चाँदी आयातमा भारतको नयाँ कडाइ, उच्च शुद्धतायुक्त सिल्भर ‘रिस्ट्रिक्टेड’ सूचीमा

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, जेठ ३, २०८३
|
|
५२१ पटक हेरिएको
Shares
चाँदी आयातमा भारतको नयाँ कडाइ, उच्च शुद्धतायुक्त सिल्भर ‘रिस्ट्रिक्टेड’ सूचीमा

सारांश

  • भारत सरकारले उच्च शुद्धतायुक्त चाँदी (सिल्भर) आयातमा कडाइ गरेको छ ।
  • भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले शुक्रबार नयाँ सूचना जारी गर्दै केही प्रकारका चाँदी आयातलाई ‘रिस्ट्रिक्टेड’ अर्थात् प्रतिबन्धित श्रेणीमा राखेको हो ।
  • ‘नोटिफिकेशन नम्बर १७÷२०२६–२७’ अनुसार ९९.

३ जेठ, काठमाडौं ।

भारत सरकारले उच्च शुद्धतायुक्त चाँदी (सिल्भर) आयातमा कडाइ गरेको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनालयले शुक्रबार नयाँ सूचना जारी गर्दै केही प्रकारका चाँदी आयातलाई ‘रिस्ट्रिक्टेड’ अर्थात् प्रतिबन्धित श्रेणीमा राखेको हो । ‘नोटिफिकेशन नम्बर १७÷२०२६–२७’ अनुसार ९९.९ प्रतिशत वा सोभन्दा बढी शुद्धता भएको चाँदी बारको आयात अब भारतीय रिजर्भ बैंकको नियम तथा विशेष नीतिगत सर्तअन्तर्गत मात्र गर्न पाइनेछ । यो व्यवस्था तत्काल लागू गरिएको सूचनामा उल्लेख छ ।

विदेश व्यापार (विकास तथा नियमन) ऐन, १९९२ तथा विदेश व्यापार नीति, २०२३ अन्तर्गत सरकारले आटिसी एचएस कोड ७१०६९२२१ र ७१०६९२२९ मा पर्ने चाँदीजन्य वस्तुको आयात नीति संशोधन गरेको हो । यसअघि खुला श्रेणीमा रहेको केही चाँदीजन्य आयात अब ‘रेस्ट्रिक्टेड’ सूचीमा परेपछि आयातकर्ताले अतिरिक्त स्वीकृति तथा नियामकीय प्रक्रिया पूरा गर्नुपर्नेछ । भारत सरकारले पछिल्लो समय बहुमूल्य धातुको आयात नियन्त्रण, विदेशी मुद्रा व्यवस्थापन तथा अवैध कारोबार रोक्न विभिन्न कदम चालिरहेको छ । नयाँ निर्णयले विशेषगरी चाँदी कारोबार, उद्योग तथा वित्तीय क्षेत्रलाई प्रत्यक्ष असर पार्ने अनुमान गरिएको छ । विश्लेषकहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा बहुमूल्य धातुको मूल्य उतारचढाव भइरहेका बेला भारतले आयात व्यवस्थापनलाई थप कडाइ गर्न खोजेको देखिन्छ । भारत विश्वकै ठूलो चाँदी उपभोक्ता तथा आयातकर्ता राष्ट्रमध्ये एक हो । नयाँ व्यवस्थाले नेपालसहित भारतसँग चाँदी कारोबार गर्ने क्षेत्रीय बजारमा समेत प्रभाव पार्न सक्ने व्यवसायीहरूको भनाइ छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

४७ वर्षपछि जग्गा प्राप्ति सम्बन्धी नयाँ कानून बन्दै
४७ वर्षपछि जग्गा प्राप्ति सम्बन्धी नयाँ कानून बन्दै
टी २० विश्वकप : पाकिस्तानलाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा
टी २० विश्वकप : पाकिस्तानलाई हराउँदै इङ्ल्यान्ड सेमिफाइनलमा
संसद् विघटनविरुद्ध पाँच रिट दायर
संसद् विघटनविरुद्ध पाँच रिट दायर
बन्दीपुरमा चितुवा समात्न प्राविधिक परिचालन
बन्दीपुरमा चितुवा समात्न प्राविधिक परिचालन
सरकारबाट समर्थन फिर्ता लिने एमाले निर्णय
सरकारबाट समर्थन फिर्ता लिने एमाले निर्णय
शव लिएर काठमाडौं आउँदै गरेको एम्बुलेन्स रामेछापमा दुर्घटना, ३ जना घाइते
शव लिएर काठमाडौं आउँदै गरेको एम्बुलेन्स रामेछापमा दुर्घटना, ३ जना घाइते
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिको स्वीकृति
नवलपुरबाट पुनः सुरु भयो माओवादी केन्द्रको जागरण अभियान
नवलपुरबाट पुनः सुरु भयो माओवादी केन्द्रको जागरण अभियान
मकवानपुर र कैलालीबाट ठूलो परिमाणको गाँजा र अफिम बरामद, ७ जना पक्राउ
मकवानपुर र कैलालीबाट ठूलो परिमाणको गाँजा र अफिम बरामद, ७ जना पक्राउ
हामीसँग अहिले बन्दुक छैन, प्रचारमार्फत नै बुर्जुवाहरूसँग लड्नुपर्छः अध्यक्ष दाहाल
हामीसँग अहिले बन्दुक छैन, प्रचारमार्फत नै बुर्जुवाहरूसँग लड्नुपर्छः अध्यक्ष दाहाल