Press 4K
शनिबार, ९ श्रावण २०८३

३९ सुरक्षा विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स : नक्कली बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ८, २०८३
|
|
१६१ पटक हेरिएको
Shares
३९ सुरक्षा विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स : नक्कली बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिने

सारांश

  • सरकारले हालै सुरक्षण मुद्रण केन्द्रमार्फत छपाइ गरिरहेको नयाँ स्मार्ट सवारीचालक अनुमतिपत्रलाई अन्तर्राष्ट्रिय स्तरको सुरक्षित र प्रविधियुक्त बनाइएको जनाएको छ ।
  • सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्ति अनुसार नयाँ स्मार्ट लाइसेन्स पूर्णरूपमा अन्तरराष्ट्रियस्तरको ‘आईएसओ ७८१० आइडी–१’ मापदण्डअनुसार तयार गरिएको छ ।
  • ‘विगतमा प्रयोग गरिएको प्रणालीमा रहेको ‘स्मार्ट चिप’को पूर्ण उपयोगका लागि कार्ड रिडर र अनलाइन—अफलाइन प्रमाणीकरण प्रणाली जस्ता आवश्यक राष्ट्रिय पूर्वाधार व्यवस्थित हुन नसक्दा चिपको व्यावहारिक उपयोगिता न्यून रहनुका साथै विदेशी विज्ञको सहयोगमा निर्भर हुनु पर्दा सृजित जोखिम न्यूनिकरण गर्न हाल उच्च सुरक्षासहितको कोड इन्क्रिप्टेड, लेयर्ड र कपी—प्रोटेक्टेड बौद्धिक क्यू.

 

८ वैशाख,काठमाडौं ।

सरकारले हालै सुरक्षण मुद्रण केन्द्रमार्फत छपाइ गरिरहेको नयाँ स्मार्ट सवारीचालक अनुमतिपत्रलाई अन्तर्राष्ट्रिय स्तरको सुरक्षित र प्रविधियुक्त बनाइएको जनाएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्ति अनुसार नयाँ स्मार्ट लाइसेन्स पूर्णरूपमा अन्तरराष्ट्रियस्तरको ‘आईएसओ ७८१० आइडी–१’ मापदण्डअनुसार तयार गरिएको छ । ‘विगतमा प्रयोग गरिएको प्रणालीमा रहेको ‘स्मार्ट चिप’को पूर्ण उपयोगका लागि कार्ड रिडर र अनलाइन—अफलाइन प्रमाणीकरण प्रणाली जस्ता आवश्यक राष्ट्रिय पूर्वाधार व्यवस्थित हुन नसक्दा चिपको व्यावहारिक उपयोगिता न्यून रहनुका साथै विदेशी विज्ञको सहयोगमा निर्भर हुनु पर्दा सृजित जोखिम न्यूनिकरण गर्न हाल उच्च सुरक्षासहितको कोड इन्क्रिप्टेड, लेयर्ड र कपी—प्रोटेक्टेड बौद्धिक क्यू.आर.प्रविधि अवलम्बन गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयका अनुसार विगतमा प्रयोग गरिएको स्मार्ट चिप प्रणाली आवश्यक पूर्वाधारको अभावका कारण प्रभावकारी हुन नसकेको र विदेशी प्राविधिकमा निर्भरता बढाएको थियो । यही अवस्थालाई सुधार गर्न अहिले उच्च सुरक्षायुक्त कोड इन्क्रिप्टेड, लेयर्ड र कपी—प्रोटेक्टेड ‘बौद्धिक क्यूआ प्रविधि प्रयोगमा ल्याइएको हो । यस प्रविधिबाट इन्टरनेट बिना नै ट्राफिक प्रहरी वा सम्बन्धित निकायले कार्ड स्क्यान गरी तुरुन्तै चालकको पहिचान प्रमाणीकरण गर्न सक्नेछन् । नयाँ अनुमतिपत्रमा ३९ प्रकारका सुरक्षा विशेषता समावेश गरिएको मन्त्रालयले जनाएको छ । पहिलो तहमा सामान्य आँखाले देख्न सकिने मेटालिक सिल्भर इंक, मेसिनले पढ्न सक्ने जोन (एमआरजेड) तथा फोटोसँग जोडिएका विशेष सुरक्षण ढाँचाहरू छन् ।

दोस्रो तहमा भने विशेष उपकरणमार्फत मात्र देखिने अदृश्य युभी मसी र ‘इन्फ्रारेड एब्जोप्र्सन’ प्रविधि प्रयोग गरिएको छ । तेस्रो वा फोरेन्सिक तहमा प्रयोगशालामा मात्र परीक्षण गर्न सकिने ‘डिजिटल फिंगरप्रिन्ट’ र प्रोप्राइटरी रसायनिक हस्ताक्षरजस्ता उच्चस्तरीय सुरक्षा संयन्त्र राखिएको जनाइएको छ । प्रत्येक कार्डको डिजाइन अर्को भन्दा फरक हुने भएकाले एक कार्ड अर्को कार्डसँग पूर्णतः भिन्न हुने र यसले नक्कली बनाउने सम्भावना न्यून बनाएको दाबी गरिएको छ । सम्पूर्ण उत्पादन प्रक्रिया ुएन्ड—टु—एन्ड अफलाइनु प्रणालीमा आधारित भएकाले डेटा चुहावटको जोखिम नरहेको र नागरिकको गोपनीयता सुरक्षित रहने दाबी गरिएको छ । क्यूआर कोडको वैधता कार्डको अवधि भर कायम रहने जनाइएको छ । मन्त्रालयले यस परियोजनामा सहयोग पुयाउने सबै निकाय, सञ्चार क्षेत्र र नागरिकप्रति आभार व्यक्त गर्दै छपाइ तथा वितरणबारे सुझाव र जिज्ञासाका लागि सधैँ खुला रहने जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

फागुन २१ मा निर्वाचन हुन्छ, उज्यालो नेपाल पार्टीले बहुमत ल्याउँछ : कुलमान घिसिङ
फागुन २१ मा निर्वाचन हुन्छ, उज्यालो नेपाल पार्टीले बहुमत ल्याउँछ : कुलमान घिसिङ
अभिनेत्री मनिषा कोइराला बेलायती संसद भवनको विशेष समारोहमा सम्मानित
अभिनेत्री मनिषा कोइराला बेलायती संसद भवनको विशेष समारोहमा सम्मानित
बर्दियामा हात्तीको आक्रमणबाट महिलाको मृ*त्यु
बर्दियामा हात्तीको आक्रमणबाट महिलाको मृ*त्यु
उग्ररुप लियो जेनजी आन्दोलन: ट्रमा सेन्टरमा मात्रै चार जनाको मृ*त्यु
उग्ररुप लियो जेनजी आन्दोलन: ट्रमा सेन्टरमा मात्रै चार जनाको मृ*त्यु
रुपन्देही ३ मा हुने उपनिर्वाचनका लागि २१ साउनदेखि दल दर्ता
रुपन्देही ३ मा हुने उपनिर्वाचनका लागि २१ साउनदेखि दल दर्ता
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माण : प्रधानमन्त्री
मोतियाबिन्दु बिरामीको निःशुल्क शल्यक्रिया
मोतियाबिन्दु बिरामीको निःशुल्क शल्यक्रिया
शंकास्पद बिल सहितको ट्रक नियन्त्रणमा
शंकास्पद बिल सहितको ट्रक नियन्त्रणमा
नवलपरासीमा दुई समूहबीच झडप हुँदा १६ प्रहरीसहित २१ जना घाइते, प्रहरीको भ्यान जलाइयो
नवलपरासीमा दुई समूहबीच झडप हुँदा १६ प्रहरीसहित २१ जना घाइते, प्रहरीको भ्यान जलाइयो
प्रधानसेनापतिद्वारा खत्रीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान
प्रधानसेनापतिद्वारा खत्रीलाई उपरथीको दर्ज्यानी चिन्ह प्रदान

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...