उच्च अदालत सुर्खेतका ७९ प्रतिशत मुद्दा फर्छ्योट

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, जेठ २३, २०८२
|
|
१६ पटक हेरिएको
Shares
उच्च अदालत सुर्खेतका ७९ प्रतिशत मुद्दा फर्छ्योट

सारांश

  • उच्च अदालत सुर्खेतले चालु आर्थिक वर्ष २०८१/८२ को जेठ तेस्रो सातासम्म करिब ७९ प्रतिशत मुद्दा फर्छ्योट गरेको छ ।
  • उच्च अदालत सुर्खेतद्वारा बिहीबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘अदालतको काम कारबाहीका सम्बन्धमा पत्रकारसँग अन्तरक्रिया’ मार्फत गत वर्षबाट सरी आएका एक सय ६२ र चालु आवमा दर्ता भएका छ सय १३ गरी छ सय नौ मुद्दामा ७८ दशमलव ५८ प्रतिशत मुद्दा फर्छ्योट भएको अदालतका न्यायाधीश मातृकाप्रसाद भण्डारीले जानकारी दिए ।
  • उनका अनुसार हालसम्म करिब ७९ प्रतिशत फछ्र्योट भए पनि यो वर्षको मसान्तसम्म ८५ प्रतिशत मुद्दा फर्छ्योट गरिने लक्ष्य राखिएको छ ।

२३ जेठ, कर्णाली ।

उच्च अदालत सुर्खेतले चालु आर्थिक वर्ष २०८१/८२ को जेठ तेस्रो सातासम्म करिब ७९ प्रतिशत मुद्दा फर्छ्योट गरेको छ । उच्च अदालत सुर्खेतद्वारा बिहीबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘अदालतको काम कारबाहीका सम्बन्धमा पत्रकारसँग अन्तरक्रिया’ मार्फत गत वर्षबाट सरी आएका एक सय ६२ र चालु आवमा दर्ता भएका छ सय १३ गरी छ सय नौ मुद्दामा ७८ दशमलव ५८ प्रतिशत मुद्दा फर्छ्योट भएको अदालतका न्यायाधीश मातृकाप्रसाद भण्डारीले जानकारी दिए ।

उनका अनुसार हालसम्म करिब ७९ प्रतिशत फछ्र्योट भए पनि यो वर्षको मसान्तसम्म ८५ प्रतिशत मुद्दा फर्छ्योट गरिने लक्ष्य राखिएको छ ।न्यायाधीश भण्डारीले पुनरावेदनअन्तर्गत देवानी ८५, सरकारवादी फौजदारी पाँच सय ४१, दुनियावादी फौजदारी ४४ गरी छ सय ७०, रिट ९४ र सुरु मुद्दा ११ गरी सात सय ७५ मुद्दामा छ सय नौ फछ्र्योट भएको र एक सय ६६ फर्छ्योट हुन बाँकी रहेको जनाए । त्यसैगरी, प्रतिवेदनअन्तर्गत मुलुक फौजदारी कार्यविधि संहिताको ७३ नम्बरबमोजिम एक सय ३५ र मुलुकी देवानी कार्यविधि संहिताको एक सय ५७ नम्बरबमोजिम १७ मुद्दा गरी एक सय ५२ मा एक सय २९ फर्छ्योट र १५ फर्छ्योट हुन बाँकी रहेको उनले बताए।

मुद्दाको विषयअनुसार जबर्जस्ती करणीसम्बन्धी एक सय ३१, ज्यान मार्ने कसुरका एक सय आठ, लागुऔषधका ७३, विवाहसम्बन्धी ६१, चोरीका ४५, वन तथा वन्यजन्तुसम्बन्धी १७, जातीय छुवाछूतसम्बन्धी ३१, हातहतियार खरखजनाका छ, मानव बेचबिखन तथा ओसारपसारका पाँच, रिट निवेदन ९४ र अन्य दुई सय चार मुद्दा दर्ता भएको न्यायाधीश भण्डारीले बताए । अन्तक्र्रियामा उच्च अदालत सुर्खेतका कायममुकायम मुख्य न्यायाधीश कृष्णलाल भट्टराईले चालु आर्थिक वर्षमा एक हजार मुद्दा दर्ता हुने र सात सय १२ मुद्दा फर्छ्योट हुने लक्ष्य राखिएको बताए । उनले कर्णालीमा न्यायालयले सम्पादन गर्ने मुद्दासम्बन्धी समाचार कम मात्र आउने गरेको बताउँदै गहिरो अध्ययन–अनुसन्धानबाट न्यायसम्बन्धी समाचार सम्प्रेषण गर्न कर्णालीका पत्रकारहरूलाई अनुरोध गरे । न्यायालय संविधान र कानुनबाट मात्र प्रभावित हुने बताउनुभएको कामु मुख्य न्यायाधीश भट्टराईले भीड वा अन्य कुनै दबाबमा अदालत नडगमाउने प्रष्ट्याए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६१ किलो सुन तस्करी प्रकरण : रिहा लगत्तै पक्राउ परिन् अमला
६१ किलो सुन तस्करी प्रकरण : रिहा लगत्तै पक्राउ परिन् अमला
मधेश प्रदेशका मुख्यमन्त्री सिंहले प्रधानमन्त्री ओलीलाई बुझाए २२ बुँदे माग
मधेश प्रदेशका मुख्यमन्त्री सिंहले प्रधानमन्त्री ओलीलाई बुझाए २२ बुँदे माग
‘वर्तमान समयमा मुलुकको स्वाधिनताको रक्षा गर्न सक्ने पार्टी राप्रपा मात्रै हो’
‘वर्तमान समयमा मुलुकको स्वाधिनताको रक्षा गर्न सक्ने पार्टी राप्रपा मात्रै हो’
लाओसविरुद्ध रेनुकालाई कप्तानको जिम्मेवारी
लाओसविरुद्ध रेनुकालाई कप्तानको जिम्मेवारी
दिल्लीमा बाबुरामले भने- नेपालीको असन्तुष्टि ओली सरकारसँग हो, लोकतन्त्रसँग होइन
दिल्लीमा बाबुरामले भने- नेपालीको असन्तुष्टि ओली सरकारसँग हो, लोकतन्त्रसँग होइन
संघीय निजामती सेवा विधेयकसम्बन्धी संसदीय समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस
संघीय निजामती सेवा विधेयकसम्बन्धी संसदीय समितिको प्रतिवेदन प्रतिनिधिसभामा पेस
रौतहटका ग्रामीण भेगका सडकमा ट्राफिक नियम उल्लघन
रौतहटका ग्रामीण भेगका सडकमा ट्राफिक नियम उल्लघन
गृहमन्त्रीले गरे त्रिभुवन विमानस्थलको अनुगमन
गृहमन्त्रीले गरे त्रिभुवन विमानस्थलको अनुगमन
राज्यका तीनवटै अंग आन्दोलनकारीको नियन्त्रणमा, संसद्, सिंहदरबार र सर्वोच्च अदालत जले
राज्यका तीनवटै अंग आन्दोलनकारीको नियन्त्रणमा, संसद्, सिंहदरबार र सर्वोच्च अदालत जले
सेयर लगानीकर्ताकाे ब्रोकर कार्यालयहरूमा तालाबन्दी
सेयर लगानीकर्ताकाे ब्रोकर कार्यालयहरूमा तालाबन्दी