मिथिलाञ्चल क्षेत्रमा जितिया पर्व मनाईँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन १६, २०८३
|
|
५४ पटक हेरिएको
Shares
मिथिलाञ्चल क्षेत्रमा जितिया पर्व मनाईँदै

सारांश

  • मधेश प्रदेशसहित मिथिलाञ्चल क्षेत्रमा मैथिलि तथा थारु समूदायहरुले मनाउने जितिया पर्व आजबाट सुरु भएको छ ।
  • मिथिलानीहरुले मनाउने वर्तहरुमध्ये जितिया वर्तलाई सबै भन्दा कठोर वर्त मानिन्छ ।
  • तीन दिनसम्म मनाउने यो पर्वमा आज व्रतालु महिलाहरु बिहानै उठेर ओंगठन (दही चिउरा सक्खर, केरासहितको प्रसाद) खाएर अइतबार साँझसम्मका लागि उपवास बसेका छन् ।

जनकपुर । मधेश प्रदेशसहित मिथिलाञ्चल क्षेत्रमा मैथिलि तथा थारु समूदायहरुले मनाउने जितिया पर्व आजबाट सुरु भएको छ । मिथिलानीहरुले मनाउने वर्तहरुमध्ये जितिया वर्तलाई सबै भन्दा कठोर वर्त मानिन्छ । तीन दिनसम्म मनाउने यो पर्वमा आज व्रतालु महिलाहरु बिहानै उठेर ओंगठन (दही चिउरा सक्खर, केरासहितको प्रसाद) खाएर अइतबार साँझसम्मका लागि उपवास बसेका छन् ।

उपवास बसेका महिलाहरुले डकारे अथवा मुखले खकारे वा जिब्रो टोके भने व्रत असफल हुने मान्यता रहेकोले यस वर्तलाई कठोर वर्त मानिन्छ ।

सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक र सांस्कृतिक महत्व रहेको छ । मिथिला क्षेत्रमा पुत्र हुने प्रत्येक महिलाले यो पर्व गर्छन् ।

बेलुका सूर्य अस्ताउनु पूर्व खोला, तलाउ, पोखरीमा गएर पूजा गर्ने र नुहाउने चलन रहेको छ । बेलुका जितमहानको कथा सुन्नलाई आवश्यक पूजाको सामग्री केरा, चियुरा, दही, चिनी लगायतको परिकारसहित गाउँको एक ठाउँ भेला भइ जितमहानको कथा सुन्ने गरिन्छ ।

व्रतको दोस्रो दिन बिहानै उठेर दाइभाइको संख्याको आधारमा बेलको पात गाँसेर धनुष बनाउने, जाकुर (मासको परिकार), पूजाको सामानसहित खोलामा नुहाउने चलन छ ।

खोलामा नुहाएर पूजा गरी व्रतालु महिला घर पुगेर भान्सामा गाईको गोबरले लिपेर परिकारहरु दही, चिउरा, केरा, चिनी, दूध खाने चलन छ । व्रतालु महिलाले खाइ सकेपश्चात घरको परिवारले परिकारहरु खाने चलन छ । जितिया पर्वले परिवार र समाजलाई जोडेर राखेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ललितकलाका गतिविधिलाई विकेन्द्रीकरण गरिने, नवपुस्तालाई समेटिने
ललितकलाका गतिविधिलाई विकेन्द्रीकरण गरिने, नवपुस्तालाई समेटिने
आज पञ्चायत ढलेको दिन, जनआन्दोलन दिवस मनाइँदै
आज पञ्चायत ढलेको दिन, जनआन्दोलन दिवस मनाइँदै
सिमरा अपडेट : २ राउन्ड हवाई फायरसहित  ४ सेल अश्रु ग्यास प्रहार,
सिमरा अपडेट : २ राउन्ड हवाई फायरसहित ४ सेल अश्रु ग्यास प्रहार,
शिक्षा मन्त्रालयले माग्यो यी विश्वविद्यालय सेवा आयोगका अध्यक्ष र सदस्य पदका लागि आवेदन
शिक्षा मन्त्रालयले माग्यो यी विश्वविद्यालय सेवा आयोगका अध्यक्ष र सदस्य पदका लागि आवेदन
सर्वोच्चमा दुर्गा प्रसाईँले गराए बन्दी प्रत्यक्षीकरणको रिट दर्ता
सर्वोच्चमा दुर्गा प्रसाईँले गराए बन्दी प्रत्यक्षीकरणको रिट दर्ता
सिरहामा सर्पले डस्दा एक युवती को मृत्यु
सिरहामा सर्पले डस्दा एक युवती को मृत्यु
ट्वान्टी–२० क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली महिला ब्याटर बनिन् इन्दु
ट्वान्टी–२० क्रिकेटमा एक हजार रन पूरा गर्ने पहिलो नेपाली महिला ब्याटर बनिन् इन्दु
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच?
दिल्लीको मुख्यमन्त्री पदबाट आतिशीले दिइन् राजीनामा
दिल्लीको मुख्यमन्त्री पदबाट आतिशीले दिइन् राजीनामा
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड
चीन र भारतका राजदूतसँग ऊर्जा सहकार्यबारे छलफल, क्षेत्रीय ऊर्जा चुनौती समाधानमा जोड