इजरायल र हिजबुल्लाहबीच युद्धविराम सम्झौता

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, मंसिर १२, २०८१
|
|
३५ पटक हेरिएको
Shares
इजरायल र हिजबुल्लाहबीच युद्धविराम सम्झौता

सारांश

  • गएराति इजरायली सुरक्षा मन्त्रिपरिषदले युद्धविरामको प्रस्तावलाई स्वीकार गरेको हो ।
  • यो युद्धविराम लागू भएमा इजरायली सेना ६० दिनभित्र लेबनानबाट फिर्ता हुनेछ भने उही समयमा हिजबुल्लाहको सेना लेबनानको दक्षिणी सीमाबाट हट्नेछ ।
  • उक्त क्षेत्रमा लेबनानको राष्ट्रिय सेना रहने छ ।

१२ मंसिर, काठमाडौं– इजरायल र लेबनानको हिजबुल्लाह समूहबीच युद्धविरामको सम्झौता भएको छ । गएराति इजरायली सुरक्षा मन्त्रिपरिषदले युद्धविरामको प्रस्तावलाई स्वीकार गरेको हो ।

यो युद्धविराम लागू भएमा इजरायली सेना ६० दिनभित्र लेबनानबाट फिर्ता हुनेछ भने उही समयमा हिजबुल्लाहको सेना लेबनानको दक्षिणी सीमाबाट हट्नेछ । उक्त क्षेत्रमा लेबनानको राष्ट्रिय सेना रहने छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायल र हिजबुल्लाहबीच युद्धविराम सम्झौतामा हस्ताक्षर भएको औपचारिक घोषणा गरेका हुन् । सम्झौता आज बिहानबाट लागू भएको हो । सम्झौता हुनुभन्दा केही घण्टा अघि इजरायलले बेरुत र दक्षिणी भूभागमा आक्रमण गरेको थियो ।

इजरायली सेनाले लगभग दुई महिना अघिदेखि लेबनानमा स्थल तथा हवाई हमला तिव्र पारेको थियो । यसैबीच अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविरामका कारण आफूले जित हासिल गरेको बताएका छन् । उनले चुनावमा आफ्नो सफलताको कारण वर्तमान राष्ट्रपति जो बाइडेनको दबाब समेत उल्लेख गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाल सुधार गृहमा देखिएका समस्या समाधान गर्न ध्यानाकर्षण
बाल सुधार गृहमा देखिएका समस्या समाधान गर्न ध्यानाकर्षण
कोशीका पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण, विद्युत् प्राधिकरणका दुई कर्मचारी पक्राउ
कोशीका पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण, विद्युत् प्राधिकरणका दुई कर्मचारी पक्राउ
नागरिकता विधेयकमा २५ जना सांसदले दिए संशोधन प्रस्ताव
नागरिकता विधेयकमा २५ जना सांसदले दिए संशोधन प्रस्ताव
परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न
परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न
प्रतिपक्षीको बहिस्कारबीच मधेशमा मुख्यमन्त्री यादवले लिए विश्वासको मत
प्रतिपक्षीको बहिस्कारबीच मधेशमा मुख्यमन्त्री यादवले लिए विश्वासको मत
आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइँदै
म्याद थपका लागि विष्णु पौडेललाई विशेष अदालत लगियो
म्याद थपका लागि विष्णु पौडेललाई विशेष अदालत लगियो
भिजिट भिसा प्रकरण : १० दिनमा ६६६ जनालाई विमानस्थलबाट फर्काइयो
भिजिट भिसा प्रकरण : १० दिनमा ६६६ जनालाई विमानस्थलबाट फर्काइयो
पोखराका १ सय २९ कर्मचारीमध्ये १९ जनाको स्थायी नियुक्ति अदालतबाट सदर
पोखराका १ सय २९ कर्मचारीमध्ये १९ जनाको स्थायी नियुक्ति अदालतबाट सदर
ईपीएस कोरिया शाखाका निर्देशक जिम्मेवारीबाट हटाइए
ईपीएस कोरिया शाखाका निर्देशक जिम्मेवारीबाट हटाइए