डडेल्धुरा बस दुर्घटना अपडेट: मृतककाे संख्या पाँच पुग्याे

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन ३०, २०८१
|
|
२८ पटक हेरिएको
Shares
डडेल्धुरा बस दुर्घटना अपडेट: मृतककाे संख्या पाँच पुग्याे

सारांश

  • कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडीका लागि छुटेको बस मंगलबार राति साढे १२ बजे डडेल्धुराको अमरगढीमा दुर्घटना भएको हो ।
  • घटनास्थलमा बुधबार बिहान थप एक जनाको शव फेला परेसँगै मृतकको संख्या पाँच पुगेको हो ।
  • जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक उपेन्द्र बमले बैतडीको पुर्चौडी नगरपालिका- १० की ६० वर्षीया गोवणी महराको शव घटनास्थलबाट भेटिएको बताए ।

३० असोज, धनगढी- डडेल्धुरामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । कञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडीका लागि छुटेको बस मंगलबार राति साढे १२ बजे डडेल्धुराको अमरगढीमा दुर्घटना भएको हो ।

घटनास्थलमा बुधबार बिहान थप एक जनाको शव फेला परेसँगै मृतकको संख्या पाँच पुगेको हो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक उपेन्द्र बमले बैतडीको पुर्चौडी नगरपालिका- १० की ६० वर्षीया गोवणी महराको शव घटनास्थलबाट भेटिएको बताए । कंञ्चनपुरको महेन्द्रनगरबाट बैतडीको पुर्चौडीका लागि छुटेको पवनदूत यातायातको ना ८ ख १०७८ नम्बरको बस राति साढे १२ बजे डडेल्धुराको अमरगढी नगरपालिका- ७, खसरेखानमा दुर्घटना भएको थियो ।

दुर्घटनामा मृत्यु भएका अन्य चार जनाको पनि यसअघि नै सनाखत भइसकेको छ । पुर्चौडी-३ का ४५ वर्षीय जैमती बोहरा, दुई दिनका नाबालक, २२ वर्षीय सहदेव बोहरा र २१ वर्षीया कमला बोहराको पनि घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका बस चालक वीरेन्द्र बोहरालाई थप उपचारका लागि धनगढी पठाइएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक बमले जानकारी दिए । अन्य घाइतेकाे उपचार भइरहेकाे छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उज्यालो नेपाल पार्टीको रिक्त अध्यक्ष पदमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय
उज्यालो नेपाल पार्टीको रिक्त अध्यक्ष पदमा कुलमान घिसिङलाई नियुक्त गर्ने निर्णय
गाजाको विद्यालय क्षेत्रमा भएको इजरायली आक्रमणमा ५२ जनाको मृत्यु
गाजाको विद्यालय क्षेत्रमा भएको इजरायली आक्रमणमा ५२ जनाको मृत्यु
बाजुरा भूकम्प अपडेट: ८ घरमा क्षति, थप विवरण सङ्कलन हुँदै
बाजुरा भूकम्प अपडेट: ८ घरमा क्षति, थप विवरण सङ्कलन हुँदै
ओलीलाई रिहाइ गर्न अस्वीकार
ओलीलाई रिहाइ गर्न अस्वीकार
यू-१९ महिला विश्‍वकपको तेस्रो खेलमा नेपालले अस्ट्रेलियासँग खेल्दै
यू-१९ महिला विश्‍वकपको तेस्रो खेलमा नेपालले अस्ट्रेलियासँग खेल्दै
अफगानिस्तानमा बैंक बाहिर आत्मघाती बम विस्फोट, पाँच जनाको मृत्यु
अफगानिस्तानमा बैंक बाहिर आत्मघाती बम विस्फोट, पाँच जनाको मृत्यु
स्ववियु निर्वाचनलाई शान्तिपूर्ण बनाउन प्रहरीलाई गृहमन्त्रीको निर्देशन
स्ववियु निर्वाचनलाई शान्तिपूर्ण बनाउन प्रहरीलाई गृहमन्त्रीको निर्देशन
एनपिएल: आज भएको पहिलो खेलमा लुम्बिनी लायन्सको सान्दार जित
एनपिएल: आज भएको पहिलो खेलमा लुम्बिनी लायन्सको सान्दार जित
माओवादी केन्द्रका नेताहरु चीनको चोङकिङमा   
माओवादी केन्द्रका नेताहरु चीनको चोङकिङमा   
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक