाको केन्द्रीय समिति बैठक अर्को हप्ता बस्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र ४, २०८१
|
|
४५ पटक हेरिएको
Shares
रास्वपाको केन्द्रीय समिति बैठक अर्को हप्ता बस्ने

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले अर्को हप्ता केन्द्रीय  समिति बैठक बोलाउने निर्णय गरेको छ ।
  • आइतबार केन्द्रीय कार्यालय बालाजुमा बसेको सचिवालय बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।
  • ‘सचिवालय बैठक बोलाउने निर्णय गरेको छ तर कुन दिन कति बजे बस्ने भन्नेबारे निश्चित भएको छैन ।

४ चैत, काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले अर्को हप्ता केन्द्रीय  समिति बैठक बोलाउने निर्णय गरेको छ । आइतबार केन्द्रीय कार्यालय बालाजुमा बसेको सचिवालय बैठकले केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

‘सचिवालय बैठक बोलाउने निर्णय गरेको छ तर कुन दिन कति बजे बस्ने भन्नेबारे निश्चित भएको छैन । महाधिवेशनको तयारी, समसामयिक राजनीतिक तथा पार्टीको भावी नीति र योजना लगायत विषयमा छलफल गर्न बैठक बोलाउन लागिएको हो’, उनले भने ।

यसअघि रास्वपाले वैशाखको तेस्रो साता महाधिवेशन गर्ने निर्णय गरेको थियो  । पार्टी सभापति रवि लामिछानेमाथि सहकारी ठगी मुद्दा लागेकोले निर्धारित समयमै महाधिवेशन हुने वा नहुनेमा अन्योल देखिएको छ । यद्यपि नेताहरूले निर्धारित समयमै महाधिवेशन हुने दाबी गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ