ऊर्जा क्षेत्रबाटै समाजवादको अभ्यास शुरु गरौंः मन्त्री खड्का

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, श्रावण १, २०८२
|
|
१६ पटक हेरिएको
Shares
ऊर्जा क्षेत्रबाटै समाजवादको अभ्यास शुरु गरौंः मन्त्री खड्का

सारांश

  •   ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको विकासमा सबै नागरिकको सहभागिता आवश्यक रहेको बताउनुभएको छ ।
  • बिहीवार विद्युत विकास विभागको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले यस्तो बताउनुभएको हो ।
  • समाजवादको अभ्यास ऊर्जा क्षेत्रबाटै शुरु गर्नुपर्ने उहाँको धारणा छ ।

१ साउन, काठमाडौं । 

ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको विकासमा सबै नागरिकको सहभागिता आवश्यक रहेको बताउनुभएको छ । बिहीवार विद्युत विकास विभागको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले यस्तो बताउनुभएको हो । समाजवादको अभ्यास ऊर्जा क्षेत्रबाटै शुरु गर्नुपर्ने उहाँको धारणा छ । खान नपुग्ने नागरिकको घरसम्म उर्जामार्फत समृद्धि पु¥याउनको लागि सरकार क्रियाशील रहेको पनि बताउनु भयो ।

उहाँले उर्जा क्षेत्रमा विगतमा भएका कामहरुको समीक्षा गर्दै थप प्रभावकारी रहेको बताउनु भयो । मन्त्री खड्काले विद्युत आयोजनाहरुका अकल्पनीय क्षतिहरु हुने गरेको कारण क्षति न्युनिकरणका लागि काम गर्नुपर्ने आवश्यकता रहेको पनि बताउनु भयो । हाँले भन्नुभयो, ‘हामीले भनेको समाजवाद उर्जा क्षेत्रबाटै शुरु गरौं भन्ने मेरो कुरा हो । सबै नागरिकले सहभागि हनुसक्ने गरी उर्जा क्षेत्रलाई अगाडि बढाउन जरुरी छ । हुनेलाई मात्र नभई नहुने नागरिकले पनि यस क्षेत्रमा आवद्ध गरेर समृद्धि खान नपुग्ने घरमा पनि पुगोस्, उर्जा क्षेत्रको विकास त्यहाँ पनि प्रमाणित होस् ।

त्यो समाजवाद मुलुकले चाहेको हो । त्यसका लागि मन्त्रालय लागेको कुरा लुकेको छैन । विगतका कामको जगमै बसेर परिमार्जन र परिवर्तन गरिएको हो । र अझ बढी आवश्यक छ । विद्वान मान्छेहरुका कुरा सुनेको छु, राजनीतिक क्षेत्रमा बस्ने मान्छेहरुका कुराहरु सुनेको छु । जसले जे भनेपनि उर्जा क्षेत्रको विकासमा ढिलाई गर्नुहुन्न भन्ने मानसिकताबाट काम गर्नुपर्ने आवश्यकता छ । अझैपनि सबै घरमा विद्युत पु¥याउन नसकेको आवश्यकता छ । सबै घरधुरीमा विद्युत पुर्यार सबै चुल्होमा विद्युत पु¥याउने मन छ ।’मन्त्री खड्काले उर्जा क्षेत्रको विकास सरकारको एकल प्रयासबाट मात्र सम्भव नभएको उल्लेख गर्दै सरोकारवाला सबैको साथ सहयोग आवश्यक रहेको पनि बताउनु भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?