तीन बर्षीया बालिकाको घाँटी रेटेर हत्या

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, माघ ११, २०८१
|
|
२२ पटक हेरिएको
Shares
तीन बर्षीया बालिकाको घाँटी रेटेर हत्या

सारांश

  •  जाजरकोटको बारेकोटमा एक तीन वर्षीया बालिकाको घाँटी रेटेर हत्या भएको छ ।
  • बारेकोट गाउँपालिका–७ स्याला निवासी शिवबहादुर सार्कीकी तीन बर्षीया छोरी अस्मिता सार्कीको घाँटी रेटेर हत्या भएको हो ।
  • बिहीबार दिउँसोदेखि हराइरहेकी उनको हत्या गरी परालले छोपेको अवस्थामा शव भेटिएको हो ।

११ माघ , जाजरकोट । जाजरकोटको बारेकोटमा एक तीन वर्षीया बालिकाको घाँटी रेटेर हत्या भएको छ । बारेकोट गाउँपालिका–७ स्याला निवासी शिवबहादुर सार्कीकी तीन बर्षीया छोरी अस्मिता सार्कीको घाँटी रेटेर हत्या भएको हो । बिहीबार दिउँसोदेखि हराइरहेकी उनको हत्या गरी परालले छोपेको अवस्थामा शव भेटिएको हो ।

परिवारले राति १० बजे मात्रै फेला पारेका थिए । बालिकाको बलात्कार प्रयासपछि घाँटी रेटेर हत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ । बालिकाको हत्या आरोपमा प्रहरीले बारेकोट गाउँपालिका–६ ताँसीका १२ वर्षीय एक बालकलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जिल्ला प्रहरी प्रमुख डीएसपी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए ।

उनका अनुसार बालकले धारिलो हतियार प्रयोग गरी हत्या गरेको खुलेको छ । ‘बलात्कारको प्रयास गर्दा बालिका कराएपछि चक्कु प्रहार गरेको र मुख थुनेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । रेप नै भएको चाँहि देखिदैन । तर प्रयास गरेको अनुमान गर्न सकिन्छ,’ डीएसपी पाण्डेले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिंहदरबार, प्रधानमन्त्री कार्याल र राष्ट्रपति भवन परिसरमा समेत कर्फयू
सिंहदरबार, प्रधानमन्त्री कार्याल र राष्ट्रपति भवन परिसरमा समेत कर्फयू
सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक थ्रु’
सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरूङ ‘ब्रेक थ्रु’
सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ
सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज सुनुवाइ
पूर्वगृहमन्त्री रविको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ हुँदै
पूर्वगृहमन्त्री रविको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ हुँदै
इजरायली हवाई आक्रमणमा यमनका दुई पत्रिका कार्यालय ध्वस्त, ३१ सञ्चारकर्मीको मृ*त्यु
इजरायली हवाई आक्रमणमा यमनका दुई पत्रिका कार्यालय ध्वस्त, ३१ सञ्चारकर्मीको मृ*त्यु
आजको मौसम : पहाडी भागका मेघगर्जन र चट्याङसहित हल्का वर्षा
आजको मौसम : पहाडी भागका मेघगर्जन र चट्याङसहित हल्का वर्षा
अवैध एक किलो सुनसहित चितवनका सुबेदी पक्राउ
अवैध एक किलो सुनसहित चितवनका सुबेदी पक्राउ
बिहानै डोल्पामा ४.१ म्याग्निच्युडको भूकम्पको धक्का
बिहानै डोल्पामा ४.१ म्याग्निच्युडको भूकम्पको धक्का
स्वास्थ्य बिमा बोर्डले दियो ४ अर्ब ३८ करोड पेश्की
स्वास्थ्य बिमा बोर्डले दियो ४ अर्ब ३८ करोड पेश्की
उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँदै सरकार
उच्च शिक्षा विधेयकको सट्टा मापदण्ड ऐन बनाउँदै सरकार