पर्सा गाउँपालिकाको १५औ गाउसभा सप्पन्न, ३४ करोड ३१ लाखको बजेट प्रस्तुत

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ १३, २०८२
|
|
४८ पटक हेरिएको
Shares
पर्सा गाउँपालिकाको १५औ गाउसभा सप्पन्न, ३४ करोड ३१ लाखको बजेट प्रस्तुत

सारांश

  • सर्लाहीको पर्सा गाउँपालिकाले शुक्रबार १५ औँ गाउँ सभामा आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ ।
  • गाउँपालिका अध्यक्ष धीरेन्द्र राय (विस्पत) ले गाउँ सभामा ३४ करोड ३१ लाख ८६ हजार रुपियाँ बराबरको अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो ।
  • यो सँगै सर्लाहीमा २० वटै पालिकाले बजेट ल्याएका छन् ।

१३ असार, सर्लाही ।

सर्लाहीको पर्सा गाउँपालिकाले शुक्रबार १५ औँ गाउँ सभामा आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ ।
गाउँपालिका अध्यक्ष धीरेन्द्र राय (विस्पत) ले गाउँ सभामा ३४ करोड ३१ लाख ८६ हजार रुपियाँ बराबरको अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो । यो सँगै सर्लाहीमा २० वटै पालिकाले बजेट ल्याएका छन् ।

स्थानीय तहले असार १० गतेभित्र आ–आफ्नो गाउँ तथा नगर सभामा बजेट प्रस्तुत गर्नुपर्ने प्रावधान रहेपनि पर्सा गाउँपालिकामा भने बजेट बाँडफाँडको विषयमा उपाध्यक्ष र वडाध्यक्षको गाउँपालिका अध्यक्षसँग सहमती नहुँदा तीन दिन ढिलो गरी गाउँ सभा गरिएको हो । शुक्रबार गाउँसभाको उद्घाटन समारोहमा गाउँपालिका उपाध्यक्ष नुतन देवीसहित वडाध्यक्षहरु समेत सहभागी हुनुभएको छ ।भूगोलको हिसाबले जिल्लाकै सानो (२३.१२) बर्ग किलोमिटरमा फैलिएको पर्सा गाउँपालिकाले कृषि, सिँचाई, शिक्षा, स्वास्थ्य, सडक ढलान र भौतिक पूर्वाधारलाई प्राथमिकता दिएर बजेट ल्याएको छ ।

सर्लाहीका अन्य १९ पालिकाले असार १० गतेभित्रै नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेका थिए । पर्सा गाउँपालिकाको १५ औँ गाउँ सभाको मधेश प्रदेशसभा सदस्य जङ्गीलाल रायको प्रमुख आतिथ्यता तथा छिमेकी हरिपूर्वा नगरपालिकाका नगर प्रमुख विनोदकुमार साह तेली र कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सर्लाही पुष्पराज गुरागाईंको विशिष्ठ आतिथ्यतामामा उद्घाटन गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुन तस्करी प्रकरणमा पूर्वसभामुख महराविरुद्ध मुद्दा दायर
सुन तस्करी प्रकरणमा पूर्वसभामुख महराविरुद्ध मुद्दा दायर
जङ्गली हात्तीको आक्र*मणबाट नौ वर्षमा १७ जनाको मृ*त्यु
जङ्गली हात्तीको आक्र*मणबाट नौ वर्षमा १७ जनाको मृ*त्यु
एमाले कोशी प्रदेशको नेतृत्व चयनका लागि रातभर मतदान, आज बिहान सकियो
एमाले कोशी प्रदेशको नेतृत्व चयनका लागि रातभर मतदान, आज बिहान सकियो
लाइन काटेपछि धमाधम विद्युत् महसुल बुझाउँदै उपभोक्ता
लाइन काटेपछि धमाधम विद्युत् महसुल बुझाउँदै उपभोक्ता
मधेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले गरिन् आह्वान
मधेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले गरिन् आह्वान
साउदीको एक कम्पनी बन्द हुँदा ४ सय ६९ जना नेपाली अलपत्र
साउदीको एक कम्पनी बन्द हुँदा ४ सय ६९ जना नेपाली अलपत्र
परराष्ट्रमन्त्री आरजु राणा देउवा युरोप भ्रमणपछि भारत जाने, के-के छ भ्रमण सूचीमा ?
परराष्ट्रमन्त्री आरजु राणा देउवा युरोप भ्रमणपछि भारत जाने, के-के छ भ्रमण सूचीमा ?
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति झलनाथ खनालको आपत्ति
प्रधानमन्त्रीको अभिव्यक्तिप्रति झलनाथ खनालको आपत्ति
साफ महिला च्याम्पियनसिप: सेमिफाइनलमा भारतसँग भिड्दै नेपाल
साफ महिला च्याम्पियनसिप: सेमिफाइनलमा भारतसँग भिड्दै नेपाल
माछापुच्छ्रे मुस्कुराउँदा पर्यटकीय सहर पोखरा सुनसान
माछापुच्छ्रे मुस्कुराउँदा पर्यटकीय सहर पोखरा सुनसान