३ दिनमा सर्लाहीसहित यी ९ जिल्लामा बाढीको ठूलो सम्भावना, सतर्कता अपनाउनुहुन अनुरोध
सारांश
- जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले आज शनिबार देशका कुन-कुन स्थानमा बाढीको जोखिम छ भन्ने विषयमा प्रक्षेपण जारी गरेको छ।
- बाढी महाशाखाले बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार आज कोसी र मधेस प्रदेशका जिल्लामा बाढी अलि ठूलै आउने सम्भावना देखिएको छ।
- चेतावनी जारी गर्दै बाढी महाशाखाले भनेको छ: आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सिन्धुली, धनुषा, धनकुटा, सर्लाही र आसपासका जिल्ला जिल्ला भई वहने केही ससाना नदीमा बहाब सतर्कता तह आसपाससम्म पुग्न सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउनुहुन अनुरोध छ।
२४ जेठ, सर्लाही।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले आज शनिबार देशका कुन-कुन स्थानमा बाढीको जोखिम छ भन्ने विषयमा प्रक्षेपण जारी गरेको छ। बाढी महाशाखाले बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार आज कोसी र मधेस प्रदेशका जिल्लामा बाढी अलि ठूलै आउने सम्भावना देखिएको छ।

चेतावनी जारी गर्दै बाढी महाशाखाले भनेको छ: आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सिन्धुली, धनुषा, धनकुटा, सर्लाही र आसपासका जिल्ला जिल्ला भई वहने केही ससाना नदीमा बहाब सतर्कता तह आसपाससम्म पुग्न सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउनुहुन अनुरोध छ।

यस्तै महाशाखाले आगामी ३ दिन (सोमबारसम्म) कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरूका साथै पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तह तलै रहने अनुमान भए पनि घटबढ भइरहने देखिएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सामान्य सतर्कता अपनाउन सुझाव दिएको छ। बाढी महाशाखाले अगाडि भनेको छ: कन्काई, कमला र बागमतीमा बहाब केही हदसम्म बढ्न सक्ने देखिएकाले नदी तटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाइराखौँ।


प्रतिक्रिया