गगनले कांग्रेस फुटाइसकेको निधीको आरोप

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन २२, २०८३
|
|
६२ पटक हेरिएको
Shares
गगनले कांग्रेस फुटाइसकेको निधीको आरोप

सारांश

  • नेपाली कांग्रेसका इतर पक्षका नेता विमलेन्द्र निधीले सभापति गगन थापाले पार्टी फुटाएको आरोप लगाएका छन् ।
  • जनकपुर पुगेका नेता निधीले विशेष महाधिवेशन गर्नेले नै कांग्रेस फुटाएको दाबी गरे ।
  • उनले भने, ‘जहिले विशेष महाधिवेशन भयो, त्यतिबेला पार्टी फुट्यो ।

काठमाडौं । नेपाली कांग्रेसका इतर पक्षका नेता विमलेन्द्र निधीले सभापति गगन थापाले पार्टी फुटाएको आरोप लगाएका छन् । जनकपुर पुगेका नेता निधीले विशेष महाधिवेशन गर्नेले नै कांग्रेस फुटाएको दाबी गरे ।

उनले भने, ‘जहिले विशेष महाधिवेशन भयो, त्यतिबेला पार्टी फुट्यो । जसले विशेष महाधिवेशन गर्‍यो, उसैले पार्टी फुटायो । अब कानूनी रूपमा बाँकी छ । तर व्यावहारिक र राजनीतिक रूपमा पार्टी फुटिसक्यो । पार्टी फुटाउने तिनीहरू नै हुन्, जसले विशेष महाधिवेशन गरे। यसमा हामीलाई कुनै भ्रम छैन ।’

उनले विशेष महाधिवेशनमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधिले भाग नलिएको दाबी गरे ।

उनले भने, ‘४० प्रतिशतलाई महाधिवेशन माग गर्ने अधिकार छ । तर निर्णय गर्ने अधिकार छैन। निर्णय गर्ने अधिकार केन्द्रीय समितिको हो। गगन थापा या विश्वप्रकाशजीले जे चाहिरहेका थिए, त्यो सबै आफैँले घोषणा गरिदिए, केन्द्रीय समितिले निर्णय नै गरेन, त्यसैले प्रक्रिया भएन ।’

सर्वोच्चमा शेरबहादुर देउवाले पुनरवलोकनका लागि निवेदन दिएर निस्सा पाएपछि अन्तिम फैसला आउन समय लाग्नसक्ने बताए। उनले मंसिर २१ देखि हुने महाधिवेशन अवैध नभएको जिकिर गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?