२५ करोड प्रकरण : ट्रक चालक र मालिक नारायण पौडेलविरुद्ध मुद्दा दायर

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख २, २०८२
|
|
१९ पटक हेरिएको
Shares
२५ करोड प्रकरण : ट्रक चालक र मालिक नारायण पौडेलविरुद्ध मुद्दा दायर

सारांश

  • काठमाडौंको टोखाबाट बरामद गरिएको २५ करोड बराबरको युरो र डलर प्रकरणमा दुई जनाविरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ ।
  • ट्रक (कन्टेनर) चालक कुसाङ  लामा ‘फुच्चे’ र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ घर नारायण पौडेलविरुद्ध अदालतमा मुद्दा दायर गरिएको राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डिप्रसाद घिमिरेले  बताए ।
  • विभागले उनीहरूविरुद्ध विदेशी विनिमय (नियमित गर्ने) ऐन–२०१९ अन्तर्गत कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

२ वैशाख, काठमाडौं ।

काठमाडौंको टोखाबाट बरामद गरिएको २५ करोड बराबरको युरो र डलर प्रकरणमा दुई जनाविरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ । ट्रक (कन्टेनर) चालक कुसाङ  लामा ‘फुच्चे’ र सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ घर नारायण पौडेलविरुद्ध अदालतमा मुद्दा दायर गरिएको राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डिप्रसाद घिमिरेले  बताए । विभागले उनीहरूविरुद्ध विदेशी विनिमय (नियमित गर्ने) ऐन–२०१९ अन्तर्गत कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो । उनीहरूविरुद्ध २५ करोड ३४ लाख ७८ हजार बिगो मागदाबी गरिएको छ । बरामद मुद्रा जफत गर्न पनि भनिएको छ ।

चैत ४ मा मध्यराति १० बजेतिर टोखास्थित झोर महांकालबाट प्रहरीले ना७ख १६५२ नम्बरको ट्रकबाट उक्त नगद बरामद गरेको थियो । ट्रक चालक कुसाङ लामा सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका वडा नम्बर–१ का स्थानीय हुन् । अनुसन्धानबाट सो रकम भोटेकोशी घर भएर टोखा नगरपालिका–१० स्थित महादेवटार हाइटमा बस्दै आएका नारायण पौडेलेको भएको खुलेको छ । पुराना ‘खासा व्यापारी’ पौडेल फरार छन् । खासा व्यापार गर्दागर्दै तिब्बतीसँग विवाह गरेका पौडेलले पछि सुन तस्करी सुरु गरे । २०७२ सालपछि तातोपानी नाका बन्द भयो । त्यसपछि सुन तस्करले रसुवाको केरुङ रुटलाई प्रयोग गर्न थालेका हुन् ।

पौडेलले दिएको २५ करोड बराबरको डलर र युरो लिएर फुच्चे झोर महांकाल हुँदै केरुङ जाँदै थिए । केरुङ नाकाबाट सुन ल्याउने उहिरुको योजना रहेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । ति अधिकृत भन्छन्, ‘२५ करोड रकम सुन खरिद गर्न केरुङ लगिँदै थियो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले उद्योगी व्यवसायीहरुको सुरक्षा पहिलेभन्दा रचनात्मक तरिकाले दिन्छः गृहमन्त्री अर्याल
सरकारले उद्योगी व्यवसायीहरुको सुरक्षा पहिलेभन्दा रचनात्मक तरिकाले दिन्छः गृहमन्त्री अर्याल
नेप्से परिसूचकमा करेक्सन, कारोबार रकम घट्यो
नेप्से परिसूचकमा करेक्सन, कारोबार रकम घट्यो
रामेछापमा नेकपाका श्रेष्ठको अग्रता कायमै
रामेछापमा नेकपाका श्रेष्ठको अग्रता कायमै
देउवाको सन्देश : ओलीलाई धोका दिन्नँ, ०८४ सम्मै सहकार्य जान्छ
देउवाको सन्देश : ओलीलाई धोका दिन्नँ, ०८४ सम्मै सहकार्य जान्छ
एमाले पार्टी सदस्य साढे ६ लाख पुग्यो : महासचिव पोखरेल
एमाले पार्टी सदस्य साढे ६ लाख पुग्यो : महासचिव पोखरेल
सिरहामा कार, हाइस, मोटरसाइकल  र विङर एकआपसमा ठोकिँदा १० जना घाइते
सिरहामा कार, हाइस, मोटरसाइकल  र विङर एकआपसमा ठोकिँदा १० जना घाइते
दिग्गज बलिउड अभिनेता धर्मेन्द्रको निधन
दिग्गज बलिउड अभिनेता धर्मेन्द्रको निधन
विद्यालय शिक्षा विधेयकबारे मन्त्रीसँग छलफल गर्दै संसदीय समिति
विद्यालय शिक्षा विधेयकबारे मन्त्रीसँग छलफल गर्दै संसदीय समिति
दुर्गा प्रसाईंको आरटीएफ कमाण्डर राजभण्डारी पक्राउ
दुर्गा प्रसाईंको आरटीएफ कमाण्डर राजभण्डारी पक्राउ
महानगरमा चुलियो विवाद: सुनिताको नेतृत्वमा बालेनलाई कार्यपालिका सदस्यको पत्र, ७ दिनभित्र बैठकको माग
महानगरमा चुलियो विवाद: सुनिताको नेतृत्वमा बालेनलाई कार्यपालिका सदस्यको पत्र, ७ दिनभित्र बैठकको माग