प्रधानमन्त्री भारत प्रस्थान, दुई मन्त्रीले ‘रन वे’ मा गरे बिदाइ
सारांश
- प्रधानमन्त्री वालेन्द्र शाह ३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारततर्फ प्रस्थान गरेका छन् ।
- उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको जहाजमा नयाँ दिल्लीका लागि उडेका हुन् ।
- शाह यसअघि अमेरिका भ्रमणमा जाँदाकै शैलीमा एयरपोर्ट छिरेर सीधै विमान चढे ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ३५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारततर्फ प्रस्थान गरेका छन् ।
उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको जहाजमा नयाँ दिल्लीका लागि उडेका हुन् ।
शाह यसअघि अमेरिका भ्रमणमा जाँदाकै शैलीमा एयरपोर्ट छिरेर सीधै विमान चढे ।

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र सत्तारुढ दल रास्वपाको तर्फबाट प्रवक्ता जगदीश खरेलले शाहलाई ‘रन-वे’ मै पुगेर बिदाइ गरेका छन् । प्रधानमन्त्री शाहको यो पहिलो द्विपक्षीय विदेश भ्रमण हो ।
प्रधानमन्त्री शाह भारत पुगेपछि त्यहाँका राज्यमन्त्रीले विमानस्थलमा स्वागत गर्ने भएका छन् । भारतीय पक्षबाट आएको सूचना अनुसार वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रमण टोलीको स्वागतका लागि पुग्ने भएका हुन् ।
प्रधानमन्त्री शाहले भारतमा राष्ट्रपति द्रौपदी मुर्मू, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । उनी भोलि स्वदेश फर्किने छन् ।

प्रतिक्रिया