विद्यार्थीको प्रदर्शनपछि बंगलादेशका प्रधानन्यायाधीशद्वारा पदबाट राजीनामा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण २६, २०८१
|
|
३४ पटक हेरिएको
Shares
विद्यार्थीको प्रदर्शनपछि बंगलादेशका प्रधानन्यायाधीशद्वारा पदबाट राजीनामा

सारांश

  • बंगलादेशका प्रधानन्यायाधीश ओबैदुल हसनले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
  • बंगलादेशको न्याय मन्त्रालयका सल्लाहकार आसिफ नजरुलले हसनको राजीनामा कानुन तथा न्याय मन्त्रालयमा पुगेको जानकारी दिएका छन् ।
  •   नजरुलले राजीनामा पत्र राष्ट्रपति कार्यालयमा पठाइएको बताए ।

२६ साउन, ढाका । बंगलादेशका प्रधानन्यायाधीश ओबैदुल हसनले आफ्नो पदबाट राजीनामा दिएका छन् । बंगलादेशको न्याय मन्त्रालयका सल्लाहकार आसिफ नजरुलले हसनको राजीनामा कानुन तथा न्याय मन्त्रालयमा पुगेको जानकारी दिएका छन् ।  नजरुलले राजीनामा पत्र राष्ट्रपति कार्यालयमा पठाइएको बताए । आरक्षण विरोधी आन्दोलनमा सहभागी विद्यार्थीहरूले प्रधानन्यायाधीश हसन र अपील डिभिजनका न्यायाधीशहरूलाई शनिबार दिउँसो १ बजेसम्म राजीनामा दिन अल्टिमेटम दिएका थिए ।  शनिबार बिहान हजारौँ प्रदर्शनकारी विद्यार्थी प्रधानन्यायाधीशको राजीनामा माग गर्दै सर्वोच्च अदालत परिसरमा पुगेका थिए । उक्त आन्दोलनमा सयौं वकिलहरुको पनि सहभागिता रहेको थियो ।यसै क्रममा आरक्षण विरोधी आन्दोलनका संयोजक आसिफ महमूदले प्रधानन्यायाधीशलाई फासीवादी भन्दै फुल कोर्ट बैठक रोक्न र राजीनामा दिन अल्टिमेटम दिएका थिए । बंगलादेशमा विगत केही सातादेखि आरक्षण विरोधी आन्दोलन चलिरहेको छ । यसबाट हालसम्म सयौँले ज्यान गुमाएका छन् । बंगलादेशकी प्रधानमन्त्री शेख हसिना पनि व्यापक विरोधका कारण देश छाड्न बाध्य भएकी छन् ।  यसपछि बंगलादेशका नोबेल पुरस्कार विजेता मोहम्मद युनुसलाई अन्तरिम सरकारको प्रमुख सल्लाहकार नियुक्त गरिएको थियो । उनले शुक्रबार साँझ शपथ ग्रहण गरेपछि शान्ति कायम गर्न जनतालाई अपिल गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमालेका मनोनीत ६ केन्द्रीय सदस्यले लिए शपथ
एमालेका मनोनीत ६ केन्द्रीय सदस्यले लिए शपथ
२ दिनमा ३२ सय घटेको सुनको मूल्य आज बढ्यो, कतिमा हुँदैछ कारोबार ?
२ दिनमा ३२ सय घटेको सुनको मूल्य आज बढ्यो, कतिमा हुँदैछ कारोबार ?
नेकपा एसको पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना
नेकपा एसको पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना
गाडी दुर्घटनामा सर्केगाड गाउँपालिका उपाध्यक्षको निधन
गाडी दुर्घटनामा सर्केगाड गाउँपालिका उपाध्यक्षको निधन
रास्वपा कार्यालयमा शिक्षकहरूको धर्ना
रास्वपा कार्यालयमा शिक्षकहरूको धर्ना
नयाँ संसद भवनको अवलोकनमा मन्त्रीहरुको जम्बो टोली, बैठक संचालन गर्न समस्या नभएको जानकारी
नयाँ संसद भवनको अवलोकनमा मन्त्रीहरुको जम्बो टोली, बैठक संचालन गर्न समस्या नभएको जानकारी
गौशाला क्षेत्रका अतिक्रमित संरचनामा डोजर चलाउन फेरि पुग्यो काठमाडौं महानगर
गौशाला क्षेत्रका अतिक्रमित संरचनामा डोजर चलाउन फेरि पुग्यो काठमाडौं महानगर
गगन थापालाई भोलि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
गगन थापालाई भोलि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्दै कांग्रेस
अन्तरिम सरकारले ल्यायो पहिलो विधेयक, राष्ट्रिय सभामा दर्ता
अन्तरिम सरकारले ल्यायो पहिलो विधेयक, राष्ट्रिय सभामा दर्ता
एमाले विधान महाधिवेशन अपडेट: ९ समूह बनाएर थालियो प्रतिवेदनमा छलफल
एमाले विधान महाधिवेशन अपडेट: ९ समूह बनाएर थालियो प्रतिवेदनमा छलफल