नेकपा एसको पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र १५, २०८२
|
|
२० पटक हेरिएको
Shares
नेकपा एसको पार्टी कार्यालयमा शिक्षक महासंघको धर्ना

सारांश

  • शिक्षक महासंघले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा आज धर्ना दिएका छन् ।
  • विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत महासंघले नेकपा एसको पार्टी कार्यालयमा धर्ना दिएका हुन् ।
  • आज विहान ११ बजे देखि दिउसो १ बजेसम्म २ घण्टा नेकपा एकीकृत समाजवादीको पार्टी कार्यलयमा धर्ना बसी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए ।

१५ भदौ, काठमाडौं ।

शिक्षक महासंघले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा आज धर्ना दिएका छन् । विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत महासंघले नेकपा एसको पार्टी कार्यालयमा धर्ना दिएका हुन् ।

आज विहान ११ बजे देखि दिउसो १ बजेसम्म २ घण्टा नेकपा एकीकृत समाजवादीको पार्टी कार्यलयमा धर्ना बसी ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताए । उनले यो प्रतिनिधिमुलक धर्ना भएको समेत बताए ।

नेपाल न्यूज बैंकसँग कुरा गर्दै भने, ‘अहिले पहिलो चरणको नेपाल शिक्षक महासंघको आन्दोलनको पहिलो कार्यक्रम अन्तरगत छौं । भाद्र ११ गते बाट हामीले धर्नाको कार्यक्रम सुरु गर्यौ । ११ गतेबाट दलको केन्द्रिय कार्यालयमा धर्ना गर्ने कार्यक्रममा छौं । यो प्रतिनिधिमुलक धर्ना हो ।

शिक्षक महासंघले पहिले दिन नेपाली कांग्रेसको कार्यलय, नेकपा एमालेको कार्यालय, माओवादीको कार्यालयमा र आज चौंथो दिन हामी नेकपा एकीकृत समाजवादीको कार्यालयमा धर्ना गर्दैछौं ।’ सरकारले आफूहरुसँग गरेको सहमति पूर्णरुपमा सम्बोधन हुन नसकेकाले सच्चाउन दवाव दिन भन्दै शिक्षकहरुले राजनीतिक दलका कार्यालयमा धर्ना दिएको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अर्घाखाँचीमा बन्चरो प्रहार गरी दाइले गरे भाइको ह*त्या
अर्घाखाँचीमा बन्चरो प्रहार गरी दाइले गरे भाइको ह*त्या
महिला न्यायाधीशहरू न्याय प्रणालीको गौरव हुनुपर्छ : प्रधानन्यायाधीश राउत
महिला न्यायाधीशहरू न्याय प्रणालीको गौरव हुनुपर्छ : प्रधानन्यायाधीश राउत
कञ्चनपुरमा ३९ सय मिटर सिँचाइ कुलो निर्माण
कञ्चनपुरमा ३९ सय मिटर सिँचाइ कुलो निर्माण
कांग्रेस र एमालेले एक अर्काको घर जलाएको बालेनको आरोप
कांग्रेस र एमालेले एक अर्काको घर जलाएको बालेनको आरोप
बिहारको मुख्यमन्त्री पदमा दाबी पेस गर्दै नितिश कुमार
बिहारको मुख्यमन्त्री पदमा दाबी पेस गर्दै नितिश कुमार
प्रतिनिधिसभाबाट आज विनियोजन विधेयक पास हुने, बजेट खर्च गर्न खुल्नेछ कानुनी बाटो
प्रतिनिधिसभाबाट आज विनियोजन विधेयक पास हुने, बजेट खर्च गर्न खुल्नेछ कानुनी बाटो
एमाले महाधिवेशनमा भौतिक रुपमा उपस्थित नभए पनि म साथमै छु : विद्या भण्डारी
एमाले महाधिवेशनमा भौतिक रुपमा उपस्थित नभए पनि म साथमै छु : विद्या भण्डारी
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
जेन जी आन्दोलन- प्रचण्डसहित यी १९ माओवादी नेताको घरमा आगजनी र तोडफोड (सूचीसहित)
जेन जी आन्दोलन- प्रचण्डसहित यी १९ माओवादी नेताको घरमा आगजनी र तोडफोड (सूचीसहित)
प्रधानमन्त्रीसँग विश्व बैंकका दक्षिण एसिया उपाध्यक्षको शिष्टाचार भेट
प्रधानमन्त्रीसँग विश्व बैंकका दक्षिण एसिया उपाध्यक्षको शिष्टाचार भेट