भारतका पूर्वगृहमन्त्री शिवराज पाटिलको निधन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, मंसिर २६, २०८२
|
|
३८ पटक हेरिएको
Shares
भारतका पूर्वगृहमन्त्री शिवराज पाटिलको निधन

सारांश

  •   भारतका वरिष्ठ कंग्रेस नेता तथा पूर्वगृहमन्त्री शिवराज पाटिलको निधन भएको छ।
  • भारतीय सञ्चारमाध्यमका अनुसार ९० वर्षको उमेरमा आज (शुक्रबार) बिहान ६:३० बजे (भारतीय समय) लातुरमा उनको निधन भएको हो।
  • केही दिनदेखि बिरामी उनी लातुरनजिकैको देवघरस्थित आफ्नै घरमा उपचाररत थिए।

२६ मंसिर, काठमाडौं। 

भारतका वरिष्ठ कंग्रेस नेता तथा पूर्वगृहमन्त्री शिवराज पाटिलको निधन भएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार ९० वर्षको उमेरमा आज (शुक्रबार) बिहान ६:३० बजे (भारतीय समय) लातुरमा उनको निधन भएको हो। केही दिनदेखि बिरामी उनी लातुरनजिकैको देवघरस्थित आफ्नै घरमा उपचाररत थिए।

पाटिल लातुर लोकसभा क्षेत्रबाट सातपटक सांसद बनेका थिए। शिवराजलाई इन्दिरा गान्धी र राजीव गान्धीको विश्वासपात्र मानिन्थ्यो। उनी १९८० को दशकमा इन्दिरा र राजीव सरकारमा रक्षामन्त्री बनेका थिए।  सन् १९९१ देखि १९९६ सम्म लोकसभाको १०औँ सभामुख रहेका उनी २००४ देखि २००८ सम्म भारतको गृहमन्त्री बनेका थिए।  तर २००८ नोभेम्बर २६ मा मुम्बईमा आतंकवादी हमला भएपछि सुरक्षा कमजोरीको नैतिक जिम्मेवारी लिँदै उनले राजीनामा दिएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रतिनिधिसभा निर्वाचन : माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै
प्रतिनिधिसभा निर्वाचन : माघ ३ गतेदेखि आचारसंहिता लागू हुँदै
लागू औषधसहित आठ जना पक्राउ
लागू औषधसहित आठ जना पक्राउ
सामाजिक सञ्जालमा तस्बिर तथा भिडिओ राख्ने १६६ जना सशस्त्र प्रहरी कारबाहीमा
सामाजिक सञ्जालमा तस्बिर तथा भिडिओ राख्ने १६६ जना सशस्त्र प्रहरी कारबाहीमा
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
राहत कोषमा पचास लाख जम्मा गर्ने कांग्रेसको निर्णय‚ सांसदहरूले १५ दिनको तलब सहयोग गर्ने
राहत कोषमा पचास लाख जम्मा गर्ने कांग्रेसको निर्णय‚ सांसदहरूले १५ दिनको तलब सहयोग गर्ने
सरकारले तत्काल राजीनामा दिनुपर्छ : सांसद शाही
सरकारले तत्काल राजीनामा दिनुपर्छ : सांसद शाही
पूर्वन्यायाधीश सिन्हा सहकारी तथा गरिबी निवारण मन्त्रीमा सिफारिस, दिइयो दुई मन्त्रालय
पूर्वन्यायाधीश सिन्हा सहकारी तथा गरिबी निवारण मन्त्रीमा सिफारिस, दिइयो दुई मन्त्रालय
प्रतिनिधि सभा र राष्ट्रिय सभा चुनाव लड्न चाहनेलाई दल दर्ताको आह्वान
प्रतिनिधि सभा र राष्ट्रिय सभा चुनाव लड्न चाहनेलाई दल दर्ताको आह्वान
डाइभर्सन मर्मतपछि बिपी राजमार्ग एकतर्फी रूपमा सञ्चालन
डाइभर्सन मर्मतपछि बिपी राजमार्ग एकतर्फी रूपमा सञ्चालन
कर्णाली सरकारका प्रवक्ता विनोदकुमार शाह काठमाडौँ अस्पतालमा भर्ना
कर्णाली सरकारका प्रवक्ता विनोदकुमार शाह काठमाडौँ अस्पतालमा भर्ना