एनपीएलको फाइनल आज, इतिहास रच्ने दाउमा लुम्बिनी र सुदूरपश्चिम

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर २७, २०८२
|
|
३० पटक हेरिएको
Shares
एनपीएलको फाइनल आज, इतिहास रच्ने दाउमा लुम्बिनी र सुदूरपश्चिम

सारांश

  • दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि आज (शनिबार) साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्दै छन्।
  • कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दुई टोलीबीच  आज दिउँसो ३ः३० बजे भिडन्त हुँदै छ।
  • साविक विजेता खेलबाट बाहिरिसकेकाले यस संस्करणमा नयाँ टोली च्याम्पियन बन्ने पक्का छ।

२७ मंसिर, काठमाडौं ।

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि आज (शनिबार) साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्दै छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दुई टोलीबीच  आज दिउँसो ३ः३० बजे भिडन्त हुँदै छ। साविक विजेता खेलबाट बाहिरिसकेकाले यस संस्करणमा नयाँ टोली च्याम्पियन बन्ने पक्का छ। सुदूरपश्चिम र लुम्बिनी दुवै उपाधि हात पार्ने दाउमा छन्। लुम्बिनी नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तानसमेत रहेका रोहित पौडेलको नेतृत्वमा छ भने सुदूरपश्चिमको जिम्मा नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरीले लिएका छन्।

रोयल्स लिग चरण खेल र साविक उपविजेता भएकाले लायन्सभन्दा बलियो देखिएको छ। लिग चरणका सातमध्ये चार खेल जितेर पहिलो क्वालिफायर खेल्दै रोयल्स उपाधिनजिक पुगेको हो।रोयल्स गत वर्ष फाइनलमा जनकपुर बोल्टससँग पाँच विकेट पराजित हुँदै उपविजेतामा सीमित भएको थियो। लायन्स यो वर्ष लिग चरणका सातमध्ये चार खेलमा विजयी हुँदै इलिमिनेटर र दोस्रो क्वालिफायर आफ्नो पक्षमा पार्दै फाइनलमा सुरक्षित भएको हो। लुम्बिनी गत संस्करणमा लिग चरणबाटै आउट भएको थियो।  लिग चरणको उक्त खेलमा रोयल्स सात विकेटले विजयी भएको थियो। गत संस्करणमा एकपटक भेट भएकामा लायन्स ४५ रनले पराजित भएको थियो।

तेस्रो भेट दुवैका लागि महत्त्वपूर्ण छ। जसले जित्यो, उसले च्याम्पियन बन्दै इतिहास रच्नेछ। रोयल्सका कप्तान ऐरीले आफूहरू च्याम्पियन बन्न तयार रहेको बताएका छन्उनले भने, ‘गत वर्ष फाइनलनमा चुकेका हौँ। सबै कमीकमजोरी सुधार गर्दै यस पटक च्याम्पियन बन्ने हाम्रो लक्ष्य हो।’ लायन्सका कप्तान पौडेलले पनि आफूहरू च्याम्पियन बन्नका लागि सबै पक्षबाट तयार रहेको बताएका छन्। उनले भने, ‘हामीहरू पछिल्लो पाँच खेल लगातार जितेर फाइनलमा पुगेका हौँ। हाम्रो ध्यान अब ट्रफी जित्नेमा छ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३ दिनमा सर्लाहीसहित यी ९ जिल्लामा बाढीको ठूलो सम्भावना, सतर्कता अपनाउनुहुन अनुरोध
३ दिनमा सर्लाहीसहित यी ९ जिल्लामा बाढीको ठूलो सम्भावना, सतर्कता अपनाउनुहुन अनुरोध
मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा कर्ण नियुक्त
मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा कर्ण नियुक्त
लेखा समितिमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुबीच चर्काचर्की
लेखा समितिमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुबीच चर्काचर्की
पीडितले समयमै न्याय पाउन सकेमात्र न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि हुन्छ : राष्ट्रपति
पीडितले समयमै न्याय पाउन सकेमात्र न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धि हुन्छ : राष्ट्रपति
प्रहरी कार्यालयमा ढुङ्गामुढा प्रहार
प्रहरी कार्यालयमा ढुङ्गामुढा प्रहार
मधेश सरकारले ल्यायो ४३ अर्ब ९९ करोड ७१ लख ७० हजारको बजेट (पूर्णपाठ)
मधेश सरकारले ल्यायो ४३ अर्ब ९९ करोड ७१ लख ७० हजारको बजेट (पूर्णपाठ)
मलेसिया र क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने दुईजना पक्राउ
मलेसिया र क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने दुईजना पक्राउ
लालबन्दी नगरपालिका स्वास्थ्य क्षेत्रमा जिल्लाकै उत्कृष्ट
लालबन्दी नगरपालिका स्वास्थ्य क्षेत्रमा जिल्लाकै उत्कृष्ट
१२७ किलो गाँजाको धुलोसहित मकवानपुरबाट एक जना पक्राउ
१२७ किलो गाँजाको धुलोसहित मकवानपुरबाट एक जना पक्राउ
शंखमूलको आगो नियन्त्रणमा, १० वटा पसल र घरमा क्षति
शंखमूलको आगो नियन्त्रणमा, १० वटा पसल र घरमा क्षति