पाँच वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन १६, २०८३
|
|
६८ पटक हेरिएको
Shares
पाँच वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

सारांश

  • शुक्रबार संघीय संसदका पाँच समितिका बैठक बस्दैछ ।
  •  आज प्रतिनिधिसभाका अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र सार्वजनिक लेखा समितिको बैठक बस्दैछ ।
  • त्यस्तै आज राष्ट्रिय सभाका संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, विधायन व्यवस्थापन समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ ।

काठमाडौं । शुक्रबार संघीय संसदका पाँच समितिका बैठक बस्दैछ । आज प्रतिनिधिसभाका अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र सार्वजनिक लेखा समितिको बैठक बस्दैछ । त्यस्तै आज राष्ट्रिय सभाका संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, विधायन व्यवस्थापन समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ ।

आज बिहान ९ बजेदेखि सुरु हुने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल वायुसेवा निगमको अवस्था र चुनौती सम्बन्धमा छलफलको कार्यसूची रहेको छ । त्यस्तै बिहान ९ बजेदेखि नै सुरु हुने सार्वजनिक लेखा समितिको बैठकमा बेरुजु छलफलउपसमितिको कार्यप्रगति र स्थलगत निरीक्षण सम्बन्धमा छलफलको कार्यसुची रहेको छ ।

त्यसैगरी बिहान ११ बजे बस्ने राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र कर्णाली प्रदेश सभाको अर्थ तथा प्राकृतिक स्रोत समितिबीच समन्वयको विषयमा छलफलको कार्यसूची रहेको छ ।

त्यस्तै, बिहान ११ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा आर्थिक बर्ष २०८२÷०८३ को विधायन व्यवस्थापन समितिको वार्षिक प्रतिवेदनको  मस्यौदामाथि छलफलको कार्यसूची रहेको छ । त्यसैगरी, आज बिहान १०ः ३० बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा दैनिक उपभोग्य बस्तुहरुको सहज आपूर्ति व्यवस्थापन र अनुगमन लगायतका विषयमा छलफलको कार्यसूची रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भूमि प्रशासनसम्बन्धी सेवा प्रवाह गर्न इच्छुक स्थानीय तहलाई सात दिनभित्र आवेदन दिन आग्रह
भूमि प्रशासनसम्बन्धी सेवा प्रवाह गर्न इच्छुक स्थानीय तहलाई सात दिनभित्र आवेदन दिन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन आग्रह
गाउँ कार्यपालिकाको कार्यालय पर्सा सर्लाहीको सार्वजनिक अनुरोध
शेयर विवादबारे गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरणः ‘हल्ला होइन, प्रमाणका आधारमा निर्णय हुनुपर्छ’
शेयर विवादबारे गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरणः ‘हल्ला होइन, प्रमाणका आधारमा निर्णय हुनुपर्छ’
आजदेखि संसद् अधिवेशन : शीर्ष नेताले सम्बोधन गर्ने, ३ अध्यादेश पेस हुने
आजदेखि संसद् अधिवेशन : शीर्ष नेताले सम्बोधन गर्ने, ३ अध्यादेश पेस हुने
प्रतिनिधिसभाको बैठक बस्दै, के छ कार्यसूची ?
प्रतिनिधिसभाको बैठक बस्दै, के छ कार्यसूची ?
निजामती विधेयक विधायन समितिबाट पास
निजामती विधेयक विधायन समितिबाट पास
सुनको मूल्य तोलामा २२०० रुपैयाँ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य तोलामा २२०० रुपैयाँ घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
पहिरोका कारण कान्ति लोकपथ पूर्णरूपमा बन्द
पहिरोका कारण कान्ति लोकपथ पूर्णरूपमा बन्द
चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा …
चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा …