महोत्तरीको रामगोपालपुरका वडाध्यक्ष मुकेश यादवको हत्या आरोपमा दुईजना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन ९, २०८१
|
|
२२ पटक हेरिएको
Shares
महोत्तरीको रामगोपालपुरका वडाध्यक्ष मुकेश यादवको हत्या आरोपमा दुईजना पक्राउ

सारांश

  • वडाध्यक्ष यादवको मृत्युमा संलग्न रहेको आरोपमा प्रहरीले महोत्तरीकै औरही नगरपालिका ७ भोइल टिमकियाका संजीव झा र दिलिप मण्डललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तु लाल प्रसाद जैसवारले जानकारी दिए ।
  • उनका अनुसार वडाध्यक्ष यादवको मृत्युमा संलग्न दुई जना मंगलबार साँझ बर्दिबासबाट पक्राउ परेका हुन् ।
  • पक्राउ परेका दुवैजानालाई कर्तब्य ज्यान मुद्दामा थप अनुसन्धानका जिल्ला अदालतले चारदिनको म्याद थप गरेको प्रहरी नायब उपरीक्षक जैसवारले बताए ।

 

९ असोज , महोत्तरीको रामगोपालपुर नगरपालिकाका २ का वडाध्यक्ष मुकेश यादवको हत्यामा संलग्न रहेको आरोपमा महोत्तरी प्रहरीले दुई जनालाई पक्राउ गरेका छन्  ।

वडाध्यक्ष यादवको मृत्युमा संलग्न रहेको आरोपमा प्रहरीले महोत्तरीकै औरही नगरपालिका ७ भोइल टिमकियाका संजीव झा र दिलिप मण्डललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सन्तु लाल प्रसाद जैसवारले जानकारी दिए । उनका अनुसार वडाध्यक्ष यादवको मृत्युमा संलग्न दुई जना मंगलबार साँझ बर्दिबासबाट पक्राउ परेका हुन् । पक्राउ परेका दुवैजानालाई कर्तब्य ज्यान मुद्दामा थप अनुसन्धानका जिल्ला अदालतले चारदिनको म्याद थप गरेको प्रहरी नायब उपरीक्षक जैसवारले बताए ।

वडाध्यक्ष यादव भदौ ९ गते राती बर्दिबासमा साथीहरूसँग बसेका थिए । त्यहाँबाट घर आउन निस्किए पनि उनी अर्को दिन बिहान मृत भेटिएका थिए । उनी सवार मोटरसाइकल बाटोमा लडिरहेको अवस्थामा भेटिएको थियो भने उनको शव सडकको छेउमा फेला परेको थियो ।वडाध्यक्ष यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु नभइ कसैले हत्या गरी फालेको परिवारजनले दाबी गर्दै आएका छन् । उनी गत स्थानीय निर्वाचनमा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?