नेपालले यूएईलाई दियो ३१४ रनको फराकिलो लक्ष्य
सारांश
- एसीसी प्रिमियर कप एकदिवसीय अन्तरराष्ट्रिय प्रतियोगिताको जारी फाइनल खेलमा नेपालले युनाइटेडट अरब इमिरेट्स (यूएई) लाई ३१४ रनको लक्ष्य दिएको छ।
- मलेसियाको क्वालालाम्पुरस्थित बायुमास ओभलमा आशिफ शेखको शतक र गुल्सन झाको अर्धशतकमा नेपालले पूरा ओभर खेलेर ९ विकेटको क्षतिमा ३१३ रन बनाएको हो।
- आशिफले १०३ बलमा ८ चौका र ४ छक्कासहित शतक पूरा गरेका हुन्।
२७ भदौ, काठमाडौं ।
एसीसी प्रिमियर कप एकदिवसीय अन्तरराष्ट्रिय प्रतियोगिताको जारी फाइनल खेलमा नेपालले युनाइटेडट अरब इमिरेट्स (यूएई) लाई ३१४ रनको लक्ष्य दिएको छ। मलेसियाको क्वालालाम्पुरस्थित बायुमास ओभलमा आशिफ शेखको शतक र गुल्सन झाको अर्धशतकमा नेपालले पूरा ओभर खेलेर ९ विकेटको क्षतिमा ३१३ रन बनाएको हो।

आशिफले १०३ बलमा ८ चौका र ४ छक्कासहित शतक पूरा गरेका हुन्। एकदिवसीय अन्तरराष्ट्रियमा आसिफको यो दोस्रो शतक हो। गुल्सनले ३८ बलमा ३ चौका र ४ छक्का प्रहार गरी ५२ रन बनाए। अर्का ओपनर अर्जुन कुमालले ६३ बलमा ६ चौका प्रहार गरी ४३ रन बनाए। रोहित पौडेलले ४०, दीपेन्द्र सिंह ऐरीले १८ र बसिर अहमदले १५ रन जोडे। बलिङतर्फ यूएईका इब्रार अहमदले ४ विकेट लिए भने खुजइमा तनवीरले २ तथा हैदर अली र अदिव उस्मानीले १/१ विकेट लिए। यो खेल जित्ने टोली अर्को वर्ष आयोजना हुने एसिया कपका लागि छनोट हुनेछ।

प्रतिक्रिया