सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

फेरि सूचना टाँसेर स्थगित भयो प्रतिनिधिसभा बैठक

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, चैत्र १७, २०८१
|
|
५१ पटक हेरिएको
Shares
फेरि सूचना टाँसेर स्थगित भयो प्रतिनिधिसभा बैठक

सारांश

  • प्रतिनिधिसभा बैठक आइतबार दोस्रोपटक सूचना टाँसेर स्थगित गरिएको छ ।
  • सत्तापक्ष र प्रतिपक्षी दलहरुबीच चर्काचर्की भएपछि १५ मिनेटका लागि स्थगित भएको बैठक सूचना टाँस गरेर साढे ३ बजेका लागि सारिएको हो ।
  • यसअघि बिहान ११ः१५ बजेका लागि बोलाइएको बैठक निर्धारित समयमा बस्न नसकेपछि सूचना टाँसेर दिउँसो १ः१५ बजेका लागि सारिएको थियो ।

 

१७ चैत, काठमाडौं ।

प्रतिनिधिसभा बैठक आइतबार दोस्रोपटक सूचना टाँसेर स्थगित गरिएको छ । सत्तापक्ष र प्रतिपक्षी दलहरुबीच चर्काचर्की भएपछि १५ मिनेटका लागि स्थगित भएको बैठक सूचना टाँस गरेर साढे ३ बजेका लागि सारिएको हो । यसअघि बिहान ११ः१५ बजेका लागि बोलाइएको बैठक निर्धारित समयमा बस्न नसकेपछि सूचना टाँसेर दिउँसो १ः१५ बजेका लागि सारिएको थियो ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको विषयमा प्रतिपक्षी सांसदहरुले सरकारको जवाफ माग्दै सदन अवरुद्ध गर्दै आएका छन् । आइतबारको बैठकमा भने सदन चल्नु पर्ने माग गर्दै सत्तापक्षका सांसदहरु पनि विरोधमा उत्रिएका थिए । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबारको बैठकमा बोल्नका लागि समय मागेको जानकारी गराए पनि प्रतिपक्षी दलहरुले आजै उपस्थित हुनु पर्ने माग गरेका थिए ।   विवाद समाधान गर्दै सहमतिको पहलमा अहिले सभामुख घिमिरेले दलहरूसँग छलफल गरिरहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?